८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु

काठमाडौँ, २ पुसः काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोदा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, २ पुसः उन्नाइस वर्षमुनि यु–१९० एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो । नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए । त्यस्तै चन्दन रामले २७ […]

मधेश मुख्‍य समाचार समाचार समाज

जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण

महेन्द्रनगर धनुषा, २ पुसः जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसनल नेपाल तथा आसमान नेपालको सहकार्यमा सञ्चालित शिक्षा परियोजनाअन्तर्गत सो विद्यालयको भवन निर्माण गरिएको हो । विदेह नगरपालिका–५ स्थित आधारभूत विद्यालय मुडिवामा रु ९४ लाख तथा जनकनन्दिनी गाउँपालिका–१ स्थित शङ्कर माध्यमिक विद्यालयमा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

एमाले चुनाव : ५६० मत खस्यो

काठमाडौं । नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ । विहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान अहिले २ ः ३१ अर्थात यो समाचार तयार पार्दासम्म ५६० जनाले मतदान गरेका छन् । एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।

कोशी मुख्‍य समाचार समाचार

भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो

भोजपुर, २ पुसः भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहे पनि व्यवस्थित प्रवर्द्धन नहुँदा यो क्षेत्रले अपेक्षित रूपमा पर्यटक तान्न नसकेको सरोकारवाला बताउँछन् । नयाँ वर्ष, चाडपर्व तथा विभिन्न अवसरमा वनभोज पिकनिक खान आउने आन्तरिक पर्यटकको रोजाइमा […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पौष्टिक आहारका लागि सोइ

मनाङ, २ पुसः हिउँदयामको मध्य समयमा देशभर चिसो बढेको छ । पहाड र तराईमा चिसो बढेसँगै हिमाली क्षेत्रमा पानी जमेका छन् भने चिसो अत्यधिक बढेको छ । मनाङमा चिसो बढ्दै जाँदा यहाँ पशुपालनको रुपमा याकचौँरी र भेडापालन हो । चिसो बढेसँगै लेकको खर्कमा पु¥याइएका याकचौँरी बेँसी झारिन्छ । तीन हजारदेखि पाँच हजार मिटर उचाइबाट झारिएका […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

लोमानथाङमा २८ कृषकलाई राहत वितरण

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको लोमानथाङ गाउँपालिका र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा आर्थिक वर्ष २०८१÷०८२ मा २८ कृषकका जम्मा १०५ वटा पशुधन क्षति भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय लोमानथाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार क्षति भएका पशुधनमध्ये १६ वटा घोडा, २१ वटा भेडा र ५ वटा याक रहेका छन् । यी […]

बागमती मुख्‍य समाचार समाचार

भृकुटीमण्डपमा फर्निचर एक्स्पो २०२५ आयोजना हुने

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘११औँ नेपाल वुड इन्टेरनेशनल एक्स्पो तथा नेपाल फर्निचर एक्स्पो २०२५’ आयोजना हुने भएको छ । उक्त प्रदर्शनी यही पुष ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, […]

बागमती मुख्‍य समाचार समाचार

वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

काठमाडौँ, २ पुसः नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा तीनवटै तहका सरकारमा बजेट प्रणाली सुधारका लागि एसियाली विकास बैंक एडिबी ले १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ । सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा सेवा प्रवाह सुधार कार्यक्रमअन्तर्गतको उपकार्यक्रम–२ का लागि यो ऋण उपलब्ध गराउन लागिएको हो […]

मधेश मुख्‍य समाचार समाचार समाज

महोत्तरीमा पुस ४ देखि एक महिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना हुँदै

जलेश्वर महोत्तरी, २ पुसः महोत्तरीमा यही पुस ४ गतेदेखि एक महिने परिवार व्यवस्थापन स्वास्थ्य शिविर स्थायी बन्ध्याकरण शिविर सुरुआत हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्वारा सुनौलो परिवार नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो निःशुल्क शिविरमा जिल्लाका १५ वटै पालिकाका विभिन्न ११ स्थानमा सञ्चालन हुनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय परिवार […]

गण्डकी मुख्‍य समाचार समाचार

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ, २ पुसः मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । दैनिक एक सय ३० कामदार खटाएर उक्त पुल तीव्र गतिमा निर्माण गरिँदै छ । पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनमा निर्माण गर्न लागिएको हो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन चार लेनको […]

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा छ जनाको मृत्यु

चितवन, २ पुसः जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका […]