१२ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन, ५ चैतः जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ । शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा जिल्लाका अस्पतालमा उपचारार्थ आएका बिरामीहरुको उपचारका लागि समेत रगतको अभाव भएकाले रक्तदान गर्नका लागि अपिल गरिएको छ । निर्वाचन पछि रक्तदानका कार्यक्रमहरु नहुँदा जिल्लामा रगतको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा

हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेका प्रदेशका भौतिक संरचना तथा सरकारी कार्यालयहरूको मर्मत सम्भार कार्यको स्थलगत अनुगमन गरेका छन्। मंगलबार मन्त्री डा. देवकोटासहितको टोलीले हेटौँडास्थित ४ वटा मन्त्रालय रहेको पाँच तले भवन, बागमती प्रदेशका प्रमुख सचिवको निवासलगायत क्षतिग्रस्त भवनको निरीक्षण गरेको हो । अनुगमन टोलीमा […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

श्रीमतीमाथि गोली प्रहारपछि आत्महत्याको प्रयास

सुदूरपश्चिम, ५ चैतः कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली प्रहार गरेका छन् । गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ । घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : यी प्रदेशमा असिनासहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भूभाग र मधेशमा आंशिक बादल लागेको छ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौँ, ५ चैतः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको छ […]

कर्णाली मुख्‍य समाचार विशेष समाचार समाचार

माघ २५ गते स्थगित भएको कर्णाली प्रदेशसभा बैठक आज बस्दै

सुर्खेत । झण्डै साढे एक महनिापछि कर्णाली प्रदेश सभा बैठक आज बस्दैछ । माघ २५ गते विपक्षी नेकपाले अवरुद्ध गरेपछि स्थगित कर्णाली प्रदेश सभा बैठक आज बस्न लागेको हो । माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । […]

बागमती मुख्‍य समाचार समाचार

आज तेल लगाउने र नीमको पात खाने दिन

काठमाडौं । आज औषधीय गुण भएको नीमको पात खाने र शरीरमा तेल लगाउने दिन रहेकाे छ । परम्परागत मान्यता बोकेको उक्त दिन आज परेको छ । तितो अमृतका रूपमा लिने गरिएको नीमको पातलाई प्रत्येक वर्ष नयाँ साल सुरु हुनुअघि खाने चलन छ । आगामी मिठासको पर्खाइका लागि विगतका तितोपनालाई नीमको पातसँगै चपाउने गरिन्छ भन्ने मान्यता […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

काठमाडौं । निर्वाचन आयोगले आज निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ । आयोगले आज बिहान ११:३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने भएको हो । गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि आयोगले आज बेलुकी ५:३० […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चैत दशैंको नवरात्र आजदेखि सुरु

काठमाडौ । आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र शुक्ल नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको छ । आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको छ । यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

गगन थापा दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले पार्टीबाट राजीनामा दिएका हुन् । सभापति थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित […]

बागमती मुख्‍य समाचार समाचार

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ । उनले नेपालसहित भानुआतु, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स तथा साउदी अरबलगायत विभिन्न […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

फुटपाथ खाली गराउन मधेश प्रदेशका गृहमन्त्री आफैं आए सडकमा

जनकपुर । जनकपुरधामको सडकपेटी खाली गराउन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो आफैं ओर्लिएका छन् । जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्यसंघ, धनुषा प्रहरी र ट्राफिक प्रहरी कार्यालय धनुषाको समन्वयमा गृहमन्त्री महतो बुधबार विहानैदेखि सडक खाली गराउँदै हिँडेका छन् । पर्यटकीय नगरीको रुपमा विकास गर्ने लक्ष्यसहित मधेश प्रदेश सरकारले विभिन्न सरसफाई र शौन्दर्यीकरणका […]