२२ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

बेनी-दरबाङ सडक अवरुद्ध

२६ साउन, गलेश्वर (म्याग्दी) । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ सडक माथिबाट खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकाले सवारीसाधन र यात्रुहरू सास्ती खेप्न बाध्य भएका छन् । बिरामीलाई बोकेर पहिरो पार गराइएको छ भने यात्रुहरू जोखिम मोलेर पहिरो पारगरी आआफ्नो गन्तव्यतर्फ लागेका छन् । पश्चिम […]

मुख्‍य समाचार समाचार समाज

मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

२६ साउन,  काठमाडौँ ।  ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारमा मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका घर भई हाल काठमाडौँको सीतापाइला बस्ने ३० वर्षीय युवराज राई,  सोही ठाउँ बस्ने […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

पेरिस ओलम्पिक: आयोजक फ्रान्सलाई हराउँदै स्पेनले जित्याे स्वर्ण

२६ साउन,  काठमाडौं । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबल तर्फ स्प्पेनले स्वर्णपदक हासिल गरेको छ । ओलम्पिक आयोजक फ्रान्सलाई ५–३ गोलअन्तरले पराजित गर्दै स्पेनले स्वर्ण आफ्नो बनाएको हो । १९९२ पछि स्वर्ण जित्ने क्रममा स्पेनले अतिरिक्त समय कुर्नु परेको थियो । खेलको निर्धारित समयमा बराबरी भएपछि अतिरिक्त समयमा स्पेनका लागि सर्जियो कमेलोले दुई गोल […]

मुख्‍य समाचार राजनीति समाचार

एमाले सांसदमाथि काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान

२६ साउन, काठमाडौं । बाल श्रमशोषणको कसुरमा लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मामाथि काठमाडौं प्रहरीले अनुसन्धान अघि बढाएको छ । सांसद शर्माले प्रहरीलाई विपक्षी बनाई दायर गरेको रिटमा अदालतले प्रहरीको पक्षमा फैसला सुनाएपछि अनुसन्धान अघि बढाएको हो । उच्च अदालत पाटनले बुधबार सांसद शर्माले दायर गरेको निषेधाज्ञासम्बन्धी रिटमा दाबी नपुग्ने फैसला गरेको थियो। सांसद शर्माविरुद्ध दुई महिनाअघि […]

राजनीति समाचार

ओली सरकार भ्रष्टाचारविरोधी अभियान रोक्न लागिपरेको छ : ‘प्रचण्ड’

२६ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आफूले थालेको राम्रो कामलाई समेत रोक्न लागिपरेको ब्रिफिङ गरेका छन् । हिजाे स्थायी कमिटी बैठकमा उनले अघिल्लो सरकारले चालेको भ्रष्टाचारविरोधी अभियान रोक्ने काम भइरहेको बताए । उनको भनाइ उद्धृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने, ‘अघिल्लो सरकारले गरेको सुशासनको […]

राजनीति समाचार

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

२६ साउन,  काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

ब्राजिलमा जहाज दुर्घटना, ६१ जनाकाे मृत्यु

२६ साउन, काठमाडौं । ब्राजिलको राज्य साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी प्रान्त पारानाबाट साओ पाउलोमा उडान भरेको जहाज दुर्घना भएको हो ।  जहाजमा ५७ यात्रु तथा ४ चालक दलका सदस्य भएको बीबीसीले उल्लेख गरेको छ । दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको […]

मुख्‍य समाचार समाचार समाज

भक्तपुरमा भएको दुर्घटनामा छात्राको मृत्यु

२६ साउन, काठमाडौं । हिजो शुक्रबार भक्तपुरमा भएको दुर्घटनामा छात्राको मृत्यु भएको छ । अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२क ९९११ नं को बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको हो । प्रहरीका अनुसार स्कुलबाट घर फर्कने क्रममा बसबाट ओर्लिएलगत्तै सोही बसले ठक्कर दिदा गम्भीर घाइते भएकी थिइन् […]

अन्तर्राष्ट्रिय अर्थ मुख्‍य समाचार समाचार

आज कुन विदेशी मुद्राको मूल्य कति ?

२६ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.९९ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.८४ रुपैयाँ रहेको छ […]

मुख्‍य समाचार समाज

आज देशका यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

२६ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, […]

पर्यटन मुख्‍य समाचार समाचार

लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा

२५ साउन,  सुन्दरबजार । लमजुङको परेवाडाँडाको नाम सुन्नेबित्तिकै जो कोहीलाई झट्ट परेवाको प्रतीक भन्ने याद आउँछ । नभन्दै परेवाडाँडामा भएको जोडी परेवाको प्रतीक यतिबेला जिल्लाकै पर्यटकीय गन्तव्य स्थल बन्ने भएको छ । मध्यपहाडि लोकमार्गअन्तर्गत सुन्दरबजारको खत्रीठाँटीदेखि खत्रीठाँटी–कुन्छा सडकको परेवाडाँडा–हरिया खण्डबाट एक सय मिटरको दूरीमा रहेको मणिडाँडामा जोडी परेवाको प्रतीकसहित पार्क निर्माणको कार्य थालनी गरिएको छ […]

समाचार

पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश नियुक्त

२५ साउन, काठमाडौं । न्याय सेवाको इतिहासमा पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषद्को शुक्रबारको बैठकले रत्नबहादुर बागचन्दलाई मुख्य न्यायाधीश सिफारिश गरेको हो । उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगञ्जमा कार्यरत बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश सिफारिस गरेको न्याय परिषद् सचिवालयले जनाएको हो ।बैठकले उच्च अदालतका एक जना र जिल्ला […]