६ चैत्र २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी

११ असार, रुस । रुसले बढ्दो तनावका बीच संयुक्त राज्य अमेरिकालाई क्रिमियामा असभ्य आक्रमणमा संलग्न रहेको आरोप लगाएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार रुसी कब्जामा रहेको क्रिमियन प्रायद्वीपमा भएको आक्रमणमा अमेरिकाले आपूर्ति गरेको पाँचवटा आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटिएसिएमएस) मिसाइलहरू सामेल थिए। मन्त्रालयले चारवटा क्षेप्यास्त्र रोकिएको र पाँचौँ हावामा विस्फोट भएको बताएको छ। उक्त […]

मुख्‍य समाचार राजनीति

महाधिवेशनबाट कार्यसमितिको सङ्ख्या घट्दै, १९९ सदस्यीय हुने

११ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनबाट एक सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने भएको छ । यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा बहुपदीय प्रणालीमा निर्वाचन गरिने सो कार्यसमितिमा १९ पदाधिकारीसहित एक सय ९९ सदस्यीय कार्यसमिति गठन हुने पार्टी स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बाजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ

११ असार, बाजुरा । साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ । नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो । कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीन वटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत […]

मनोरन्जन मुख्‍य समाचार

‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई

११ असार, काठमाडौँ । यस वर्षको ‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’फलेंसा रघुवंशीलाई प्रदान गरिएको छ । बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको मिस्टर एण्ड मिसेस जुनियर र सिनियर आइडल-२०२४ मा उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो । स्पार्क इन्टरटेन्टमेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा ३१ जना बालबालिकाको सहभागिता थियो । बाह्र वर्षे फलेंसा रघुवंशीले ट्यालेन्ट […]

खेलकुद मुख्‍य समाचार

पारा तथा विशेष खेलकुद सुरु : एक सय २५ स्वर्णका लागि प्रतिस्पर्धा

११ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यालय त्रिपुरेश्वरमा सुरु भएको प्रतियोगिताको उद्घाटन राखेपका सदस्य सचिव टंकलाल घिसिङ गरे । प्रतियोगितामा विभिन्न १३ खेलको प्रतिस्पर्धा हुने पारा तथा विशेष खेलकुद प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिकी संयोजक राखेपकी सदस्य पेमा डोल्मा लामाले […]

मुख्‍य समाचार समाचार समाज

बाढी आएपछि काठमाडौंमा मेलम्ची खानेपानी बन्द

११ असार, काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । वर्षासँगै बाढीले पुर्‍याउन सक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । साथै मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरू समेत त्रसित बनेका छन् । गत आइतबार रातिदेखि आएको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी […]

मुख्‍य समाचार राजनीति

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु

११ असार, काठमाडौँ । नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज विहान साढे १० बजेदेखि सुरु भएको छ । काठमाडौँको एक होटलमा भएको बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार

झापामा चट्याङ लागेर दुईको मृत्यु

११ असार, झापा । आज विहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए । उनका अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते हुनुभएका खड्काको दमकस्थित […]

खेलकुद मुख्‍य समाचार

बंगलादेशमाथि ८ रनको रोमाञ्चक जित निकाल्दै अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा 

११ असार, काठमाडौं । आईसीसी टी २० विश्वकप क्रिकेटमा अफगानिस्तानले सेमिफाइनलको स्थान पक्का गरेको छ । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो । मंगलबार भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। सन् २०१० को दोस्रो […]

मुख्‍य समाचार समाचार समाज

इजरायलमा केयर गिभरमा जान चाहने ८ सय जनाको लागि आवेदन माग

११ असार, काठमाडौं । इजरायलले ८ सय नेपाली कामदारलाई श्रमका लागि लैजाने गरी आवेदन माग गरेको छ । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी दीर्घकालीन स्याहार केन्द्रका लागि ८ सय जनाको लागि आवेदन खुल्ला गरेको हो। नेपाल र इजरायलबीच भएको दुईपक्षीय श्रम सम्झौताअनुसार कामदार पठाइने भएको हो। यसमा निजी क्षेत्रको कुनै संलग्नता छैन। […]

अर्थ मुख्‍य समाचार

दोलखाको जिरी नगरपालिकाको बजेट ५५ करोड

११ असार, रामेछाप । दोलखाको जिरी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले ५५ करोड ९ लाखको बजेट ल्याएको  छ । नगपालिकाले सोमबार आर्थिक वर्ष २०८१÷०८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभामा नगरप्रमुख मित्रबहादुर जिरेलले नीति तथा कार्यक्रम र उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले बजेट सार्वजनिक गरे । […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

बेलौरी बासीको दुखेसोः चार दशकमा पनि बनेन कलुवापुर–बेलौरी सडक

११ असार, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नागरिक सुनुवाइ कार्यक्रम आयोजना गर्यो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको उपस्थितिमा भएको सो कार्यक्रममा स्थानीयवासीले प्रहरीसितका गुनासाभन्दा पनि दक्षिण क्षेत्रको विकास एवं लामो समयदेखि ओझेल परेको बेलौरी छोटी भन्सार स्तरोन्नतिसम्मका माग प्रमुख जिल्ला अधिकारीसमक्ष राखेका थिए । “प्रतिनिधिसभा सदस्यदेखि नगरप्रमुखसम्मलाई ४० […]