२४ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीद्वारा शुभकामना

१ साउन , काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हाल्नुभएकामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे। पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन उहाँसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताए । यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री ओलीको […]

अर्थ मुख्‍य समाचार समाज

साउनको सुरुवातमै सुनको मूल्यमा नयाँ रेकर्ड

१ साउन , काठमाडौं । साउन महिनाको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रूपैयाँले बढेको छ । सोमबार  प्रतितोला १ लाख ४६ हजार ९७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९ सय रूपैयाँले बढेर १ लाख ४७ हजार […]

मुख्‍य समाचार समाज

किराती समुदायले सिसेक्पा तङ्नाम पर्व मनाउँदै

१ साउन , फुङ्लिङ ताप्लेजुङ । किराती समुदायले सिसेक्पा तङ्नाम पर्व आज मनाउँदै छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्छन् । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा रहिआएको छ । पूर्वी नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने किराती सिसेक्पा तङ्नामका दिन बिहानै […]

मुख्‍य समाचार राजनीति

घुस लिएको आरोपममा दुई प्राविधिक अख्तियारको नियन्त्रणमा

१ साउन , काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपममा दुई जनालाई नियन्त्रणमा लिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारले नियन्त्रणमा लिएको हो । कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाका आधारमा अख्तियारको टोलिले मोहन सिंह […]

मुख्‍य समाचार समाज

भक्तपुर जिल्ला अदालतमा वर्ष दिनमा ३८ सय ८१ मुद्दा फछर्यौ

१ साउन , भक्तपुर । भक्तपुर जिल्ला अदालतमा चालु अवस्थामा रहेका पुराना मुद्दालाई दसैँसम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश वासुदेव न्यौपानेले बताएका छन् । अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रमका क्रममा उनले पुराना मुद्दालाई फछ्र्यौट गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा हप्ताको दुई दिन पुराना मुद्दाका पेशी चढाएर भएपनि पुराना […]

मुख्‍य समाचार विचार समाचार समाज

लुतो फ्याक्ने पर्वः हराउँदै गएको चलन

१ साउन, काठमाडौँ । बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो । यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन् । नेपालीहरूले श्रावण महिनालाई अत्यन्तै पवित्र महिनाका रूपमा लिने गरेका छन्, यस्ता अनेकौँ दृष्टान्त छन् । साना–ठूला गरी धेरै चाडपर्व यस महिनामा मनाइन्छन् भने अन्य चाडबाडको प्रारम्भ […]

मुख्‍य समाचार राजनीति

एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन

१ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रदेश कमिटीले केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन गरेका छन् । सम्बन्धित प्रदेशका ‘इन्चार्ज’लाई नेताहरूको सक्षमता र योगदानका आधारमा नाम सिफारिस गरी केन्द्रमा पठाउन पार्टीले निर्देशन दिएको थियो । प्रदेशबाट सिफारिस गरिएका नेताहरूको कार्यप्रगति साथै सङ्गठित सदस्यताका आधारमा समावेशी, भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रले मूल्याङ्कन […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सेयर कारोबारमा अब ब्रोकर कम्पनीकै ‘टीएमएस’, के हुन्छ नयाँ सुविधा ?

१ साउन, काठमाडौं । सेयर र अन्य धितोपत्र किनबेचका लागि ब्रोकर कम्पनीले अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) प्रयोग गर्दै आएका छन् । त्यहीं टीएमएसमार्फत लगानीकर्ताले खरिदबिक्री गर्छन् । अब साउनभित्रै केही ब्रोकर कम्पनीले आफ्नै टीएमएस प्रयोग गर्ने तयारी गरेका छन् । अहिले सेक्योर्ड सेक्युरिटिजले टीएमएस परीक्षण कार्य गरिरहेको छ । […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

टीकापुरको जोखिम संवेदनशील भूउपयोग योजना

१ साउन, टीकापुर । जिल्लाको टीकापुर नगरपालिकाको जोखिम संवेदनशील भूउपयोग योजनाको अन्तिम मस्यौदामाथि सरोकारवालासँग छलफल गरिएको छ । नगरपालिकाको भूउपयोग योजना लागू भएमा सहरी विकास र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने जनाइएको छ । भूउपयोग योजनामा सहरी अवस्था विश्लेषण, बहुविपद् जोखिम मूल्याङ्कन, बहुक्षेत्रगत जोखिम क्षमता विश्लेषण, सहरी जनसङ्ख्या र स्थानीय वृद्धिको प्रवृत्ति, भूउपयोग क्षेत्र निर्धारण योजना, […]

अर्थ कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

अझै सार्वजनिक भएन कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण

१ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । २७ चैत्र २०८० मा मुख्यमन्त्री बनेका कँडेल र ७ सदस्यीय मन्त्रीमण्डलका सदस्यको सम्पत्ति विवरण अझै गोप्य राखिएको छ यसअघिका मुख्यमन्त्री र मन्त्रीहरूले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए । सार्वजनिक पदधारण गरेका र […]

मुख्‍य समाचार समाचार

चार न्यायाधीश रिक्त हुँदा पनि सर्वोच्चमा १५ हजार मुद्दा फैसला

१ साउन, काठमाडौं । सर्वोच्च अदालतले यो वर्ष करिब साढे १५ हजार मुद्दा फैसला गर्‍यो । लामो समय एक तिहाई न्यायाधीश रिक्तता झेलेको सर्वोच्च अदालतले गरेको यो फैसलाको यो संख्या अहिलेसम्मकै उच्च हो । त्यसका बाबजुद करिब साढे २५ हजार मुद्दा सर्वोच्चमा विचाराधीन छन् । यो वर्ष सर्वोच्च अदालतमा करिव ४१ हजार मुद्दा दर्ता भए […]

मुख्‍य समाचार राजनीति

समाजवादी मोर्चाको बैठक बस्दै

१ साउन, काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको […]