२४ श्रावण २०८३, आईतवार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

१ साउन, सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए । पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्री डा.राणा र भारतीय राजदूतबीचको भेटमा सीमा समस्याबारे चर्चा

१ साउन , काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राणालाई राजदूत श्रीवास्तवले भेटेका हुन् । भेटका क्रममा श्रीवास्तवले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छन् । भेटका अवसरमा नेपाल–भारत सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको डा.देउवाले जानकारी दिइन । सोमबार मात्रै […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिममा बत्ती बाल्ने महिना सुरु

१ साउन, बैतडी । सुदूरपश्चिममा साउनलाई बत्ती बाल्ने महिनाका रुपमा मनाइन्छ । यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’पनि भनिन्छ । साउने सङ्क्रान्तिदेखि नै यहाँका मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको जानकार जयानन्द भट्टले बताए । साउनमा देवीदेवता बैकुण्ठमा शयन गर्ने विश्वासले यस महिनालाई कालो महिना भन्ने गरिन्छ । भट्टले भने, “साउनमा सबैतिर […]

मुख्‍य समाचार राजनीति समाज

कानून बमोजिम आवश्यक सुधार गर्न तयार छु : कानूनमन्त्री चौरसिय

१ साउन , काठमाडौं । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले न्याय क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नका लागि कानून बमोजिम आवश्यक सुधार गर्न आफू तयार रहेको बताएका छन् । मंगलबार न्यायपालिकाको पाँचौं पञ्जवर्षीय योजनाको सार्वजनिकीकरण कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री चौरसियाले न्यायपालिकाले उच्चकोटीको न्याय सम्पादन गरिरहेको दाबी गरे । उनले भने, ‘नेपालको न्यायपालिका […]

मुख्‍य समाचार समाचार समाज

रेसुङ्गामा साउने मेला सुरु

१ साउन, गुल्मी । धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला सुरु भएको छ । साउनभर सञ्चालन हुने मेलामा रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान र पूजाआजाका लागि दिनहुँ श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान गरेपछि चारधाम जान नपर्ने र त्यहाँ पुगेपछि पुण्य प्राप्ति हुने जनविश्वास छ । महापोखरीमा स्नान गरेपछि आफूले […]

मुख्‍य समाचार समाचार समाज

सिमलताल पहिरो : भारतीय सीमावर्ती जिल्लामा समन्वय

१ साउन , चितवन । नारागणगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ । भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तरप्रदेशको महाराजगञ्ज र बिहारको […]

मुख्‍य समाचार समाचार समाज

सिमलताल पहिरोः १५ जनाको शव भेटियो, आठको सनाखत

१ साउन , काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ । सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान ९:३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ । दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको […]

मुख्‍य समाचार समाज

पशुपतिमा एक महिनासम्म चल्ने कोटिहोम महायज्ञ शुरु

१ साउन , काठमाडौं । आज(मंगलबार)देखि ‘ऐतिहासिक पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ सुरु भएको छ । विराट महायज्ञ साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुने मानवसेवा फाउण्डेसनले जनाएको छ । श्रावण महिनाभरी चल्ने महायज्ञ अवधिभरी एकसय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण,  वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

मङ्गोलियामा पानीजन्य दुर्घटनामा २४ जनाको मृत्यु

१ साउन, मङ्गोलिया । मङ्गोलियामा नादम भनेर चिनिने राष्ट्रिय बिदाको समयमा पानी सम्बन्धी दुर्घटनामा कम्तीमा २४ जनाको ज्यान गएको मङ्गोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (नेमा) ले मङ्लबार जनाएको छ । कुस्ती, धनुर्विद्या र घोडा दौड जस्ता परम्परागत खेलहरूका लागि प्रसिद्ध नादम जुलाई –११ देखि जुलाई –१५ सम्म वार्षिक रूपमा मनाउने आधिकारिक बिदा हो । पीडितमध्ये […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीमा पहिरोपीडितलाई त्रिपाल र सोलार ‘प्यानल’

१ साउन, कैलाली कैलालीको चुरे गाउँपालिका–४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको छ । गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरोपीडित परिवारलाई त्रिपाल र २० परिवारलाई सोलार प्यानल वितरण गरेको हो । गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले वर्षाका बेला पहिरोपीडित परिवार कष्टकर जीवन बिताउँन बाध्य भएकाले सहयतास्वरुप त्रिपाल […]

अर्थ मुख्‍य समाचार समाचार समाज

आव २०८०/८१ समीक्षाः आय ७४ र व्यय ८० प्रतिशत

१ साउन, काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व असुली भएको छ भने ८० दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षका लागि सरकारले कूल रु […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

बेइजिङ र मस्कटमा लगानी प्रवर्द्धन कार्यक्रम

१ साउन, काठमाडौँ । नेपालमा लगानीका अवसरबारे जानकारी दिन बेइजिङ र मस्कटस्थित नेपाली दूतावासले हालै लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रम आयोजना गरेका छन् । गत आइतबार बेइजिङस्थित दूतावासले चिनियाँ लगानीकर्तासहित विभिन्न उद्यम व्यवसायी एवं सञ्चारकर्मीको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालमा लगानीका पर्याप्त अवसर रहेका र प्रतिफल पनि आकर्षक रहेकाले ढुक्क […]