१० कार्तिक २०८३, सोमबार
मुख्‍य समाचार समाचार समाज

डढेलोबाट जोगाउने वन समूहलाई २० हजार पुरस्कार

२७ साउन, गण्डकी । कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समूहलाई रु २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । सामुदायिक वन दिवसका अवसरमा ठूलो वन समूहद्वारा निर्मित हरियाली पार्कमा आयोजित वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले वन जोगाउन सफल सामुदायिक वन समूहलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेका हुन् । वन […]

मुख्‍य समाचार समाचार समाज

करेन्ट लागेर एक कर्मचारीको मृत्यु, तीनजना घाइते

२७ साउन, सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङका अनुसार शनिबार दिउँसो विद्युत् तार आसपासको रूखबिरुवा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मालेपाटन जोडिने झोलुङ्गे पुल सञ्चालन

२७ साउन, गण्डकी । पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । वर्षौंदेखि पुलको आशामा रहेका स्थानीयमा पुल बनेसँगै खुसियाली छाएको छ । मालेपाटनसँगै यहाँका बडहरे, देउराली, खड्का गाउँ, डोटेल कुनालगायत स्थानका बासिन्दालाई वडा कार्यालयका साथै गण्डकी विश्वविद्यालयसँगको पहुँच सहज बनाएको हो । पुल निर्माणले मालेपाटन क्षेत्रका बालिबालिकालाई […]

कोशी प्रदेस समाचार मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’बाट सुनुवार पुरस्कृत

२७ साउन, फिक्कल ।‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८१’बाट पत्रकार सुजता सुनुवार पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २५औँ स्थापना दिवसका अवसरमा आज सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवार रु १० हजार राशिको पुरस्कारबाट पुरस्कृत भएका हुन्। पुरस्कृत पत्रकार सुनुवारलाई इलाम नगरपालिका प्रमुख केदार थापा, फोनिजका सङ्घीय उपाध्यक्ष कमन देवान, इलाम अध्यक्ष […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु

२७ साउन, चितवन । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको छ । निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको छ भने रड प्रयोगशाला परीक्षणका लागि काठमाडौँ […]

मुख्‍य समाचार समाचार समाज

कान्तिलोपकथमा साना सवारीसाधन सञ्चालन

२७ साउन, मकवानपुर । पहिरोले अवरुद्ध भएको कान्तिलोकपथमा साना सवारीसाधन सञ्चालन भएका छन् । ललितपुरको बागमती गाउँपालिका–६ रातो पहाड नजिक खसेको पहिरो हटाएपछि हलुका सवारीसाधन सञ्चालनको अनुमति दिइएको भट्टेडाँडास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । पहिरो पूर्ण रुपमा पन्छाउन बाँकी रहेकाले अनुकूल मौसम रहेमा साँझसम्ममा ठूला सवारीसाधनलाई पनि सञ्चालनको अनुमति दिइने मकवानपुर जिल्ला प्रहरी कार्यालयका […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

सबै प्रदेशमा सेवा विस्तार गर्दै क्यान्सर अस्पताल

२७ साउन, चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको बताए । हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

२७ साउन, म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले महभिरमा यसपालिको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मिर्गौलापीडितलाई साढे तीन लाख सहयोग

२७ साउन, दमौली । ऋषिङ गाउँपालिका निवासी मिर्गौलापीडित पूर्णलाल नेपालीलाई रु तीन लाख ६६ हजार पाँच सय ७८ हस्तान्तरण गरिएको छ । ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैको अगुवाइमा सङ्कलन भएको उक्त रकम शनिबार निजलाई हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था नाजुक भएका नेपालीलाई सघाउन प्रवक्ता दरैले पूर्णलाल नेपाली बचाउ अभियान सञ्चालन गर्नुभएको थियो । त्यसक्रममा […]

अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

२७ साउन, पर्वत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उनी बताउछन् । “च्याउखेतीबाट […]

मुख्‍य समाचार राजनीति समाचार समाज

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

२७ साउन, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आइपुगेका छन् । दुईदिने भ्रमणका लागि मिश्री आज (आइतबार) नेपाल आइपुगेका हुन् । नेपाल आइपुगेका मिश्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले स्वागत गरेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार […]

मुख्‍य समाचार समाचार समाज

कर्णाली राजमार्ग खुल्यो

२७ साउन, जुम्ला। पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो । जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको छ । उक्त स्थानमा सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको […]