६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

मन्त्रीका काममा सांसदलाई राजनीति नगर्न श्रममन्त्रीको आग्रह

६ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रीले गर्ने काममा राजनीति नगर्न सांसदहरुलाई आग्रह गरेका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् । सांसदहरुले मन्त्रीले गर्ने काममा राजनीति गरेकै कारणले देश समृद्ध बन्न नसकेको उनको जिकिर थियो । विकासका कुरामा एकछिन राजनीति […]

मुख्‍य समाचार समाचार समाज

डीडीसी महाप्रबन्धकका लागि शक्ति केन्द्रमा दौडधुप

६ असार, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) यतिबेला अस्तव्यस्त अवस्थामा छ । ६ अर्ब बक्यौता माग्दै दुग्ध किसान सडकमा छन् । सरकारसँग सहमीत गरेर पनि व्यवसायीले बक्यौता भुक्तानी नगरेपछि किसान फेरि आन्दोलनमा उत्रिएका हुन् । डीडीसीको केन्द्रीय कार्यालय लैनचौर परिसर किसान आन्दोलनका कारण अस्तव्यस्त भए पनि कार्यालयभित्र भने कर्मचारीहरुबीच अलग्गै रस्साकस्सी छ । कर्मचारीहरु […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज : कप्तान पौडेल

६ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज भएको बताएका छन् । नवौं संस्करणको टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ब्याटिङका लागि पिच असहज भएको र आफूहरुलाई नाइट गेम खेल्ने बानी नपरेको अनुभव बाँडेका हुन् । उनले भने, ‘पहिलो […]

मनोरन्जन मुख्‍य समाचार

‘हामी छौं’को छायांकन सुरु

६ असार, काठमाडौं । सलोन सलिना फिल्सम्को प्रस्तुतीमा निर्माणको घोषणा गरिएको डकुड्रामा ‘हामी छौं(सिजन १)’ को छायांकन सुरु भएको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामाको छायांकन बुधबारदेखि चित्लाङबाट सुरु भएको हो । आगामी दशैंमा ओटिटी प्लेतफर्मबाट रिलिज हुने डकुड्रामा ७ एपिसोडको हुनेछ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहने डकुड्रामामा   त्रिसना […]

अर्थ मुख्‍य समाचार समाचार

सेयर बजारमा १०.४४ अंकको गिरावट      

६ असार, काठमाडौं । सेयर बजारमा दोहोरो अंकका गिरावटका बाबजुद बिहीबार कारोबार रकमभने बढेको छ । बजार परिसूचक १०.४४ अंकको गिरावट २०६८.३१ विन्दुमा रह्यो । ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँमा किनबेच भएको छ । सामान्य बढोत्तरसहित नेप्से परिसूचक २.२७ अंकले बढ्दै २०७८.७६ विन्दुमा रहँदा बुधबार ७२ […]

मनोरन्जन

क्लब नेक्ससमा एक्सिसको गीत

६ असार, काठमाडौं । विश्व संगीत दिवसको अवसर पारेर सांगीतिक व्याण्ड एक्सिस भोलि शुक्रबार दरबारमार्गस्थित क्लब नेक्ससमा गुञ्जिने भएको छ । व्याण्डले ९० मिनेटको प्रस्तुतीमा ‘अधुरो प्रेम’, ‘हे मोरी’, ‘मुस्कान’, ‘मेरो प्रेम’, ‘एकचोटी’ र ‘सात समुन्द्र पारी’लगायतका गीत सुनाउनेछ । व्याण्डमा सन्दिप विश्वकर्मा (संस्थापक÷भोकलिस्ट), अमूल्य श्रेष्ठ (ड्रम), सजिन मर्जन (बास), रोशन लामा (गीतारिष्ट) र निखिल […]

मुख्‍य समाचार विचार

अब संविधान संशोधनको विषयमा प्रवेश गर्ने बेला आयो  :डा.महत

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्त डा.प्रकाशशरण महतले अव संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्ने बताएका छन् । विहीबार लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दै उनले समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाट मात्र सम्भव भएको भन्दै त्यसको लागि संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो संविधानमा समानुपातिक […]

समाज

लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दो

६ असार, काठमाडौं । अवैध लागूऔषध प्रयोगकर्ताको तथ्यांक डरलाग्दो अवस्थामा छ । सहरीकरणको विस्तार, खुला सिमाना, वैदेशीक रोजगारीमा सहजतासँगै अवैध लागूऔषध प्रयोगकर्ता सहरमा मात्र नभइ गाउँ गाउँसम्म रहेको पाइएको छ । गृहसचिव एकनारायण अर्यालले २०७६ सालमा भएको लागुऔषध प्रयोगकर्ताको सर्वेक्षणबाट नेपालमा लागु औषध प्रयोग गर्नेको संख्या एक लाख ३० हजार चार सय २४ पुगेको रहेको […]

मुख्‍य समाचार समाचार

जीबी राई कहाँ छन् भन्ने थाहा भइसक्यो : गृहमन्त्री लामिछाने

६ असार, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लाखौं बचतकर्ताको अर्बौं रकम अपचलन गरी फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्रबाबु राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका छन् । बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले जीबी राई कहाँ छन् भन्ने पत्ता लागिसकेको दाबी गर्दै कुटनीतिक पहलमा ढिलाइ भइरहेको बताए । ‘जीबी राई कहाँ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

रुसी राष्ट्रपति पुटिनलाई उत्तर कोरियाको उच्च सम्मान

६ असार,  प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको राज्यतहको उच्च सम्मान ‘किम इल सुङ अर्डरबाट सम्मानित भएका छन् । उत्तर कोरियाली नेता किम जोङ उनले व्यक्तिगत रुपमा पुटिनलाई राज्यतहको यो सम्मान दिने निर्णय गरेका थिए । रुस र युक्रेनबीचको युध्द जारी रहेका बेला २४ वर्षपछि उत्तर कोरियाको राजधानी प्योङयाङ आएका रुसी राष्ट्रपति पुटिन […]

अर्थ मुख्‍य समाचार

तोलामा ६ सयले बढ्यो सुन

६ असार, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार तोलामा ६ सय रुपैयाँले बढेको हो । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाज

कोरियामा जस्तै शैक्षिक सम्मेलन नेपालमा गर्न मन्त्रीको सुझाव

६ असार, सोल । नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक)ले आफ्नो २०औं स्थापना दिवसको अवसरमा ‘सोनसिक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन–२०२४’को आयोजना गरिएको छ । ‘सहकार्यात्मक नेतृत्व : दिगो विकासका लागि अन्तरविषयगत नवप्रवर्धन र वैज्ञानिक उत्कृष्टताको उत्प्रेरक’ भन्ने विषयलाई  मुख्य आधार मानेर सम्मेलन आयोजना गरिएको हो । जुन १५ र १६ तारिखमा दक्षिण कोरियाको छनानमा अवस्थित नामसउल […]