५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

प्रश्नपत्रको गोपनीयता भंग आरोपमा दुई शिक्षक पक्राउ

२८ जेठ , काठमाडौं । परीक्षाअगावै प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ ग्वालीचौर–८ घर भइ ललितपुर उपमनपा–१८ बस्ने ३१ वर्षीय केशव घिमिरे र काठमाडौं–१६ वस्ने पाल्पाको रिब्दिकोट–३ का २४ वर्षीय  विकास ज्ञवाली छन् । राष्ट्रिय परीक्षा बोर्डबाट गत वैशाख १४–२६ मा कक्षा १२ को परीक्षा सञ्चालन […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

द ट्रायल’ अभिनेत्री नूर मृत भेटिइन 

२८ जेठ , मुम्बई । वेब सिरिज ‘द ट्रायल’की अभिनेत्री नूर मालाबिका दास मृत फेला परेकी छन् । कतार एयरवेजको पूर्व एयर होस्टेस समेत रहेकी उनी मुम्बईको लोखण्डवाला स्थित आफ्नै फ्ल्याट मृत भेटिएकी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शव बेडरुमको पंखामा झुण्डिएको अवस्थामा फेला परेको हो । नूरका छिमेकीले उनको फ्ल्याटबाट दुर्गन्ध आइरहेको […]

मनोरन्जन समाचार

प्रेम, विश्वासघात र प्रतिशोधको कथा उठाएको वेब सिरिज “साहु बा” को ट्रेलर सार्वजनिक

२८ जेठ, काठमाडौं । वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरिएको हो । म्यजिक नेपालद्वारा सञ्चालित ओटीटी प्लाटफर्म ‘मोःमो म्युजिक एण्ड मुभिज’ ओटीटीमा यो सिरिज स्ट्रिमिङ हुने जनाइएको छ । सिरिजमा प्रियंका कार्की, कविता नेपाली, बिजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित […]

मुख्‍य समाचार समाचार

धनगढीमा युवतीको अश्लील भिडियो बनाउने दुई जना पक्राउ

२८ जेठ , कैलाली । कैलालीको धनगढीमा युवतीको अश्लील भिडियो बनाउने दुई जना पक्राउ परेका छन्।धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालकसहित एक जना बालक पक्राउ परेका हुन्। अश्लिल भिडियो बनाएर युवतीलाई ब्ल्याकमेल गरेको आरोपमा पसल सञ्चालकसहित बालक पक्राउ परेका हुन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा मोबाइल ग्यालरीका सञ्चालक धनगढी उपमहानगरपालिका–१ का ४१ वर्षीय […]

स्वास्थ्य

स्वास्थ्य कर्मचारी जुनसुकै बेला कारवाहीमा पर्ने मन्त्रीको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य कर्मचारीमाथि अनुगमन र कारवाही अघि बढाउने चेतावनी दिएका छन् । सोमबार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा उनले सरकारी अस्पताल व्यवस्थापन समितिले नागरिकलाई ठग्ने र दोष मन्त्रीमाथि दिने गरेको भन्दै सबैलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् । उनले भने, ‘तपाइँहरुको साथ सहयोग भयो भने […]

मुख्‍य समाचार समाचार

सात मोटरेवल पुल निर्माण

२८ जेठ, नारायणगढ । चालु आर्थिक वर्षमा डिभिजन सडक कार्यालय भरतपुरमार्फत निर्माण सम्झौता भएका सात मोटरेवल पुलको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएका पुलमा २० मिटरदेखि दुई सय मिटरसम्मका मोटरेवल दुई लेनका पुल रहेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहका अनुसार यस आर्थिक वर्षमा चितवनमा छ र नवलपुरमा […]

अर्थ

एकीकृत बेरुजु राख्नका लागि मापदण्ड आवश्यक

२८ जेठ , काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव डा.रामप्रसाद घिमिरेले एकीकृत रुपमा बेरुजु राख्ने मापदण्ड बनाउनुपर्ने बताएका छन् । केन्द्रीय स्तरका निकायहरुले आ–आफ्नो बेरुजुको लगत आफैं राख्नुपर्ने कानूनी व्यवस्था अनुसार चल्न थालेपछि पुराना बेरुजुको लगत यत्तिकै बसेको र त्यसलाई कसले राख्ने भन्ने प्रश्न उठ्ने अवस्था आएको उल्लेख गर्दै उनले एकीकृत रुपमा बेरुजुको लगत राख्ने […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

गोरखाको माछीखोलामा प्रहरी चौकीको भवन निर्माण

२८ जेठ, गोरखा । धार्चे गाउँपालिका–५ स्थित माछीखोला प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ । लामो समयदेखि अस्थायी टहराबाट सञ्चालन भइरहेको माछीखोला प्रहरी चौकीको भवन करिब रु ४१ लाखको लागतमा निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए । गाउँपालिकाले उपभोक्ता समितिमार्फत भवन निर्माण सम्पन्न गरेको उनको भनाइ छ । “भवन निर्माणका […]

मुख्‍य समाचार समाचार

कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन

२८ जेठ, काठमाडौँ । सङ्घीय प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारी बेरुजु फर्छ्यौट तथा सरकारी बाँकी सरह असुलउपर गर्ने काम प्रभावकारी नभएकाले कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन दिएको छ । बेरुजु फर्छ्यौटको अवस्था र समस्या समाधानका लागि अर्थ मन्त्रालय, महालेखापरीक्षकको कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयसँग समितिले आज छलफल गरेको […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

श्रमाधान रोजगार मेला : पहिलो दिन दुई हजार दुई सय ५० को आवेदन

२८ जेठ, कैलाली । कैलाली कैलालीको धनगढीमा आइतबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय ‘श्रमाधान रोजगार मेला’मा पहिलो दिन दुई हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको रोजगार मेलामा आइतबार रोजगारीका लागि दुई हजार दुई सय ५० जनाले […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

लमजुङमा बर्खे धान रोप्न सुरु

२८ जेठ, लमजुङ । यहाँ यतिबेला असार अगावै बर्खे धान रोप्न सुरु भएको छ । पानी पर्न थालेसँगै एक हप्ता अघिदेखि लमजुङमा धानको रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत विजयराज पौडेलका अनुसार जिल्लाको राइनास नगरपालिका, मध्यनेपाल नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाको बेँसीका फाँटमा धान रोप्न सुरु […]

मुख्‍य समाचार राजनीति

२ देशमा गैरआवासीय राजदूत नियुक्त

२८ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा स्विट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूत रामप्रसाद सुवेदीलाई आज सान मारिनोका लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । यसैगरी, राष्ट्रपति पौडेलले आजै संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालाई गणतन्त्र निकारागुवाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको […]