२३ श्रावण २०८३, शनिबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

कमजोर येन टोयोटाका लागि जापानमा समस्याबाट पार पाउने विकल्प

१७ साउन, जापान । कमजोर येन र लागत कटौतीले विश्व प्रसिद्ध जापानी कार उत्पादक कम्पनी टोयोटालाई आफ्नो घरेलु बजारमा उत्पादन र बिक्रीमा आएको गिरावटलाई हटाउन मद्दत गरेको छ । कम्पनीको पहिलो त्रैमासिकको खुद मुनाफामा सामान्य वृद्धि भएको बिहीबार टोयोटाको जनाएको छ । कम्पनीको खुद आम्दानी १.७ प्रतिशतले बढेर १.३३ ट्रिलियन येन (८.९ अर्ब अमेरिकी डलर) […]

मुख्‍य समाचार राजनीति

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति

१७ साउन, काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटेको छ । आज सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको संयन्त्रको बैठकबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो । बैठकपछि बोल्दै गृहमन्त्री लेखकले भने, “आज उपलब्धि भएको छ । हाम्रा बिचमा मिल्न बाँकी सबै कुरा मिलेको छ ।”विधेयकका चार वटा विषयमा लामो छलफलपछि सहमति भएको उहाँको भनाइ […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

अस्पताल निर्माण अन्तिम चरणमा

१७ साउन, गोदावरी । जिल्लाको कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ । कैलारी–५ स्थित बैजपुरमा निर्माणाधीन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो । विसं २०८१ असार मसान्तसम्म निर्माण सक्ने गरी विसं २०७९ असार २९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तोकिएको समयसीमा सकिएपनि केही महिना म्याद थप गरी […]

मुख्‍य समाचार समाचार समाज

युवाहरुलाई निःशुल्क कपाल काट्ने तालिम

१७ साउन, चितवन । यहाँका युवालाई निःशुल्क कपाल काट्ने तालिम सञ्चालन गरिएको छ । सीप सिकेर स्वदेशमै व्यवसाय गर्न सक्ने बनाउन तालिम सञ्चालन गरिएको हो । भरतपुरको सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ३० युवायुवतीलाई निःशुल्क तालिम सञ्चालन गरेको हो । सैलुनका सञ्चालक सुलभ सिग्देलका अनुसार तालिममा सहभागी आधाभन्दा बढी महिला छन् । ब्युटीपार्लर सञ्चालन […]

मुख्‍य समाचार समाचार समाज

क्यान्सर अस्पतालमा बिरामी मृत्यु भएपछि दुई नर्स निलम्बित

१७ साउन, चितवन । चितवन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको हो । अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने […]

मुख्‍य समाचार समाचार समाज

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

१७ साउन, काठमाडौँ । नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ । केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराई रहेका उनी आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए । दुई साताअघि जन्मथलो फर्कीएका उनले लहानस्थित अस्पतालमा डायलासिस गराई रहेका थिए । […]

मुख्‍य समाचार समाचार समाज

चुरेवासीमा जाग्दै आशा

१७ साउन, महोत्तरी । सरकारले आफ्ना क्षेत्रका सम्भावनाबारे चासो बढाएपछि महोत्तरीका चुरेक्षेत्रका बासिन्दामा नयाँ आशा पलाएको छ । केन्द्र, प्रदेश र स्थानीय तहको चासोले चुरे क्षेत्रका बासिन्दामा नयाँ कामको थालनी हुने र यसले आपूmहरुको जीवनमा सकारात्मक प्रभाव पार्ने आश जागेको हो । “हाम्रो यो कन्दरामा कोही आउँदैनथे, यसपालि साउन लागेयता उच्च सरकारी अधिकारीहरुको बाक्लै आउजाउ […]

अर्थ मुख्‍य समाचार समाचार समाज

इलाममा कोदोको महिमाबारे चर्चा, रक्सीलाई मान्यता दिनुपर्नेमा जोड

१७ साउन, इलाम । यो कोदो रोप्ने समय हो । तर, इलामका अधिकासं किसानलाई कोदो रोप्ने चटारो छैन् । झन्डै दुई दशकअघि जस्तो प्राथमिकतामा राखेर कोदो खेती गर्ने चलन नै हराएको छ । चौथो कोदो दिवस साउन १५ को अवसरमा इलामको देउमाई नगरपालिकाको मंगलबारेमा आयोजना गरेको कोदो महिमा संवाद कार्यक्रममा बोल्दै राष्ट्रिय कृषक समूह महासंघका […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

रामेछापमा बाढीले धानखेत बगायो

१७ साउन, रामेछाप । रामेछापका विभिन्न खोलामा आएको बाढीले सयौँ रोपनी धान खेतमा क्षति पुर्याएको छ । मन्थली नगरपालिका–१ को रणजोर खोला, मन्थली–२ को कठजोर खोला लगायतमा आएको बाढीले किसानले धान लगाएको खेत बगाएर क्षति पुर्याएको छ । कठजोर खोलाले किनारका सयौँ रोपनी धान लगाएको खेत कटान र पुरेर क्षति पुर्याएको वडाध्यक्ष सुरेन्द्र कार्र्कीले जानकारी […]

अर्थ मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य बढ्यो

१७ साउन, काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १६ सय रूपैयाँले बढेको हो । बुधबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १६ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ […]

मुख्‍य समाचार राजनीति

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार

१७ साउन, काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक यही साउन १८ गते केन्द्रीय कार्यालयमा बस्ने भएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । विधानअनुसार बनाइएको ‘क्लष्टर’का आधारमा कार्यदलले […]

मुख्‍य समाचार राजनीति

ऊर्जामन्त्रीद्वारा ऊर्जा क्षेत्रको विकासका लागि पूर्वसचिवसँग छलफल

१७ साउन, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकासका लागि पूर्वसचिवहरूसँग छलफल गरेका छन् । उर्जामन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे मन्त्रालयका पूर्वसचिवसँग बुधबार छलफल गरेका हुन् । छलफलका क्रममा मन्त्री खड्काले पूर्वसचिवको अनुभवलाई समेटेर भावी कार्ययोजना बनाएर अगाडि बढ्ने बताए […]