४ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाज

कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

१५ जेठ, जनकपुरधाम । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ । गत शुक्रबार स्वास्थ्य समस्या देखिएपछि उनलाई जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले रेफर गरेपछि सिरोहियालाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । सिरोहियालाई […]

मुख्‍य समाचार समाज

पौडी खेल्ने क्रममा डुबेर १ युवाको मृत्यु

१५ जेठ, बर्दिया । पौडी खेल्ने क्रममा ‘स्विमिङ पुल’मा डुबेर आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–९ मधुरा बस्ने १६ वर्षका अरबिन्द यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए। कृष्णसार रिसोर्ट प्रालिको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका यादव उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले […]

मुख्‍य समाचार समाचार

झापामा आङ खस्ने समस्या लुकाउँदा उपचारमा ढिलाइ

१५ जेठ, झापा । कचनकबल गाउँपालिका–३ की ४६ वर्षीया मनसरी राजवंशी चिकित्सकले चुराजस्तो वस्तु पाठेघरमा राखिदिएपछि आङ खस्ने समस्याबाट मुक्त भएका छन् । अहिले उनी सहजरुपमा आफ्नो दैनिकीमा फर्किएका छन् । “पिसाब चुहिन्थ्यो र पिसाब घर गन्हाउँथ्यो”, उपचार अघि भोगेको पीडा सुनाउँदै उनी भन्छन्, “जति नुहाए पनि शरीरबाट दुर्गन्ध आइरहन्थ्यो, पाहुना भएर आफन्त र छिमेकीको […]

LIVE : संसदमा सुरू भयो बजेट भाषण

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याएको छ । संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गरिरहेका छन् ।

अर्थ मुख्‍य समाचार

यसवर्षको बजेट ढाका र अल्लोले बनेको ब्रिफकेशमा

१५ जेठ, काठमाडौं । मंगलबार अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको बजेट वक्तव्य संघीय संसदको संयुक्त बैठकमा पेश गर्दैछन् । अर्थमन्त्रीले बजेट वक्तव्य ब्रिफकेशबाट झिकेर पढ्ने चलन छ । यसपटक उनले बजेटको ब्रिफकेश परिवर्तन गरेका छन् । यसअघिका अर्थमन्त्रीले कालो वा खैरो रङको बजेट ब्रिफकेश बोक्ने गरेका थिए । यसपटक अर्थमन्त्री पुनले अल्लो र ढाकाको […]

अनौठो संसार मुख्‍य समाचार

पाँच महिनाअघि ससुरालीबाट हराएका ज्वाइँ म:म खाँदै गर्दा सालोले भेट्टाएपछी

१५ जेठ , काठमाडौँ ।  पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनलाई सालोले नै फेला पारेका हुन् । गत जनवरी ३१ मा बेपत्ता ससुरालीबाट बेपत्ता भएका थिए । उनका आफन्तले भने अपहरण भएको […]

अर्थ मुख्‍य समाचार

बजेट पास गर्न मन्त्रीपरिषद बस्यो

१५ जेठ , काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आजको बैठक आर्थिक वर्ष २०८१-०८२ को बजेट स्वीकृत गर्नको लागि बैठक बसेको हो । मन्त्रिपरिषदको बैठक सकिएपछि संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

मुख्‍य समाचार सूचना प्रविधि

मंगल ग्रहमा २ महिनामै पुग्नेछन् अन्तरिक्ष यात्री, प्लाज्मा रकेट बनाउने नासाको योजना

१५ जेठ, काठमाडौं। मंगल ग्रहमा मानिसले पाइला टेक्ने कुरा वास्तवमै निकै कठिन तथा सुदूर भविष्यको सम्भावनाको विषयका रुपमा रहेको छ । यसका लागि यस्तो यानको आवश्यकता पर्नेछ जसले कम समयमा यति धेरै दूरी तय गर्न सकोस् । किनकि धर्ती र मंगल ग्रह बीचको दूरी परिवर्तन भैरहन्छ। अहिले जुन रकेट प्रविधि उपलब्ध छ त्यसको हिसाबले पृथ्वीबाट […]

मनोरन्जन मुख्‍य समाचार

११ वर्षपछि अभिजितको पाश्र्वगायनमा कमब्याक

१५ जेठ , मुम्बई  । बलिउड पाश्र्व गायक अभिजित भट्टाचार्यले सन् ८० देखि ९० दशकको बीचमा पाश्र्व गायन करियर सुरु गरे । त्यो समयमा बलिउड संगीतको महत्वपूर्ण हिस्सा थिए । उनले बलिउडलाई धेरै अविस्मरणीय गीतहरु दिएका छन् । पछिल्लो दशकमा भने उनका गीतहरु कमैमात्र सुन्न पाइएको छ । अब यिनै अभिजित बहुप्रतिक्षित वेब सिरिज ‘पञ्चायत […]

मुख्‍य समाचार राजनीति

निराधार भ्रम फैलँदा श्रममन्त्री चिन्तित

१५ जेठ , काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन् । आफूले श्रम मन्त्रालय सम्हालेको छोटो समयमा नै उल्लेख्य सुधारका कामदेखि आत्तिएर विभिन्न स्वार्थ समूहले आफ्नो चरित्रहत्या गर्न र मन्त्रालयको गरिमामा आँच आउने काम गरेको गुनासो गरे । आफूलाई बदनाम […]

मुख्‍य समाचार समाज

विदेशमा गाँजा तानेपनि स्वदेश फर्केपछि जेल

  काठमाडौं । दक्षिण कोरियाली सरकारले यात्रामा रहँदा र विदेशमा बस्दा पनि गाँजा सेवन नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ । कहिँकतै यात्रा गरिरहेका र अन्य देशहरूमा बसोबास गर्ने नागरिकहरूलाई गाँजाको धुम्रपान नगर्न चेतावनी दिँदै, यसलाई बेवास्ता गर्नेहरूले घर फर्केपछि कडा कानूनी कार्बाहीको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।् सोमबार जारी गरिएको चेतावनी सन्देशमा त्यहाँको […]

मुख्‍य समाचार राजनीति

७ सदस्यीय ‘संसदीय छानबिन विशेष समिति’ गठन, तीन महिनाको समय निर्धारण

१४ जेठ, काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि ७ सदस्यीय सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ गठन भएको छ । मंगलवार सिंहदरबारमा बसेको संसदको गतिरोध अन्त्य गर्नका लागि राजनैतिक सहमति निर्माण र संसदीय समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कार्यकक्ष सिंहदरबारमा प्रतिवेदन बुझाएको हो । ७ […]