६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

युक्रेनलाई समर्थन गर्ने रुसी शिक्षकलाई २० वर्ष जेल सजाय

७ असार, काठमाडौं । रुसको शैन्य अदालतले युक्रेनलाई समर्थन गरेको आरोपमा एक रुसी शिक्षकलाई २० वर्षको जेल सजाय तोकेको छ । रुस र युक्रेनबीच युद्ध चलिरहेकोमा २७ वर्षीय शिक्षक डेनियल क्लियूकाले युक्रेनको पक्ष लिएको र आर्थिक सहयोग समेत पठाएको आरोपमा अदालतले ‘देशद्रोही’ ठहर गर्दै सजाय सुनाएको हो । रुसी अदालतले युक्रेनसँगको युद्धका क्रममा युक्रेनप्रति सहानुभूति […]

समाचार समाज

व्यापारको प्राथमिकतामा परोस् सार्वजनिक शौचालय

७ असार, काठमाडौं । एक साँझ, म ग्याँस स्टेशनहरूको ठूलो चेन प्रबन्ध गर्ने कम्पनीको वरिष्ठ प्रबन्धकसँग रक्सी पिइरहेको थिएँ । टिप्सी म जस्तै थिए, मैले साहसपूर्वक उनलाई मेरो विचार सुनाएँ । मैले टिप्सीसँग भने, ‘धेरै कुराहरू मध्ये म भन्न चाहन्छु, कि तपाईंहरूले आफ्नो व्यवस्थापन अन्तर्गत ग्यास स्टेशनहरूको शौचालय प्रणालीलाई पुनः डिजाइन गर्नुहोस् र यसलाई बारम्बार […]

मुख्‍य समाचार समाचार समाज

वर्षायाम प्रारम्भ भएसँगै गौरीगञ्जवासीमा बाढीको त्रास

७ असार, झापा । आकाशमा कालो बादल मडारिनेबित्तिकै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबारीकी ओस्नी राजवंशीको मन अधीर हुन्छ । वर्षासँगै घर नजिकको नदीमा आउने बाढीबाट आफ्नो र परिवारका सदस्यको ज्यान जोगाउने चिन्ताले उनलाई सताइरहन्छ । गाउँ नजिकबाट बगेको कनकाईमा बाढी आउँदा वर्षौँदेखि गाउँ डुबानमा पर्दै आएको उनले सुनाए । होक्लाबारीका अधिकांश बासिन्दा विपन्न छन् । वर्षा सुरु […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

७ असार, पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ । तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि सात किलोमिटर बाँकी रहने छ । सडक कालोपत्र […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कर्णाली प्रदेशसभामा बिहीबार जे देखियो…

७ असार, कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको १५औँ बैठक बस्नुपूर्व बिहीबार प्रदेशसभा सदस्यहरु भवन परिसरमा एक आपसमा गफ गरिरहेका थिए । उनीहरुको गफ आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट र त्यसको सन्तुलन तथा समन्यायिकतामा केन्द्रित थियो । उनीहरू गफीइरहेका बेला सभाबैठक प्रारम्भ भएको जनाउ दिने घण्टी बज्यो, सबै प्रदेशसभा सदस्यहरू बैठककक्षमा प्रवेश […]

मुख्‍य समाचार समाचार समाज

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना

७ असार, रसुवा । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले रु ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो । चालु आवको साउनदेखि जेठ मसान्तसम्म रु ५९ अर्ब ७८ करोड […]

मुख्‍य समाचार समाचार समाज

इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण

७ असार, फिक्कल । जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी र छवटा जातका ‘ब्याडे बोका’ वितरण गरेको हो । कोशी प्रदेश सरकारको बाख्रापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत किसानको लागत […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

७ असार,लुम्बिनी । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आज साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो । आगलागी नियन्त्रणमा स्थानीय र प्रहरी जुटेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मार्टको वरपर घना बस्ती भएकाले […]

मुख्‍य समाचार राजनीति

नेपालमा योग पर्यटनको उच्च सम्भावना छ, सबैले जोड दिनुपर्छ : प्रधानमन्त्री दाहाल

७ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् । विश्व योग दिवसको अवसरमा शुक्रबार मूल समारोह समितिले भक्तपुरमा गरेको कार्यक्रममा योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे । योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि […]

मुख्‍य समाचार राजनीति

रास्वपा स्थापनाको दुई वर्ष पूरा, आज चियापानक कार्यक्रम

७ असार, काठमाडौं । पार्टी खुलेको छ महिना नबित्दै संसद्मा चौँथो दल बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको दुई वर्ष पूरा भएको छ । रास्वपाले पार्टीको दोश्रो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । दिवसको सन्दर्भमा दिउँसो ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना […]

मुख्‍य समाचार समाचार समाज

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी प्रणालीको प्रभाव, यी ठाउँमा पर्दैछ पानी

७ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ १५ पैसा रहेको छ । बिहीबार खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ […]