२३ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

१८ साउन, गोलबजार (सिरहा) । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय नीरजकुमार […]

अर्थ मुख्‍य समाचार समाचार समाज

‘लगानीकर्ताको हित संरक्षण गर्न सेबोन प्रतिबद्ध छ’

१८ साउन, काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक नवराज अधिकारीले मुलुकको आर्थिक उन्नयनमा सघाउन पुँजी बजारको महत्त्वपूर्ण भूमिका हुने बताउँदै धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताएको छ । निम्ब एस क्यापिटल लिमिटेडको १२ वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ यहाँ आयोजित कार्यक्रममा उहाँले धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण तथा विनिमयलाई व्यवस्थित […]

मुख्‍य समाचार राजनीति समाचार समाज

केन्द्र सरकारद्वारा राहत रकम प्रदान

१८ साउन, दमौली (तनहुँ) । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट रु छ लाख राहत प्रदान गरिएको छ । यहाँका तीन परिवारलाई सङ्घ सरकारको तर्फबाट प्रतिमृतक रु दुई लाखका दरले रु छ लाख प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार विपद्बाट ज्यान […]

मुख्‍य समाचार राजनीति समाचार

रास्वपाको दुई दिने ‘क्लोज क्याम्प’ वनस्थलीमा सुरु

१८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने बन्द कार्यशाला शुक्रबारदेखि सुरु भएको छ । पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुलाई रणनीतिक रुपमा क्षमता अभिबृद्धि गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला पार्टी केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा सुरु भएको पार्टी सह–प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको […]

मुख्‍य समाचार राजनीति समाचार

जलवायुका मुद्दामा संसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा उपसभामुख रानाको जोड

१८ साउन, काठमाडौं । उपसभामुख इन्दिरा रानाले जलवायु सम्बन्धी मुद्दाहरुमा संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएकी छिन् । भारतको नयाँ दिल्लीमा आयोजित उर्जा सम्बन्धी कार्यक्रममा बोल्दै उपसभामुख रानाले संसदहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका जलवायु मुद्दाहरूमा आवश्यक कदम चाल्न सरकारलाई बाध्य पार्न सक्ने भएका कारण संसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड  दिएकी हुन् । उनले जलवायु सम्बन्धी गतिविधिहरूमा लगानी […]

मुख्‍य समाचार राजनीति समाचार

तीनवटा संसदीय समितिको बैठक बस्दै

१८ साउन,  काठमाडौं । संघीय संसद अन्तर्गत शुक्रबार तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज  अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसदैछ । अर्थ समितिमा आज राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थमन्त्रीसँग छलफल गरिने छ । बैठक दिउँसो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

दलित समूदायभित्रकै आपसी विभेद अन्त्य नगरे आन्दोलन कमजोर हुन्छ : गणेश विश्वकर्मा, अधिकारकर्मी

काठमाडौं । नेपाल गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त र संघीयताको अभ्यासको चरणमा छ । मुलुक छुवाछुतमुक्त राष्ट्र घोषणा भइसकेको अवस्था छ । तर कार्यान्वयनको पाटो फितलो देखिन्छ । नेपालका दलित समूदायको अवस्था, नीति निर्माण तहमा उनीहरुको सहभागिता एवम राज्यका जिम्मेवार निकायमा दलित समूदायको प्रतिनिधित्वलगायतका विषयमा गणेश विश्वकर्मासँग संक्षिप्त कुराकानी गरेका छौं । संविधान जारी भएको […]

मुख्‍य समाचार राजनीति समाचार

नेकपा एसको केन्द्रीय कमिटी बैठक

१८ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक बोलाइएको हो । विधानअनुसार बनाइएको ‘क्लष्टर’ का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ । पार्टीमा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

१८ साउन,  काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर रहँदा बेलायती पाउण्ड र युरोको विनिमय दर घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा […]

मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : पाँच प्रदेशमा भारी वर्षा, तराईमा हावाहुरी

१८ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

धनगढी उपमहानगरले छिमेकी पालिकामापनि शव चिस्यान सेवा दिने

१८ साउन, धनगढी ।  धनगढी उपमहानगरपालिकाले छिमेकी स्थानीय तहमा समेत शव चिस्यान सेवा दिने भएको छ। गत मंसिरबाट उपमहानगरपालिका क्षेत्रमा शव चिस्यान सेवा दिन थालिएकोमा अबदेखि धनगढीसँग सिमाना जोडिएका स्थानीय तहमा समेत शिव चिस्यान सेवा प्रदान गरिने भएको हो। छिमेकी स्थानीय तहमा समेत सेवा प्रदान गर्न उपमहानगरले बिहिवार थप दुईवटा शव चिस्यान यन्त्र खरिद गरेको छ। […]

मुख्‍य समाचार राजनीति समाचार सुदूरपश्चिम

सुदूरपश्चिममा नाउपाका मन्त्री चौधरीले दिए राजीनामा

१७ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरीले बिहीबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा पत्र बुझाएका हुन् । स्वकीय सचिव भक्त चलाउनेमार्फत चौधरीले राजीनामा बुझाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले शुक्रबार ४ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । त्यसको […]