१२ कार्तिक २०८३, बुधबार
मुख्‍य समाचार समाचार समाज

खुकुरी देखाई लुटपाट गर्ने पक्राउ

१३ साउन, काठमाडौं । खुकुरी देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा मकवानपुर पदमपोखरी घर भएका ५२ वर्षीय धन बहादुर स्याङ्ताङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । नागर्जुन नगरपालिका–७ बिन्दवासिनी मन्दिर नजिकैको जंगलमा तीन जना अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई लुटपाट गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान […]

मुख्‍य समाचार समाचार समाज

सिमलताल घटना : सोह्र दिनसम्म पनि फेला परेनन् बस र ३८ यात्रु

१३ साउन, चितवन । भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरासहित त्रिशूलीमा खसेर बेपत्ता दुई बस अझै फेला पर्न सकेका छैनन् । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरासँगै त्रिशूलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार कार्य सुरू भएको १६ दिनसम्म पनि बस तथा धेरै यात्रु अझै फेला पर्न नसकेका हुन् । नेपाल सरकारले खोजीका लागि बोलाएको भारतीय गोताखोरसहितको टोली […]

खेलकुद मुख्‍य समाचार

पौडीबाज डुवाना पेरिस ओलम्पिकबाट बहिरिन

१३ साउन, काठमाडौ । डुवाना लामा पेरिस ओलम्पिक– २०२४ आन्तर्गत पौडी खेलको हिट चरणबाटै बाहिरिएकी छन् । नेपाली पौडीबाज डुवानाले दुई सय मिटर फ्रि–स्टाइलमा निर्धारित दूरी पार गर्न २ मिनेट २०.४७ सेकेन्ड खर्चिइन् । सात खेलाडी भएको हिट वानमा डुवाना अन्तिम स्थानमा रहिन् । यससँगै तीन नेपाली खेलाडीको ओलम्पिक यात्रा समाप्त भएको छ । यसअघि […]

मुख्‍य समाचार राजनीति

‘हवाई दुर्घटनाका कारण मुलुकको साख नै कमजोर बन्यो’

१३ साउन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले हवाई दुर्घटनाका कारण मुलुकको साख नै कमजोर बनेको भन्दै त्यसको कारण पत्ता लगाएर तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । बैठकको विशेष समयमा सांसद शिशिर खनालले परीक्षणका लागि कास्कीको पोखरा लैजान खोजिएको सौर्य एयरलाइन्सको जहाजमा अप्राविधिक व्यक्ति किन चढाइएको हो भन्ने प्रश्न गरे । उनले पछिल्ला दिनमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

क्यालिफोर्नियामा इतिहासकै सातौँ ठूलो आगलागी

१३ साउन, उत्तरी क्यालिफोर्नियाको आगलागी पश्चिमी अमेरिकी राज्यमा अहिलेसम्मकै ठूलोमध्ये एक भएको अधिकारीहरूले शनिबार बताएका छन् । ‘क्यालिफोर्निया पार्क फायर’ शनिबार साँझसम्म तीन लाख ५० हजार हेक्टरभन्दा बढी भागमा फैलिएपछि यो क्यालिफोर्नियाको इतिहासमा रेकर्ड गरिएको सातौँ ठूलो आगलागी भएको राज्य एजेन्सी क्याल फायरले जनाएको छ । राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १४५ किलोमिटर उत्तरमा रहेको सिको […]

मुख्‍य समाचार समाचार स्वास्थ्य

‘कलेजो क्यान्सरको प्रमुख कारण हेपाटाइटिस भाइरस’

१३ साउन, काठमाडौँ । आज जुलाई २८, विश्व हेपाटाइटिस दिवस । कलेजोको क्यान्सरको प्रमुख कारक रहेको हेपाटाइटिस भाइरस ‘बी’ र ‘सी’बारे सचेत नहुँदा धेरै जनाले ज्यान गुमाइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सन् २०२२ सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वभर हेपाटाइटिस भाइरस ‘बी’ र ‘सी’बाट ३० करोड ४० लाख मानिस सङ्क्रमित छन् । डब्लुएचओका अनुसार मुख्यतः […]

मुख्‍य समाचार राजनीति

संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्नुपर्छ : सांसद शाही

१३ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । वर्तमान सत्ता गठबन्धनले संविधान संशोधनको ‘एजेन्डा’ उठाए पनि त्यसको आवश्यकताको पुष्टि गर्न नसकेको उनले उल्लेख गरे । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले संविधानले दिगो विकासको आवश्यकता […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभाः ‘जाँचबुझ आयोगले काम सुरु गरिसक्यो

१३ साउन, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जाँचबुझ आयोगले काम सुरु गरिसकेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले दुर्घटना जाँच आयोगले दुर्घटनास्थलको स्थलगत अनुगमनगरी आवश्यक विवरण लिएको बताए । आयोगले ककपीट भ्वाइस रेकर्डर (सिभिआर) र फ्लाइट डाटा रेकर्डर (एफडीआर) सङ्कलनगरी डाटा […]

मनोरन्जन मुख्‍य समाचार

तीन ग्यालरीमा कला प्रदर्शनी जारी

१३ साउन, काठमाडौँ । काठमाडौँका विभिन्न आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी भइरहेका छन् । बबरमहलस्थित नेपाल कला परिषद्मा कलाकार प्रियम प्रधान र उहाँको समूह मिलेर बनाएका सिर्जना प्रदर्शन गरिएका हुन् । उनको कला प्रर्दशनीको शीर्षक ‘रास लिला ः द डिभाइन डान्स’ राखिएको छ । शीर्षकअनुसार कलामार्फत महाभारतमा समकालीन कथाहरु प्रस्तुत गरिएका छन् । मूर्तिकला, प्रतिस्थापन कला, […]

मुख्‍य समाचार राजनीति

नागरिकलाई सहज सेवा प्रवाह र सुशासन कायम गर्न सांसद शर्माको माग

१३ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नागरिकलाई सहज सेवा प्रवाह र सुशासन कायम गर्न सरकारसँग माग गरे । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै उनले वर्तमान सत्ता गठबन्धनले विगतका गठबन्धनभन्दा कसरी फरक रुपमा काम गर्छ भनेर सबैले चासो लिएको बताए । संविधान संशोधनको सहमतिसहित गबन्धन बनेको उल्लेख गर्दै सांसद शर्माले नागरिकका मनमा […]

अर्थ कोशी प्रदेस समाचार मुख्‍य समाचार

मेचीनगरमा आन्तरिक राजस्व सङ्कलन १३ करोड बढी

१३ साउन, झापा । मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व रु १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ सङ्कलन गरेको छ । आव २०७९/८० तुलनामा रु एक करोड ९० लाख ८४ हजार दुई सयबढी राजस्व सङ्कलन भएको हो । नगरकी राजस्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले […]

मुख्‍य समाचार समाचार समाज

निजीभन्दा अब्बल बन्दै सरकारी विद्यालय

१३ साउन, बागलुङ । कुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका–८ सिगानाको सिगाना माध्यामिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकाको निजी विद्यालयभन्दा राम्रो देखिने त्यही विद्यालयमा तीन वर्ष अघि शौचालय र खानेपानीको समेत अभाव थियो । तर पछिल्लो समय सुविधासम्पन्न भवन, कक्षाकोठा, बाल उद्यान, बालमैत्री शौचालय, बगैँचाले सिङ्गारिएको प्राङ्गणले विद्यालयको […]