१२ कार्तिक २०८३, बुधबार
मुख्‍य समाचार समाचार समाज

म्याग्दीको बगरफाँटमा ‘एक घर, एक धारा’

साउन १३, म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको आयोजनाबाट दुई सय पाँच घरपरिवार लाभान्वित भएका छन् । उपभोक्ता समितिका अध्यक्ष दीपकबहादुर मल्लले सङ्घीय सरकारको रु एक करोड ४४ लाख ७५ हजार एक सय १२ […]

मुख्‍य समाचार समाचार समाज

डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध

साउन १३, लमजुङ । पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । खरखरे भिरमा ठूला–ढुङ्गासहितको पहिरो खसेको […]

मुख्‍य समाचार समाचार समाज

खाँदबारी बालविकास समाजलाई एक करोड सहयोग

साउन १३, काठमाडौँ । समाजसेवी हीरामणि र सीता घिमिरेले सङ्खुवासभाको खाँदबारीस्थित बालबिकास समाजलाई रु एक करोड प्रदान गरेको छ । सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले प्रदान गर्नुभएको उक्त रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजका अध्यक्ष रामप्रसाद घिमिरेलाई हस्तान्तरण गरे । त्यस अवसरमा अध्यक्ष […]

मुख्‍य समाचार समाचार समाज

पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो

साउन १३, वीरगञ्ज (पर्सा) । आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१जनाले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एकतिहाइले बढेको बताए […]

मुख्‍य समाचार समाज

झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र

साउन १३,  बनियानी (झापा)। एक वर्षमा झापामा ४७ किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो । समीक्षा अवधिमा १४ किलोमिटर सडक मर्मत भएको छभने २३ दशमवल तीन दुई किलोमिटर ग्राभेल गरिएको छ । चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन् । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पहिरो पीडितलाई सांसद तामाङको सहयोग

साउन १३, मन्थली (रामेछाप) । जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा नं ६ फर्पुको पहिरोमा परी मृत्यु भएका किशोरीका परिवारलाई प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर (कान्छाराम) तामाङले राहत रकम उपलब्ध गराएको छ । सांसद तामाङले प्रतिपरिवार रु १० हजारका दरले सहयोग गरेकाे हो । गत बिहीबार राति स्थानीय बिमा तामाङको घर पहिरोले पुरिँदा तीनजना […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

‘बच्चा उमेरमा लागेको हेपटाइटिस ‘बि’एकदमै संवेदनशिल हुन्छ’

साउन १३,  तुलनात्मक रुपमा नेपालमा हेपटाइटिस ‘बि’ र ‘सि’ को संक्रमण कम छ हेपाटाइटिसकापाँचप्रकार छन् । हामीले सामान्यत जन्डिसलाईहेपाटाइटिस भन्ने गर्छौं । यसमापनिक्रोनिक र अक्यूड दुई प्रकारका छन् । दिर्घकालीन र छोटो अवधीकालागिदुई प्रकारका हेपाटाइटिस मानिसहरुलाई हुने गर्छ । भाइरल हेपाटाइटिस‘ए’ र ‘इ’हाम्रो समाजमा बढी देखिने गर्छ । तर विश्वभरको परिप्रेक्ष्यमाभाइरल हेपटाइटिस ‘बि’र ‘सि’ को […]

खेलकुद मुख्‍य समाचार समाज

प्रिन्स विश्व वरीयताका शीर्ष २ का भिक्टरसंग पराजित

साउन १३, काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ को ब्याडमिन्टनमा आइतबार पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनले विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सलाई २–० को सोझो सेटमा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला एसिया कपको उपाधीका लागि आज भारत र श्रीलंका भिड्ने

साउन १३, काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटको उपाधिका आज लागि आयोजक श्रीलंका र भारत भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको थियो । भारत र श्रीलंकाको फाइनल भिडन्त डम्बुला मैदानमा आइतबार दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । भारत महिला एसिया कपको फाइनलमा […]

खेलकुद मुख्‍य समाचार समाज

पेरिस ओलम्पिक : टेबलटेनिसमा श्यान्टु पराजित

साउन १३, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को टेबलटेनिसमा नेपालका श्यान्टु श्रेष्ठ शनिबार पराजित भएका छन् । साउथ पेरिस एरिना ४ मा भएको प्रिलिमिनरी राउन्डको पुरुष सिंगल्समा सेनेगलका इब्राहिम डिउले श्यान्टुलाई ४–० को सोझो सेटमा पराजित गरे । ‘बेस्ट अफ सेभेन’ को खेलमा इब्राहिमले श्यान्टुलाई १२–१०, ११–३, ११–४ र ११–५ ले हराए । इब्राहिमलाई जित […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधि सभा बैठक बस्दै

साउन १३, काठमाडौं ।  संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको […]

मनोरन्जन मुख्‍य समाचार समाज

मोदीबेनी’का कलाकारहरू द्वारा बागमती नदीमा रयाफ्टिङको शुभारम्भ

साउन १३, काठमाडौं । श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा ¥याफ्टिङको शुभारम्भ गरेका छन् । नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्रा अन्तर्गत शनिवार रयाफ्टिङको शुभारम्भ भएको हो । थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले […]