२४ श्रावण २०८३, आईतवार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

संखुवासभाका बेलडाडा टोलका युवाले काठेपुल निर्माण गरे

१ साउन, काठमाडौँ । संखुवासभा खादबारी नगरपालीका ७ स्थित बेलडाडा टोलका युवाले काठेपुल निर्माण गरेका छन् । टोलका अध्यक्ष हेमु श्रेष्ठ र स्थानीय जनता मिलेर उक्त काठेपुल निर्माण गरेका हुन् । बर्खामा अकस्मात आउने बाढीले गाउँबाट बजार आउजाउ गर्न निक्कै गार्‍हो हुने र सम्भावीत घटना लाई न्यूनीकरण गर्न सो पुल बनाईएको हो ।

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

डिप्रेसन बारे नसुनिएको पक्ष………

अशेष अधिकारी १ साउन, काठमाडौँ । भनिन्छ कि डिप्रेसन भनेको दिमागमा विभिन्न केमिकलहरूको असन्तुलन हुनु हो । तर डिप्रेसन भनेको वास्तवमा दिमागको मात्र नभएर मनको बिराम हो । यसको उपचार गर्न मनको स्तर सम्म जानुपर्ने हुन सक्छ । डिप्रेसन भन्ने कुरा केही क्षणमा घट्ने होइन । यो घटित हुनको लागि पनि धेरै वर्ष लागेको हुन्छ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

अफगानिस्तानमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु ३४ घाईते

१ साउन, अफगानिस्तान । अफगानिस्तानमा सडक दुर्घटना हँदा १७ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् । मङ्गलबार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा यात्रु बस खोलामा खसी दुर्घटना भएको पुष्टि भएको प्रान्तीय प्रहरी प्रवक्ता मावलवी शिर अहमद बुरहानीले बताए । मङ्गबार बिहान खिन्जान जिल्लामा लापरवाही पूर्वक गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको शिष्टाचार भेट

१ साउन, काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उनीहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । उक्त मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति […]

मुख्‍य समाचार समाचार समाज

सिमलताल दुर्घटनाः भारतीय सीमावर्ती जिल्लामा समन्वय

१ साउन, चितवन । नारागणगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ । भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तरप्रदेशको महाराजगञ्ज र बिहारको पश्चिम […]

मुख्‍य समाचार समाचार समाज

सिमलताल पहिरोः १५ जनाको शव भेटियो, आठको सनाखत

१ साउन, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ । सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान ९:३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ । दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ […]

मुख्‍य समाचार राजनीति समाज

गंगालाल अस्पताललाई पाँचसय शैयामा विस्तार गरिन्छ : मन्त्री पौडेल

१ साउन , काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले शहीद गङ्गालाल हृदय रोग केन्द्रलाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताएका छन् । मन्त्रालयको पदभार सम्हाले लगत्तै शहीद गङ्गालाल हृदय केन्द्र पुगेका मन्त्री पौडेलले यस्तो बताएका हुन् । केपी शार्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका पौडेल गङ्गालालको […]

मुख्‍य समाचार राजनीति समाज

७५ प्रतिशत मात्र राजस्व संकलन, लक्ष्यमा पुग्न सकेन सरकार

१ साउन , काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०-८१मा लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा करिब ७५ प्रतिशत अर्थात १० खर्ब ७५ अर्ब रुपैयाँबराबर राजस्व उठेको छ । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट खर्च १५ खर्ब ३० अर्ब […]

अनौठो संसार अन्तर्राष्ट्रिय मुख्‍य समाचार

उडानमा एयरहोस्टेसले दिएका केही पनि खान नमानेका यात्री विमानस्थलबाटै पक्राउ, यस्तो छ कारण

काठमाडौँ । उडानका क्रममा एयरहोस्टेसले दिएका कुनै पनि खानेकुरा खान नमानेका एक यात्रु फन्दामा परेका छन् । ती यात्रुलाई विमान अवतरण हुनासाथ विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।जेद्दाबाट नयाँदिल्लीसम्म करिब साढे पाँच घण्टासम्म एयर इन्डियाको उडानका क्रममा ती यात्रुलाई एयरहोस्टेसले पटकपटक पानीदेखि खानासम्म ‘अफर’ गरेकी थिइन् । ती यात्रुले केही पनि खान अस्वीकार गरे । त्यसपछि […]

मुख्‍य समाचार समाज

मन्थलीको सानीमदौलेमा ज्येष्ठ नागरिकलाई सम्मान

१ साउन , रामेछाप । मन्थली नगरपालिका–१ को सामुदायिक सिकाई केन्द्र सानीमदौले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सानीटारमा मंगलबार आयोजित कार्यक्रममा वडा नं १ का ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । कार्यक्रममा २० जना ज्येष्ठ नागरिकलाई बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले सम्मानित गरेका हुन् । सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तीर्थ […]

मुख्‍य समाचार राजनीति समाचार

परराष्ट्रमन्त्रीलाई भारतीय, पाकिस्तानी समकक्षीद्वारा बधाई

१ साउन, काठमाडौँ । भारतका बाह्य मामिलामन्त्री डा सुव्रमन्यम जयशङ्करले नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको शुभकामना व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत छु भनेका छन् । यसैगरी, […]

मुख्‍य समाचार समाज

सिमलताल पहिरो : घटनस्थल आसपास शव फेलापर्ने संभावना न्यून

१ साउन , चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र यात्रुहरुको शव घट्ना स्थल आसपास फेला पर्ने संभावना न्यून बन्दै गएको छ । मंगलबार नवर्तमान गृहमन्त्री रवी लामिछानेसँग कुरा गर्र्दै चितवनका प्रहरी अधिकारीहरुले घट्नास्थलमा शव फेला पर्ने संभावना कम रहेको जानकारी गराएका हुन् । हालसम्म १५ यात्रुको शव फेला […]