२२ श्रावण २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय राजनीति समाचार

सर्वोच्च अदालतद्वारा थाइल्याण्डमा प्रधानमन्त्री बर्खास्त

३० साउन, काठमाडौँ । थाइल्याण्डको सर्वोच्च अदालतले प्रधानमन्त्री स्रेता थाभिसिनलाई बर्खास्त गरेको छ । थाइल्याण्डको अखबार बैंंकक पोस्टका अनुसार अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई बर्खास्त गरेको हो । पिचित चुइनवान अदालतले प्रश्न उठाएका अपराधमा मुछिएका मन्त्री थिए । योसँगै एक वर्षभन्दा थोरै मात्रै कार्यकाल चलाएका प्रधानमन्त्री पदमुक्त भएका हुन् । प्रधानमन्त्री […]

मुख्‍य समाचार समाचार समाज

श्रीमतीको हत्या गरी ११ टुक्रा पारेर गाड्ने श्रीमान पक्राउ

३० साउन, हेटौंडा । आफ्नी श्रीमतीको निर्मम ढंगबाट हत्या गरि ११ टुक्रा पारेर गाड्ने श्रीमानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । उत्तरी मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मंगलबहादुर पाख्रीनले आफ्नी २० वर्षीय श्रीमती लक्ष्मी पाख्रीनको बन्चरो प्रहार गरि हत्या गरेर शवलाई ११ टुक्रा बनाएर नजिकैको सामुदायिक वनमा लागि गाढेको जिल्ला प्रहरी […]

मुख्‍य समाचार समाचार समाज

पहिराले बगायो दुई घर

३० साउन, ताप्लेजुङ । गएराति गएको पहिराले फक्ताङ्लुङ गाउँपालिका–६ मा दुई वटा घर बगाएको छ । पहिराले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिए । पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आएको घर पहिराले बगाएको हो । उनकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिराले पुरेको […]

मुख्‍य समाचार समाचार

सर्पले डस्दा बालिकाको मृत्यु, आमा गम्भीर घाइते

३० साउन, दाङ । दाङमा सर्पको टोकाइबाट छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा मंगलवार राती करिव एक बजेको समयमा करेत सर्पले टोक्दा ६ वर्षीय बालिका इन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । सर्पले टोकेर गम्भीर घाइते […]

मुख्‍य समाचार समाचार समाज

बेहुली खोज्दै पोखरा आएका चिनियाँसहित तीन जना पक्राउ

३० साउन, काठमाडौं । नेपाली युवती बिहे गर्न पोखराका आएका एक चिनियाँसहित तीन जना पक्राउ परेका छन् । १४ वर्षीय किशोरीसँग जर्बजस्ती बिहे गर्न खोजेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक झि मिङ चेन, पोखराका सरु विक र लमजुङकी भगवती अधिकारी छन् । उनीहरुले एक किशोरीलाई पोखराको लेकसाइडस्थित होटल मिराकलमा […]

समाचार

२ जना नक्कली सीआइडी पक्राउ

३० साउन, पोखरा । प्रहरीको सिआइडी हुँ भनी सर्वसाधरणलाई धम्काउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र सोही महानगरपालिका–७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् । उनीहरूले आइतबार दिउँसो पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कस्थित सार्वजनिक स्थानमा सादा पोशाकका प्रहरी हौं भनि सर्वसाधारण […]

मुख्‍य समाचार समाचार

यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय हवाई सुरक्षाको ‘आईएसएसए’ प्रमाणपत्र

३० साउन, काठमाडौँ । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले ‘इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन’ (आएटा) को ‘आईएसएसए’ (आएटा स्ट्यान्डर्ड सेफ्टी एसेसमेन्ट) कार्यक्रमको मापदण्ड हासिल गरेको छ । उड्डयन क्षेत्रमा आईएसएसएको यो प्रमाणपत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने वायुसेवालाई मात्र प्रदान गरिन्छ । आईएसएसए कार्यक्रमले प्रमाणपत्र प्रदान गर्नुपूर्व वायुसेवा सञ्चालकको सुरक्षा व्यवस्थापन प्रणाली शुक्ष्म ढंगले मूल्यांकन गर्ने […]

मुख्‍य समाचार समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

३० साउन,  काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् । शाहले सभामा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन् । ५३ सदस्यीय प्रदेश सभामा शाहलाई नेपाली काँग्रेसका १८, नेकपा एमालेका ११, […]

राजनीति समाचार

‘जनयुद्ध’लाई ‘हिंसात्मक द्वन्द्व’ भनेकोमा प्रचण्डको आपत्ति

३० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही नेताले ‘जनयुद्ध’लाई ‘हिंसात्मक द्वन्द्व’ भनेकोप्रति आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले संविधानसभामा गरेका सहमति केही नेताले बिर्सन खोजेको भन्दै संविधानको प्रस्तावनामै ‘जनयुद्ध’ शब्द समेटिएको विषय स्मरण गराए। ‘अहिले पनि नेताहरू बोल्दाखेरि हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ ।  माओवादी जनयुद्ध शब्द प्रयोग गर्‍याे भने […]

मुख्‍य समाचार समाचार

धारिलो हतियार प्रयोग गरी वृद्धको हत्या

३० साउन, काठमाडौं । जिल्ला सदरमुकाम  गौरमा गएराति एक वृद्धको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। गौर नगरपालिका– ५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको हो । महतोको शव उनको घरभन्दा दुई सय मिटर पूर्व धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलीप घिमिरेले […]

मुख्‍य समाचार समाचार

चर्चामा आउन खरेलले आफूविरुद्ध उजुरी हालेको कुलमानको आरोप

३० साउन, काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले आफूविरुद्ध गलत मनसायले दुष्प्रचार गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निन्दा गरेका छन् । बुधबार प्रेस विज्ञप्ति प्रकाशन गरी घिसिङले आफूविरुद्ध भ्रामक प्रचार गरेको बताएका छन् । खरेलले मंगलबार घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । टेलिभिजन कार्यक्रममार्फत पनि खरेलले घिसिङमाथि […]

मुख्‍य समाचार राजनीति समाचार

एक अर्ब भ्रष्टाचारमा गोदावरी नगरपालिकाका मेयर र उपमेयरलाई सफाइ

काठमाडौं । एक अर्बको भ्रटाचार मुद्दामा ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयरसहित सबैले सफाइ पाएका छन् । दुई महिनाअघि   दायर मुद्दामा बिशेष अदालतले बुधबार फैसला सुनाएको हो । मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, ०७५/७६ यताका प्रमुख प्रशासकीय अधिकृतहरू विश्वराज मरासेनी, कृष्णप्रसाद जैसी, वीरेन्द्रदेव भारती र प्रविन कोइरालाले सफाइ पाएका हुन् । तत्कालीन तीन लेखा÷राजस्व शाखा […]