७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार समाज

स्मार्ट लाइसेन्स तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह

१७ असार ,काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा  भएको समस्यालाई चाँडो समाधान गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले स्मार्ट लाइसेन्स दिने भनेर काम सुरु गरेको एक दशक बढी भइसक्दा पनि समयमा वितरण नहुने समस्या रहेको भन्दै ततकाल समाधान गर्न माग गरे । उनले भने, ‘स्मार्ट […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ इजरायली सैनिक घाइते

१६ असार, इजरायल । इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा आइतबार भएको ड्रोन आक्रमणमा परी १८ जना इजरायली सैनिक घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको इजरायली रक्षा बल (आईडीएफ)ले जनाएको छ । आईडीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गोलान हाइट्सको उत्तरी क्षेत्रमा आक्रमण भएको थियो, यद्यपि ड्रोन कताबाट आएको थियो भन्नेबारे केही बताइएको छैन […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

स्थानीय उत्पादन प्रवर्द्धन गर्न बेनीमा स्थापित कोसेलीघर सञ्चालनमा

१७ असार, म्याग्दी । म्याग्दी भित्रने प्रमुख नाका कालीपुलमा स्थानीय उत्पादनको बिक्री कक्ष (कोसेली घर) आजदेखि सञ्चालनमा आएको छ । जिल्लामा उत्पादन भएको कृषि, वन, पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले जिल्लास्थित उद्योग वाणिज्य सङ्घ र महिला उद्यम विकास समितिले बेनी नगरपालिकासँगको समन्वयमा बिक्री कक्ष सञ्चालन गरेका हुन् । उक्त कक्षमा जिल्लामा उत्पादित सिमी, भागो, आलु, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

वायुसेवा निगमको गरिमा रक्षा गर्न पर्यटनमन्त्रीको आग्रह

१७ असार, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको गरिमा सबैले रक्षा गर्नुपर्ने बताएका छन् । निगमको ६६औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न आरोह अवरोहकाबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा अलग्गै पहिचान बनाउन सफल निगमको गरिमामाथि आँच पुर्‍याउन नहुनेमा जोड दिए । पर्यटनमन्त्री तामाङले भने, “वायुसेवा […]

मुख्‍य समाचार समाज

पत्रकार एवं लेखक मरासिनीलाई युवा प्रतिभा पुरस्कार

१७ असार ,काठमाडौं । पत्रकार एवं लेखक गोविन्द मरासिनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकारितामार्फत गण्डकी प्रदेशको पर्यटन प्रबद्र्वनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले नगदसहित प्रथम पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी नगद रु ५० हजार रहेको छ । विगत १३ बर्षदेखि पत्रकारितामा क्रियाशिल […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री

१७ असार, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बनेका छन् । प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार नेकपा एमालेका हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा (माओवादी केन्द्र)की लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएका हुन् […]

मुख्‍य समाचार राजनीति

उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल

१७ असार, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीन मुख्य दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ मा प्राप्त संशोधनबारे उहाँले प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् । मन्त्रालयमा आज भएको उक्त छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का महेश बर्तौला […]

मुख्‍य समाचार समाचार समाज

सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी

१७ असार, काठमाडौँ । वाग्मती नदीबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ । मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानीमात्र आउन थालेपछि स्थानीय आक्रोशित बनेका छन् । यहाँका स्थानीयवासी खानेपानीका लागि ढुङ्गेधारा, कुवा खोज्दै हिँड्न बाध्य भएका छन् […]

मुख्‍य समाचार समाज

प्रयोगमा नआइ खण्डहर बन्दै तीन करोडको दलित आवास भवन

१७ असार , सिरहा । गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ मा निर्माण गरेको ‘दलित नमूना बस्ती’ (दलितका लागि आवास भवन ) अहिलेसम्म प्रयोगमा आएको छैन । दलित आवासका लागि भनेर नेपाल सरकारको तराइ मधेस समृद्धि कार्यक्रमको २ करोड ५० लाख सहयोगबाट १५ वटा घर निर्माण गरिएको थियो । ती घरहरुमा जम्मा ९० कोठाहरु छन् । […]

मुख्‍य समाचार राजनीति

युवा, विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री

१७ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य भएको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयसभाको ३९औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय विदेशिने युवा, विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिए । “युवा, विद्यार्थी विदेश जानुपर्ने […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

फ्रान्सको पहिलो चरणको निर्वाचनमा दक्षिणपन्थी दलको अग्रता, म्याक्रो तेस्रो स्थानमा

१७ असार, काठमाडौं । फ्रान्सको संसदीय निर्वाचनको पहिलो चरणमा घोर दक्षिणपन्थी पार्टी नेशनल रेलीले अग्रता लिएको छ । यसले फ्रान्सको राजनीतिमा नेशनल रेलीको प्रभावलाई पुष्टि गरेको छ र सत्ताको ढोकाको नजिक पुर्‍याएको छ । प्रवासी विरोधी नेशनल रेलीका नेता मरिन ले पेनले निर्वाचन परिणामप्रति उत्साहित हुँदै वर्तमान राष्ट्रपति इम्मानुअल म्याक्रो गुट तहसनहस भएको बताएकी छन् […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

दक्षिण अफ्रिका : राष्ट्रपति रामाफोसाद्वारा गठबन्धन सरकार गठनको घोषणा

१७ असार, दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले विभिन्न राजनीतिक दलका मन्त्रीहरू सम्मिलित नयाँ राष्ट्रिय कार्यकारी मन्त्रीमण्डलको आइतबार घोषणा गरेका छन् । प्रमुख विपक्षी दलले थप मन्त्रीपदको माग गरेपछि लामो वार्ता लगभग असफल भएको अनुमानहरू भइरहेका समय राष्ट्रपति रामाफोसाले अन्ततः लामो समयदेखि प्रतिक्षा गरिएको संयुक्त सरकार गठन प्रस्तावको घोषणा गरेका हुन् । गत […]