११ श्रावण २०८१, शुक्रबार
मनोरन्जन समाचार

प्रेम, विश्वासघात र प्रतिशोधको कथा उठाएको वेब सिरिज “साहु बा” को ट्रेलर सार्वजनिक

२८ जेठ, काठमाडौं । वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरिएको हो । म्यजिक नेपालद्वारा सञ्चालित ओटीटी प्लाटफर्म ‘मोःमो म्युजिक एण्ड मुभिज’ ओटीटीमा यो सिरिज स्ट्रिमिङ हुने जनाइएको छ ।

सिरिजमा प्रियंका कार्की, कविता नेपाली, बिजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय छ ।

फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिजलाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिश तामाङसँग मिलेर खिचेका हुन् ।

२४ श्रृंखलाको सिरिजमा ३५० बढी कलाकारले काम गरेको निर्माण टिमले जनाएको छ । हरेक एपिसोडको रनटाइम एक घण्टा छ । नेपालमा ठूलो बजेटमा वेब सिरिज निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ ।

वेब सिरिजलाई सुजय योङले निर्देशन गरेका हुन् । सिरिजको कथा, पटकथा तथा संवाद पनि निर्देशक योङले नै लेखेका हुन् । कोभिड लकडाउनको बेला उनले सिरिज लेखेका थिए ।

नेपालमा आफ्नो पहिलो प्रयास भएकाले यो सिरिजलाई दर्शकले मन पराउने विश्वास उनको छ । ‘यो एकदमै भिन्न कथा होइन, तर भिन्न तरिकाले देखाउने प्रयास गरेका छौं,’ निर्देशक योङले भने ।

‘साहु बा’ले प्रेम, विश्वासघात र प्रतिशोधको कथा उठाएको छ । निर्माण टिमले यो सिरिजलाई एक्सन तथा क्राइम जनरामा निर्माण गरिएको बताएको छ ।

सिरिजमा प्रेम लामा र राजु तामाङको एक्सन, कुनाल कुँवरको कलर, सागर आले, मिस्टर डी र उजन शाक्यको गायन, सिर्जना पौडेलको मेकअप, रामप्रसाद चौधरी र चन्दन दत्तको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्