१० कार्तिक २०८३, सोमबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सुत्केरीको हेलिकप्टरबाट उद्धार

२७ साउन, खाँदबारी । पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोजपुर षडानन्द–५ की ३३ वर्षीया नानीमैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । जिल्ला अस्पताल सङ्खुवासभाका डा प्रदीप श्रीवालका अनुसार आज बिहान ६ बजेदेखि अत्यधिक रक्तस्राव भएर मगरको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

ढुसीको प्रकोप पीडित पर्वतका किसानलाई निःशुल्क विषादी वितरण

२७ साउन, पर्वत । ढुसीजन्य रोगको प्रकोपबाट पीडित बनेका यहाँका किसानलाई निःशुल्क औषधि वितरण गरिएको छ । यहाँका किसानले लगाएको धानबालीमा ढुसीजन्य रोगले नष्ट गर्न थालेपछि रोकथाम गर्न निःशुल्क विषादी वितरण गरिएको हो । धान रोपको महिना दिनपछि धानका जरा कुहिने (फुट रुट) र पात पहेँलिने (सेट ब्लाइट)को प्रकोप फैलिएपछि किसानहरु पीडित बनेका थिए । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘तारागाउँबारे मन्त्रालयले सूचना लिइसकेको छ, अब एक्सनमा काम हुन्छ’

२७ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले देशमा गैरकानुनी ढंगले अरु कोही पोषिने र राज्य लुटिने अवस्था रहेको बताएका छन् । आइतबार सिहंदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको तारागाउँ विकास समिति साथै तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्बन्धमा भएको छलफलमा उनले तारागाउँ रिजेन्सी होटल्सलगातसँगको सबै सूचना र तथ्यहरु लिएर मन्त्रालयलाई […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

राष्ट्रिय परिचयपत्र बनाउनेको भीड

२७ साउन, खजुरा । सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरुको भीड लागेको छ । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सय बढीको सङ्ख्यामा आउने गरेको कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म दुई लाख ६६ हजार सात सय ५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि फाराम दर्ता गराएको प्रमुख […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘कठोर सजाय गरिंदैमा भ्रष्टाचार निर्मूल हुँदैन्’

२७ साउन,काठमाडौं । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा प्रवेश गर्न दिन नहुनेमा सांसदहरूले जोड दिएका छन् ।  बैठकमा सांसदहरूले सरकार आफैँले निजी क्षेत्रलाई ‘कन्ट्रोल’ गर्नुपर्ने बताएका हुन् । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव राख्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले […]

समाचार समाज

उद्योगमन्त्री भण्डारीद्वारा कोलकत्ता पोर्टको अवलोकन

२७ साउन ,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले पोर्टका अध्यक्ष रथेन्द्र रमन लगायतका उच्च अधिकारीहरुसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गरेको थियो । अवलोकन भ्रमणका क्रममा मन्त्री भण्डारीले भूपरिवेष्टित मुलुकले प्राप्त गर्ने व्यापार सौविध्यता, पारवहन व्यापार सबलीकरण, ‘ट्रान्ससिपमेन्ट […]

मुख्‍य समाचार समाचार समाज

युवा पलायन बढिरहे शिक्षक पाउनै मुस्किल पर्नसक्छ : मन्त्री चौधरी

२७ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मुलुकमा वैदेशीक रोजगारीका लागि युवा पलायन बढिरहे भविष्यमा शिक्षक पाउनै मुस्किल पर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले ग्रासरुट लेभलमा शिक्षाको गुणस्तर सुधारमा ध्यान नदिँदा शिक्षाको स्तर खस्किदै गएको बताएका हुन् । आफूले चलाएका संस्थाहरुका लागि […]

मुख्‍य समाचार समाचार

महासंघमा युनियनले आफ्नै नेतृत्व अघि सार्ने, ‘पत्रकारसँग युनियन’ अभियान चलाउने

२७ साउन, धुलिखेल ।  आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनले आफ्नै नेतृत्वमा महासंघलाई साझा संस्थाका रुपमा क्रियाशील बनाउने निर्णय गरेको छ । प्रेस युनियनको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार र आइतबार धुलिखेलमा सम्पन्न बैठकले पत्रकार महासंघको सदस्यतासम्बन्धी विवाद टुंग्याएर निर्वाचनमा देखिएको अन्योल हटाई पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न महासंघसँग आग्रह गरेको छ । बैठकले […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार

संसद् र सांसदको जवाफदेहिताबारे सरोकारवालासँग अन्तरक्रिया

२७ साउन, कर्णाली । कर्णाली प्रदेशसभा संसदीय समितिका प्रभावकारिता र जवाफदेहिताका विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय सामाजिक कार्य, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको समन्वय, नेपाल नेटवर्क एफएमको आयोजना तथा युएनडिपीको सहयोगमा आज वीरेन्द्रनगरमा आयोजित ‘संसद् र सांसदको प्रभावकारिता र जवाफदेहिता’विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा विश्वविद्यालयमा अध्ययन अध्यापनरत विद्यार्थी तथा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, हरेक वर्ष १२ अर्ब थप आम्दानी

२७ साउन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको छ । विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव […]

मनोरन्जन मुख्‍य समाचार समाचार

नरसिंहाः अवतार’मा नीति शाहको पहिलो लुक्स सार्वजनिक

२७ साउन, काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल आठ वर्षपछि कमव्याक गर्न लागेकाले पनि यो फिल्मका कारण फिल्म क्षेत्र गर्माएको छ । यही फिल्ममा नायिका नीति शाह पनि अनुबन्धित भएकी छन् । निर्माणपक्षले नीतिको एउटा लुक्स सार्वजनिक गरेको […]

मुख्‍य समाचार समाचार समाज

सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन

२७ साउन, काठमाडौं । सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको छ । वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु उनको पारिवारिक स्रोतले जनाएको छ । स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् । सहकारीका अध्यक्ष विवादास्पद छविका व्यवसायी ‘अलाइभ ग्लाइडर’ भनिने किसन राई […]