१० कार्तिक २०८३, सोमबार
राजनीति समाचार

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

२६ साउन,  काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

ब्राजिलमा जहाज दुर्घटना, ६१ जनाकाे मृत्यु

२६ साउन, काठमाडौं । ब्राजिलको राज्य साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी प्रान्त पारानाबाट साओ पाउलोमा उडान भरेको जहाज दुर्घना भएको हो ।  जहाजमा ५७ यात्रु तथा ४ चालक दलका सदस्य भएको बीबीसीले उल्लेख गरेको छ । दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको […]

मुख्‍य समाचार समाचार समाज

भक्तपुरमा भएको दुर्घटनामा छात्राको मृत्यु

२६ साउन, काठमाडौं । हिजो शुक्रबार भक्तपुरमा भएको दुर्घटनामा छात्राको मृत्यु भएको छ । अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२क ९९११ नं को बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको हो । प्रहरीका अनुसार स्कुलबाट घर फर्कने क्रममा बसबाट ओर्लिएलगत्तै सोही बसले ठक्कर दिदा गम्भीर घाइते भएकी थिइन् […]

अन्तर्राष्ट्रिय अर्थ मुख्‍य समाचार समाचार

आज कुन विदेशी मुद्राको मूल्य कति ?

२६ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.९९ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.८४ रुपैयाँ रहेको छ […]

मुख्‍य समाचार समाज

आज देशका यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

२६ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, […]

पर्यटन मुख्‍य समाचार समाचार

लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा

२५ साउन,  सुन्दरबजार । लमजुङको परेवाडाँडाको नाम सुन्नेबित्तिकै जो कोहीलाई झट्ट परेवाको प्रतीक भन्ने याद आउँछ । नभन्दै परेवाडाँडामा भएको जोडी परेवाको प्रतीक यतिबेला जिल्लाकै पर्यटकीय गन्तव्य स्थल बन्ने भएको छ । मध्यपहाडि लोकमार्गअन्तर्गत सुन्दरबजारको खत्रीठाँटीदेखि खत्रीठाँटी–कुन्छा सडकको परेवाडाँडा–हरिया खण्डबाट एक सय मिटरको दूरीमा रहेको मणिडाँडामा जोडी परेवाको प्रतीकसहित पार्क निर्माणको कार्य थालनी गरिएको छ […]

समाचार

पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश नियुक्त

२५ साउन, काठमाडौं । न्याय सेवाको इतिहासमा पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषद्को शुक्रबारको बैठकले रत्नबहादुर बागचन्दलाई मुख्य न्यायाधीश सिफारिश गरेको हो । उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगञ्जमा कार्यरत बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश सिफारिस गरेको न्याय परिषद् सचिवालयले जनाएको हो ।बैठकले उच्च अदालतका एक जना र जिल्ला […]

मुख्‍य समाचार राजनीति समाचार

दुईपटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव

२५ साउन, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटा व्यक्ति दुईपटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने गरी राखेको प्रस्तावका विरुद्धमा पार्टी संस्थापन पक्षका नेताहरू देखिएका छन् । बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री शर्माले समसामयिक विषयमा प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा एउटा व्यक्ति प्रधानमन्त्री दुईपटक भन्दा बढी बन्न नहुने प्रस्ताव छलफलका लागि पेश गरेका […]

मुख्‍य समाचार समाचार

इन्ट्रान्स क्याफेलाई २ लाख जरिवाना

२५ साउन, काठमाडौँ । ललितपुरको द इन्ट्रान्स क्याफेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना तिराएको छ । वस्तुको रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि चाकुपाटस्थित क्याफेलाई सो रकम बराबर जरिबाना तिराइएको विभागले जनाएको छ । विभागको नियमित अनुगमनका क्रममा सो कैफियत देखिएको समेत जनाइएको छ । शुक्रबार […]

फोटो फिचर मनोरन्जन मुख्‍य समाचार

गुरही पर्व विशेष (फोटो फिचर)

२५ साउन, काठमाडौं । थारु समुदायले काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानंमा धुमधामका साथ गुरही पर्व मनाएका छन् । हेर्नुहोस तस्बिरहरु   तस्बिरः दिनेश चौधरी

मुख्‍य समाचार समाचार

कक्षा १२ को नतिजामा एसपीए कलेजले गर्याे रेकर्ड कायम

२५ साउन, धनगढी । हालै प्रकाशित भएको कक्षा १२ को नतिजामा सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेजले रेकर्ड कायम गरेको छ।सुदूरपश्चिम प्रदेशमै  सर्वाधिक सङ्ख्यामा विद्यार्थी उर्तिण गराउन सफल हुँदै एसपीए कलेजले रेकर्ड कायम गरेको हो। सुदूरपश्चिम प्रदेशमै सर्वाधिक सङ्ख्यामा ५६१ विद्यार्थी पास भएका छन्। जम्मा विद्यार्थी सङ्ख्या बढी भएकोले नतिजा प्रतिशतमा कमी देखिए पनि सङ्ख्याको आधारमा […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

अछाममा टिप्पर दुर्घटना हुँदा पाँच जना घाइते

२५ साउन, अछाम ।अछाममा टिप्पर दुर्घटना भएको छ। जिल्लाको मंगलसैन नगरपालिका–१४ कालागाउँमा टिप्पर दुर्घटना भएको प्रहरीले जनाएको छ। उत्तीसको काठ बोकेर नेपालगञ्ज जाँदै गरेको ना ६ ख ८३१९ नम्बरको टिप्पर कच्ची सडक भाँसिएर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर टिप्परमा सवार चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात थप उपचारका लागि जिल्ला […]