४ चैत्र २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार

युरो २०२४ का लागि नेदरल्याण्ड्सको अन्तिम टोली घोषणा

  १६ जेठ, काठमाडौं। आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरो २०२४ का लागि नेदरल्याण्ड्सको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक रोनाल्ड कोमनले यसअघि घोषणा गरेको ३० सदस्यीय प्रारम्भिक टोलीबाट २६ सदस्यीय अन्तिम टोली बुधबार घोषणा गरेका हुन् । भर्जिल भान डाइकको कप्तानीमा रहेको डच टोलीमा डाले ब्लाइन्ड, जर्जिनिओ विजनाल्डम, […]

मुख्‍य समाचार राजनीति

नाउपाको दल नेताको आधिकारिता खोज्दै सुदूरपश्चिम प्रदेशसभा बैठक बहिष्कार

१६ जेठ, धनगढी । नागरिक उन्मुक्ति पार्टी(नाउपा) संसदीय दलको नेताको आधिकारीकता खोज्दै सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिष्कार गरिएको छ । नाउपाका संरक्षक रेशम चौधरी पक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाउपाको संसदीय दलका नेताको आधिकारीकता खोज्दै बैठक बहिष्कार गरेको हो । बुधबार दिउँसो प्रदेश सभाको बैठक सुरु हुनेबित्तिकै दुवै दलका प्रदेश सभा सदस्यहरुले उभिएर […]

मुख्‍य समाचार राजनीति

काेशीका पूर्वमुख्यमन्त्री कार्कीको रिट हेर्न नभ्याउनेमा

१६ जेठ, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट बुधबार हेर्न नभ्याइने भएको छ । कार्कीले दायर गरेको रिट बुधबार न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको थियो । मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसहित कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीहरूसँग लिखित जवाफ माग गरेको थियो । ९ […]

फोटो फिचर मुख्‍य समाचार

सन्दीपलाई भिसा दिन माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरु)

१५ जेठ , काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थकहरु बुधवार माइतिघरमा आन्दोलनमा उत्रिएका हुन् । माइतीघरमा भेला भएका समर्थक नयाँ बानेश्वरतर्फ अघि बढेका हुन्। भिसाका लागि दबाब सिर्जना गर्न समर्थकहरूले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा जाने तयारी […]

मुख्‍य समाचार समाचार समाज

शिक्षण पद्धतिलाई प्रभावकारी बनाउन मोरङमा लिटिल एन्जल्सको कार्यशाला

१६ जेठ, मोरङ । शिक्षण पद्धतिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विराटनगरका शिक्षकको सहभागितामा लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टले कार्यशाला गोष्ठी गरेको छ। कलेजका प्रधानाध्यापक डा. मित्रबन्धु पौडेलका अनुसार शिक्षक तथा विद्यार्थीमा देखिने तनाव, अध्ययन अध्यापनको चुनौति कम गराउन शिक्षकबीच शिक्षण सिकाइ कार्यक्रम गरिएको हो। मंगलबार विराटनगरमा आयोजित गोष्ठीमा प्रशिक्षकसमेत रहेका प्रिन्सिपल पौडेलले शिक्षण क्षेत्रमा देखिएको […]

मुख्‍य समाचार समाचार समाज

बाराबाट १३ लाखभन्दा बढी नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

१६ जेठ, जनकपुरधाम। बारा प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली नोट बनाउने गिरोहका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने एक भारतीयसहित चारजना छन् । बाराको सिम्रौनगढ नगरपालिका-९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरेको उनीहरूलाई आज सार्वजनिक गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । डीएसपी न्‍यौपानेका अनुसार पक्राउ […]

मुख्‍य समाचार राजनीति

बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिन्छ : प्रधानमन्त्री प्रचण्ड

१६ जेठ, सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताए । ‘गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका […]

अर्थ मुख्‍य समाचार

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन

१६ जेठ, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटका सन्दर्भमा अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा उनले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको दाबी गरेका हुन् । ‘आगामी आवको बजेटले नयाँ चरणको […]

मुख्‍य समाचार

असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

१६ जेठ, काठमाडौं । असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने भएको छ । पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, ‘अहिले भारतीय लगायत पर्यटकहरूको आगमन पशुपतिनाथ दर्शनका लागि बढ्‍दै गएको छ। पर्यटकको चापलाई […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

गण्डकीकाे मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

१६ जेठ, काठमाडौं  । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । १४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया […]

गण्डकी प्रदेस समाचार राजनीति

गण्डकीमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्दै, आजै शपथ

१७ जेठ, पोखरा । गण्डकीमा नयाँ मुख्यमन्त्रीले आज शपथ लिँदैछन् । सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । उक्त परमादेश अनुसार आजै साँझसम्म गण्डकीले पाण्डेलाई मुख्यमन्त्रीका रूपमा पाउने छ । तर शपथ कतिबेला गर्ने भन्ने टुङ्गो छैन । प्रदेश प्रमुख कार्यालयले सर्वोच्चको पत्र कुरेर बसेको छ […]

मुख्‍य समाचार

कोशी सरकार गठनबारे केदार कार्कीले दायर गरेको रिटमा पेशी आज

१६ जेठ, विराटनगर । कोशी प्रदेश सरकार गठनका विरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज छ । २६ वैशाखमा केदार कार्कीलाई स्वत पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । केदार कार्की पनि सोही उपधारा अनुसार […]