२४ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरियो : सभापति थापा

साउन १, काठमाडौं । सहकारी छानविन संसदीय समितिका सभापति सूर्यबहादुर थापाले सहकारीको सिद्धान्तमा स्वनियमन भएपनि व्यवहारमा लागू हुन नसकेको बताएका छन् । मंगलबार बसेको बैठकमा उनले सहकारीहरु नियमन हुन नसकेको हुनाले समस्याहरु देखा परेको बताएका हुन् । उनले भने, ‘मुख्य सहरबजार केन्द्रीत सहकारीमा समस्या आएको देखिन्छ । यसमा पनि वित्तिय कारोबार गर्ने सहकारीमा बढी समस्या […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जुनसुकै बेला प्राकृतिक विपद् आउन सक्छ सावधान अपनाउनुहोलाः गृहमन्त्री लेखक

साउन १, काठमाडौं । गृहमन्त्री रमेश लेखकले अन्य स्थानको खर्च कटौती गरेर भएपनि नागरिकको जीवन बचाउनुपर्ने बताएका छन् । आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको स्वागत कार्यक्रममा उनले आर्थिक कारणले मात्र गरेर काम रोकिन नहुने भन्दै आर्थिक व्यवस्थापनको कुरामा गम्भिर भएर अर्थमन्त्री र प्रधानमन्त्रीसँग पनि छलफल गर्ने बताए । उनले भने, […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

कश्मीरमा झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मीको मृत्यु

१ साउन, भारत । भारत प्रशासित जम्मू–कश्मीरमा भएको झडपमा पाँच सुरक्षाकर्मी मारिएको एकजना प्रहरी अधिकारीले मङ्गलबार बताउनुभएको छ । सुरक्षा स्रोतका अनुसार आक्रमणकारीहरुले आक्रमणमा रणनीतिक परिवर्तन ल्याएका छन् । मुस्लिम बहुल कश्मीर सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै भारत र पाकिस्तानबीच विभाजित भएको छ र प्रत्येक पक्षले यसलाई पूर्ण रूपमा दावी गर्दछ। विद्रोही […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

रुससँगको सम्बन्धलाई उपयोग गर्दै युद्ध अन्त्यको पहल गर्न भारतलाई अमेरिकाको आग्रह

१ असार, रुस । मस्को र किएभबिच चलिरहेको द्वन्द्वका बिच अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्यको पहल गर्न आग्रह गरेको छ । अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले सोमबार आयोजित पत्रकार सम्म्लनमा दिल्ली–मस्कोको बलियो सम्बन्धलाई उल्लेख गर्नुका साथै पुटिनलाई संयुक्त राष्ट्रको बडापत्रको सम्मान गर्न आग्रह गरे […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

रुवाण्डामा कागामे ९९ प्रतिशत मतसहित चौथो कार्यकालका लागि निर्वाचित

१ साउन, रुवाण्डा । रुवाण्डाका राष्ट्रपति पल कागामे चौथो कार्यकालका लागि चुनावमा ९९।१५ प्रतिशत मतसहित निर्वाचित भएका छन् । जहाँ दुई प्रतिद्वन्द्वीलाई मात्र चुनाव लड्न अनुमति दिइएको थियो । मतदान बन्द भएको सात घण्टा पछि निर्वाचन आयोगले जारी गरेको आंशिक नतिजामा कागामेले ९९।१५ प्रतिशत मत प्राप्त गरेको देखाएको छ । जुन सात वर्ष अघिको मतदानमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

अफगानिस्तानमा वर्षा र बाढीका कारण ४० जनाको मृत्यु

१ साउन, अफगानिस्तान । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङख््य ४० पुग्नुका साथै घाइतेको सङ्ख्या ३४७ पुगेको जनस्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । स्वास्थ्य कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयका प्रवक्ता सराफत जमान अमरखिलले बताउनु भयो । दुर्घटनामा हताहतको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । सोमबार दिउँसो […]

राजनीति

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

१ साउन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको […]

मुख्‍य समाचार समाचार समाज

स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छः अध्यक्ष ढकाल

१ साउन, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा राजनीतिक स्थायित्वको आशा बढेको र यसबाट नेपालका सानादेखि ठूला लगानीकर्ता, नेपालको बजार एवं उद्योगीहरुमा उत्साह बढेको बताएका छन् । अध्यक्ष ढकालले नेपालमा स्वदेशी तथा विदेशी लगानी बढ्न नसक्नुको एउटा प्रमुख कारण राजनीतिक तथा नीतिगत अस्थिरता रहेको […]

मुख्‍य समाचार स्वास्थ्य

स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको सिएमसीमा गत वर्ष रु पाँच करोड बढीको निःशुल्क सेवा

१ साउन, चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल भरतपुरले गत एक वर्षमा रु पाँच करोड ६१ लाख ८ हजार चार सय १३ बराबरको निःशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ । अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिकसहित स्थानीय तहबाट सिफारिस भइआएका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिएको स्पष्ट गरेको […]

मुख्‍य समाचार राजनीति

राजीनामा स्वीकृत

१ साउन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा पोखरेलले दिएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मुख्‍य समाचार समाचार समाज

सिमलताल पहिरोः जवाहीरको परिवारमा परेको पीडा

१ साउन, पर्सा । वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिएर रुँदै आइरहेको छ । उनको पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर बेपत्ता भएको खबर सुनेसँगै प्रतिमाको अवस्था भने झन्झन् नाजुक […]

गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक

१ साउन, म्याग्दी । मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०-८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक आएका हुन् । घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटक तथ्याङ्क […]