२३ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

घाइते अवस्थामा भेटिएकी एक महिलाको मृत्यु

१७ साउन,धनगढी ।  कैलालीको गेटामा घाइते अवस्थामा भेटिएकी एक महिलाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–५ गेटा मेडीकल कलेज नजिक घाइते अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। नाम ठेगाना नखुलेकी अन्दाजी ३५ वर्षकी महिलाको टाउको पछाडीको भागमा चोट लागेर घाईते अवस्थामा फेला परेकी थिइन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको […]

मुख्‍य समाचार समाचार

सातवटै प्रदेशमा वर्षाको सम्भावना

१७ साउन, काठमाडौँ । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

डोटीमा पहिरो जाँदा ६ जनाको धानबाली नष्ट

१७ साउन, डोटी । डोटीमा हिजाे गएकाे पहिरोका कारणा ६ जनाको धानबालीमा क्षति पुगेको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँका ६ जनाको धान लगाएको खेतमा पहिरो गएपछि धानबाली नष्ट भएको हो । धर्मसिं बोहरा, खडक बोहरा, कर्ण बोहरा, भक्त बोहरा, रामबहादुर बोहरा र भीम बोहराको अन्दाजी ५ रोपनी खेतमा लगाएको धानबाली पहिरो गएपछि नष्ट भएको […]

मनोरन्जन समाचार

चलचित्र ‘बुलाकी’ को नयाँ गीत सार्वजनिक

१७ साउन,काठमाडौँ । साउन ३२ गतेबाट प्रदर्शन हुने चलचित्र ‘बुलाकी’ नयाँ गीत सार्वजनिक गरेको छ । गायिका समीक्षा अधिकारीको स्वरमा ‘सधैं पछि परन्या हुन् स्त्री’ बोलको गीत रिलिज गरिएको हो। छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माण भएको गीतमा बाबुल गिरीको शब्द÷संगीत छ। एरेञ्जको र मिक्सिङको काम धनबहादुर गिरी (बाबुल) ले नै गरेका छन्। गीतको भिडिओमा सुरक्षा पन्त, […]

मुख्‍य समाचार समाचार समाज

नेपालमा दुई हजारभन्दा बढीमा डेङ्गु रोगको सङ्क्रमण

१६ साउन, काठमाडौँ  । नेपालभरि दुई हजारभन्दा बढीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा‌‍‍क्टर गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिए । सबैभन्दा बढी काठमाडौँमा दुई सय ४९ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । यस्तै […]

राजनीति समाचार

रवि लामिछाने निकट एआइजीमाथि कारबाहीको तयारी

१६ साउन, काठमाडौँ  । निवर्तमान गृहमन्त्री रवि लामिछाने निकट भएको आरोप लागेका नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीमाथि छानविन अघि बढेको छ । सरकार फेरिएलगत्तै ज्ञवालीमाथि छानविन गर्न एआइजी टेकप्रसाद राईको नेतृत्वमा समिति बनेको हो ।बिहीबारको मन्त्रिपरिषद्को बैठकले उनको सरुवाको समेत तयारी गरेको गृह मन्त्रालय स्रोत बताउँछ । स्रोतकाअनुुसार लामिछाने गृहमन्त्री हुँदा आइजिपी बसन्तबहादुर कुँवरलाई बाइपास गरेको […]

मुख्‍य समाचार समाचार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

१६ साउन, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमको निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । जसअनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

काठमाडौँमा दुई समूहबीच झडप हुँदा एकको मृत्यु

१६ साउन, काठमाडौँ । काठमाडौँकाे ढल्कुमा आज दुई समूहबीचकाे झडप हुँदा ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनिल पुजारीको मृत्यु भएको छ ।  झडपकाक्रममा धारिलो हतियार प्रहारबाट एककाे मृत्यु हुनुका साथै छ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन् । साथै झडपमा परी ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, […]

मुख्‍य समाचार राजनीति समाचार

मन्त्रिपरिषद् निर्णय : १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिश

काठमाडौं । सरकारले पाँच देशका राजदूत फिर्ता र १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले चीन, अष्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्काका राजदूतहरूलाई भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए । उनले […]

राजनीति समाचार

राप्रपाका जिल्ला अध्यक्षहरूको साउन १७ र १८ गते काठमाडौँमा भेला हुँदै

१६ साउन, काठमाडौँ  ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरूको भेला यही साउन १७ र १८ गते काठमाडौँमा हुने भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले यही साउन १७ गते धुम्बाराहीस्थित एसआर बैंक्वेटमा भेलाको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनका अनुसार भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरूले आफ्नो […]

अर्थ समाचार

सेयर बजारमा हालसम्मकै उच्च रेकर्ड

१६ साउन, काठमाडौं ।बुधबार सेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड बनेको छ । यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो ।अघिल्लो चरणको बुलको कारोबार रेकर्ड तीन वर्षमा तोडिएको हो । […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

साँफे-मार्तडी सडक सुचारु

१६ साउन,बाजुरा । बाजुराको सदरमुकाम जोड्ने साँफे मार्तडी राजमार्गको बीचमा बाढीसंगै आएको पहिरो पन्छाएपछि सुचारु भएको छ । खहरे खोलामा मंगलबार राति बाढी आएको थियो । बडीमालिका नगरपालिका अन्तर्गत पर्ने नुनेपानी भन्ने स्थानमा बाढीका कारण राजमार्गमा यातायात सेवा प्रभावित भएको थियो । बडीमालिका नगरपालिकाको जेसीबीले सडक पन्छाएपछि नियमित यातायात सेवा सुचारु भएको हो ।