६ चैत्र २०८२, शुक्रबार
फोटो फिचर समाचार समाज

पाका कलाकारका चित्र एक साथ प्रदर्शनी

५ असार , काठमाडौँ  । दुई दजर्न भन्दाबढी वरिष्ठ कलाकारका चित्र एक साथ प्रदर्शनमा राखिएका छन् । बबरमहलस्थित आर्ट काउन्सिलमा ‘सिर्जना–२०२४ थ्रेड्स : अफ सिमुटियनिटी’ शीर्षकमा कला प्रदर्शनी गरिएको हो । सिर्जन कलेज अफ फाइन आर्टले आइतबारदेखि सुरु गरेको प्रदर्शनी शुक्रबारसम्म सञ्चालन हुने जनाएको छ । कलाकारहरुका चित्रकला, मूर्तिकला, कार्टुनकला तथा प्रतिस्थापन कलाले प्रदर्शनीस्थल सजिएको […]

मुख्‍य समाचार विचार

स्काउटमा समय सापेक्ष सुधार आवश्यक छ : मन्त्री श्रेष्ठ

५ असार,  काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले नेपाल स्काउटले आफूलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बेला भएको बताएका छन् । बुधबार ७३ औं स्थापना दिवसको अवसरमा काठमाडौंको लैनचौरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले स्काउटले आफ्नो स्थापनाको उद्देश्य र जरा नविर्सिकन समय सापेक्ष भई अघि बढ्नुपर्ने सुझाव दिए । उनले डिजिटल स्काउटिङको आवश्यकता औंल्याउँदै […]

समाचार समाज

विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना

५ असार , रामपुर (पाल्पा) । विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले त्यहाँका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । जेहेन्दार, विपन्न विद्याथीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न अक्षयकोष खडा […]

मुख्‍य समाचार समाचार

राष्ट्रपति पौडेल स्वदेश फिर्ता, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे स्वागत

५ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको एक साता लामो भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् । आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै राष्ट्रपति पौडेल सहितको भ्रमण टोली काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रवि लामिछाने, मुख्य सचिव बैकुण्ठ अर्याल, राष्ट्रिय […]

मुख्‍य समाचार

संसद् भवनको शौचालयमा नेपाल प्रहरीका जवान गोलेले गरे आत्महत्या

५ असार, काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । बुधबार बिहान २२ वर्षीय  प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेका संघीय संसद सचिवालयका सूचना अधिकारी दशथ धमलाले बताए । ‘उहाँले आधा घण्टा अगाडि मात्रै आफैंलाई गोली हानी शौचालयमा […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

अछाममा छाउगोठमा बसेकी १६ वर्षीया किशोरीमाथि सामूहिक करणी

५ असार, काठमाडौँ । अछाममा छाउगोठमा बसेकी एक किशोरीमाथि जवरजस्ती करणी भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा १६ वर्षीया किशोरीमाथि सोमवार राति सामूहिक करणी भएको हो। किशोरी करणीको आरोपमा प्रहरीले एक स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मंगलवार बिहान अचेत अवस्थामा फेला परेकी थिइन। […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

५ असार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ । उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरेको फार्मका अध्यक्ष केयरसिङ पुनले बताउनुभयो । ‘बेलढुङ्गा’ म्याग्दीको भकिम्ली र बागलुङको धम्जाको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल हो । […]

अर्थ कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

जुम्लाका स्थानीय तहको आम्दानी न्यून

५ असार, जुम्ला । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत घटेको महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा औँल्याइएको छ । प्रतिवेदनअनुसार जिल्लाको एकमात्र नगरपालिका चन्दननाथले आर्थिक वर्ष २०७९-८० मा वार्षिक आय रु दुई करोड ५० लाख आम्दानी हुने अनुमान गरेकामा रु एक करोड २० लाख ६० हजारमात्र आम्दानी भएको छ […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

५ असार, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीयस्थल ‘बर्फानी बाबा’ मन्दिरमा खानेपानी सेवा उपलव्ध हुने भएको छ । जिल्लाको धार्मिक पर्यटकीयस्थल उक्त मन्दिरमा खानेपानीको काम अन्तिम चरणमा पुगेको लुम्बिनी प्रदेश ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले जानकारी दिए । राप्तीसोनारी–४ बैजापुरको कुम्भरमा डिपबोरिङ गरेर सात किलोमिटर टाढा उक्त मन्दिरमा पानी […]

मुख्‍य समाचार समाचार समाज

जुत्ता, चप्पल उत्पादनबाट वार्षिक आठ लाख कमाउँदै काभ्रेका पौडेल

५ असार, काभ्रेपलाञ्चोक । जिल्लाको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–५ तालढुङ्गाका पृथ्वी पौडेलले घरमा नै उद्योग सञ्चालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । उनले ‘शर्मिला घरेलु उद्योग’ सञ्चालन गरेर जुत्ता, चप्पल र विद्युतीय सामग्रीको उत्पादन गरी थोक तथा खुद्रा बिक्री गर्दै आएका हुन् । उद्योगबाट वार्षिक रु आठ लाखसम्म नाफा हुने गरेको उद्यमी पौडेलले बताउनुभयो […]

मुख्‍य समाचार समाचार समाज

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

५ असार , सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेका छन् । त्यस्तै […]

मनोरन्जन मुख्‍य समाचार

अभिनेता सुनील शेट्टी जसले पहिलो फिल्म रिलिज अघि नै ४० वटा फिल्ममा साइन गरे

५ असार, काठमाडौं । बलिउड अभिनेता सुनील शेट्टी बलिउडको उत्कृष्ट एक्सन हिरोमा पर्छन् । उनले सन् ९० को दशकको सुरुवातमा फिल्म ‘बलवान’बाट आफ्नो करियर सुरु गरेका थिए । हालैमात्र एक अन्तरवार्तामा सुनीलले पहिलो फिल्म रिलिज हुनुअघि आफूले ४० फिल्म साइन गरेको खुलासा गरेका छन् । भारतीय सिंह र हर्ष लिंबाचियाको पोडकास्टमा सुनीलले यो कुराको खुलासा […]