१२ श्रावण २०८१, शनिबार
अनौठो संसार मुख्‍य समाचार

पाँच महिनाअघि ससुरालीबाट हराएका ज्वाइँ म:म खाँदै गर्दा सालोले भेट्टाएपछी

१५ जेठ , काठमाडौँ ।  पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनलाई सालोले नै फेला पारेका हुन् । गत जनवरी ३१ मा बेपत्ता ससुरालीबाट बेपत्ता भएका थिए । उनका आफन्तले भने अपहरण भएको भन्दै प्रहरीमा उजुरीसमेत दिएका थिए ।

त्यसपछि दुवै परिवारले खुब खोजे पनि फेला पार्न सकेका थिएनन् । पाँच महिनासम्म पनि फेला नपरेपछि उनी मरिसकेको भन्दै आफन्तले आशा मारिसकेका थिए । तर, पाँच महिनापछि उनी एकाएक फेला परेका हुन् । निशान्तका सालो रविशंकर कामले नोयडा आएका बेला उनलाई फेला परेका हुन् ।

समाचारमा जनाइए अनुसार एक पसलमा सालो निशान्त म:म खान जाँदा एउटा भिखारीलाई पसलेले भगाइरहेका थिए । रविशंकले माया लागेर एक प्लेट म:म दिन भने । पछि नाम र ठेगाना सोध्दा आफ्नै भिना निस्किए ।

उनी फेला परेपछि प्रहरीलाई गरिएको थियो । प्रहरीले आफन्तलाई बुझाएको छ । उनी भेटिएसँगै दुवै परिवामा खुसीयाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्