१२ श्रावण २०८१, शनिबार
फोटो फिचर मुख्‍य समाचार

सन्दीपलाई भिसा दिन माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरु)

१५ जेठ , काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थकहरु बुधवार माइतिघरमा आन्दोलनमा उत्रिएका हुन् ।

माइतीघरमा भेला भएका समर्थक नयाँ बानेश्वरतर्फ अघि बढेका हुन्। भिसाका लागि दबाब सिर्जना गर्न समर्थकहरूले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा जाने तयारी गरेका छन् । यसअघि उनीहरूले प्रधानमन्त्री निवास बालुवाटार गएर प्रदर्शन गर्ने पनि तयारी गरेका छन् ।

पाटन अदालतले निर्दोष सावित गरेका सन्दिपलाइ विश्वकप खेल्नबाट रोकिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका हुन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही पनि आन्दोलनमा सहभागी भएका छन् । शाहीले नै आन्दोलनमा आउन सबैलाई आह्वान गरेका थिए ।

बलात्कार आरोपबाट गत जेठ २ गते सफाइ पाएपछि सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको थियो । तर भिसाको समस्या भएपछि उनले विश्वकप गुमाउने सम्भावना बढेको छ ।
यसबाट समर्थकहरू आक्रोशित बनेका हुन् । यही जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप हुँदैछ ।नेपाली टोली भने अहिले विश्वकपको तयारीस्वरुप अमेरिकामा अभ्यास खेल खेलिरहेको छ ।

हेर्नुहोस तस्वीरहरु

प्रतिक्रिया दिनुहोस्