६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार

मिडिया काउन्सिल विधेयकमाथि छलफल गर्न विधायन व्यवस्था समितिको बैठक बस्दै

५ असार, काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्था समितिको बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी बोलाइएको छ। समितिले बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल गर्ने सम्भावित कार्यसूचीमा जनाएको छ ।  

खेलकुद मुख्‍य समाचार

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल आजदेखि

५ असार, काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल आज (बुधवार)देखि सुरु हुँदै छन् । अमेरिका र वेस्टइन्डिजले आयोजना गरेको विश्वकप अन्तर्गत सुपर आठ देखि सेमिफाइनल र फाइनल खेल भने वेस्टइन्डिजमा मात्रै हुने छन् । समूह चरणका केही खेलहरु अमेरिकामा भएका थिए । बुधवार पहिलो सुपर आठको खेलमा दक्षिण अफ्रिका र अमेरिका आमने […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधि सभामा आज ८ मन्त्रीले सांसदले उठाएको प्रश्नको जवाफ दिने

५ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी डाकिएको छ । बुधबार बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आजको सांसद पुष्पबहादुर शाह, प्रेम सुवाल, डा.अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद […]

खेलकुद मुख्‍य समाचार समाचार

रोनाल्डोको कीर्तिमान, पोर्चुगलको जित

५ असार, काठमाडौं । युरो २०२४ को समूह चरणको पहिलो खेलमा चेक रिपब्लिकविरुद्ध मैदान उत्रिए लगत्तै पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । उनी स्न २००४ देखि २०२४ सम्मका लगातार ६ वटा संस्करणको युरोकप खेलेका हुन् । ६ संस्करण युरो कप खेल्ने रोनाल्डो पहिलो खेलाडी बनेका हुन् । रोनाल्डोले कीर्तिमान बनाएको खेलमा गोल […]

अर्थ मुख्‍य समाचार

घट्यो डलर, युरो र पाउण्डको मूल्य

५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १६ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६ पैसा रहेको छ । मंगलबार डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँमा कारोबार […]

मुख्‍य समाचार समाचार समाज

गण्डकी, बागमती, कर्णालीमा बिहानैबाट वर्षा, दिउँसो कोशीमा भारी वर्षाको सम्भावना

५ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको […]

मुख्‍य समाचार समाज

सडक कालोपत्र भएपछि सहज

४ असार , गलेश्वर (म्याग्दी) । बाटो पुगेको (ट्र्याक खुलेको) दुई दशकपछि म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबिया चौर बजारसम्म सडक कालोपत्र भएपछि बाबियाचौर देखि म्याग्दीको सदरमुकाम बेनी बजार २० मिनेटमा पुग्न सकिने भएको छ । २४ किलोमिटर दुरीको बेनी –दरबाङ सडकको बेनीदेखि बाबिया चौर सम्मको १७ किलोमिटर सडक कालोपत्र भएपछि डेढ घण्टाको बाटो २० मिनेटमा […]

मुख्‍य समाचार विचार

‘चीन अध्ययनको गन्तव्य बन्दा नेपाललाई फाइदा छ’

४ असार,  काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली विद्यार्थीका लागि चीन प्रमुख गन्तव्य भइरहँदा यसले दुई देशको सम्बन्धलाई थप बलियो बनाएको बताएका छन् । नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरेको एक दिवसीय चिनियाँ उच्च शैक्षिक प्रदर्शनी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले चीनमा अध्ययन गरेका विद्यार्थीले नेपालमा राम्रो योगदान दिइरहेको […]

मुख्‍य समाचार राजनीति

विधेयक संशोधन प्रस्ताव स्वीकृत

४ असार,  काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकबाट उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं महानगरले बहुवर्षे शिक्षा नीति बनाउने

४ असार , काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मस्यौदा गरेको ‘वहुबर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउन असार ७ गते सुझाव संकलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अनलाइन फाराम भर्नु पर्नेछ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार समावेशिता र क्षेत्रगत प्रतिनिधित्व सुनिश्चित हुनेगरी आवेदकहरुलाई एसएमएसमार्फत […]

अर्थ

सेयर बजार १८.७६ अंकले घट्यो    

४ असार , काठमाडौं । सार्वजनिक बिदापछि खुलेको सेयर बजारको कारोबार विस्तारै ओह्रालो लागेको छ । मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रह्यो । ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किजबेच भएको छ । यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा […]

मुख्‍य समाचार समाज

ताप्लेजुङमा राहत र उद्धारका लागि गृहमन्त्रीको ध्यानाकर्षण

४ असार, काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समक्ष ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सो जिल्लाका विभिन्न स्थानमा हालै आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे ध्यानाकर्षण गराएका छन् । बाढीपहिरोमा परी हालसम्म पाँच जनाको मृत्यु तथा ठूलो भौतिक क्षति भइसकेको छ । प्रतिनिधिसभाका सदस्यहरु योगेश भट्टराई, उर्मिला थेबे, लीलादेवी बोखिम (लिम्बू) ले आज उपप्रधानमन्त्रीसमक्ष भेट गरी […]