६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

लुते प्रधानमन्त्रीले देश सम्हाल्न सक्दैनन् : गगन थापा

९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको हालत ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेको जस्तो भएको बताएका छन् । काठमाडौंमा शनिबार पार्टीको काठमाडौं–६ प्रदेशसभा क्षेत्रीय कार्यसमितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसले हेप्यो भनेर अर्को दलीय कित्तामा गएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई अहिले कुनै मन्त्रीले पनि नटेर्ने भन्दै लुते प्रधानमन्त्रीले देश […]

मुख्‍य समाचार राजनीति

परराष्ट्रमन्त्री श्रेष्ठ इरान प्रस्थान

९ असार, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिन इरानतर्फ प्रस्थान गरेका छन् । इरानको तेहरानमा सोमबार आयोजना हुने बैठकमा सहभागी हुन मन्त्री श्रेष्ठ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अपरान्ह त्यसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता […]

मुख्‍य समाचार समाचार समाज

यी पाँच प्रदेशमा मनसुनको प्रभाव

९ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागका साथै लुम्बिनी प्रदेशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ  । यस्तै आज दिउँसो देशभर मौसम आंशिक देखि साधारण बदली रहने छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ […]

मुख्‍य समाचार राजनीति

दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी

९ असार, काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सरकारले आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ। आइतबार बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । बजेट पास गर्ने […]

खेलकुद मुख्‍य समाचार

भारतले सेमिफाइनल खेल्ने सम्भावना बलियो, पराजित बंगलादेश अन्तिम आठबाट बाहिरियो 

९ असार, काठमाडौं । आइसिसी टी– २० विश्वकपअन्तर्गत ‘सुपर–८’मा भारतले लगातार दोस्रो जित निकालेको छ । यो सँगै भारतले सेमिफाइनल खेल्ने सम्भावना बलियो बनेको छ । शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ४६ […]

खेलकुद मुख्‍य समाचार

अफगानिस्तानले अस्ट्रेलियालाई दियो १ सय ४९ रनको लक्ष्य

९ असार, काठमाडौं । टी–२० विश्वकपको सुपर एट खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १ सय  ४९ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ रोजेपछि अफगानिस्तानले पहिले ब्याटिङ गरेको हो। राम्रो सुरुवात गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो । अफगानिस्तानले पन्ध्र ओभर पाँच बलमा आफ्नो पहिलो विकेटको रुपमा रहमानुल्लाह […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

जाजरकोटमा बाढीले शिक्षकको मृत्यु

९ असार, काठमाडौं । जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु भएको छ । शनिबार राति तारेचौर खोलामा एक्कासि आएको बाढीले बगाउँदा कुशे गाउँपालिकाको वडा नम्बर ९ पैंकका ईन्द्र बहादुर रोकायाको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंहले जानकारी दिइन् । ‘उहाँको हिजो राती नै निधन भैसकेको रहेछ । अहिले पोस्ट मार्टमको लागि लैजाने तयारी […]

मनोरन्जन मुख्‍य समाचार

नेपाल आइडल सिजन–५ को विजेता बने बर्दियाका करण परियार

९ असार, काठमाडौं । करण परियारले अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडल सिजन–५ को उपाधि जितेका छन्। शनिबार सम्पन्न भएको फाइनलमा प्रतिस्पर्धी सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै परियार यो सिजनको विजेता घोषित भए । उपाधि विजेता परियारले २५ लाख र ट्रफी उचाले । यस्तै, सिजनको फस्ट रनरअपमा सलोनी गुरुङ र […]

ब्लग मुख्‍य समाचार समाज

जहाँ नेपाली बोल्नै लजाउँछन् नेपाली

-मुना चौधरी,  भाषा विचार संप्रेषण गर्ने माध्यम हो । भाषा भएन भने मानव विचार समस्यामा पर्छ । भाषा त्यस्तो माध्यम हो जसले व्यक्ति वा राष्ट्रहरूबीच सुमधुर सम्बन्ध स्थापना गर्न  मदत गर्छ  । अरूसामू आफ्नो विचार राख्न सक्ने माध्यम भाषा नै हो । जुन भाषा जति धेरै मानिसले प्रयोग गर्छन् र जति धेरै साहित्य सृजना हुन्छ  […]

मुख्‍य समाचार समाज

वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका

७ असार , काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने भएको छ । सो क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने चन्द्रागिरि सम्भवतः पहिलो नगरपालिका भएको बताइएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को आर्थिक एवं प्राविधिक सहयोगमा फेम्ली हेल्थ इन्टरनेशनल ३६० (एफएचआइ) का साझेदारीमा चन्द्रागिरि नगरपालिकाले स्वच्छ हावा परियोजना […]