७ कार्तिक २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

सिक्किम सरकारले सरकारी सूचना र राजपत्र नेपाली भाषामा पनि प्रकाशित गर्ने

६ भाद्र, काठमाडौँ । भारतको सिक्किम राज्यमा नेपाली भाषालाई सरकारी विज्ञापन तथा राजपत्रहरूमा अनिवार्य प्रयोग गर्ने नियम सुरु भएको छ । राज्य सरकारको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा भारतको संविधानमा सूचीकृत गरेको भन्दै त्यसलाई प्रयोग अनिवार्य गर्ने बताइएको छ । सरकारले जारी गरेको सूचनामा भनिएको छ, ‘राज्य सरकारले अबउसो, सबै आधिकारिक अधिसूचनाहरू, राजपत्रहरू अंग्रेजी […]

मुख्‍य समाचार समाचार

काठमाडौँसहित सातवटै प्रदेशमा बिहानैदेखि भारी वर्षा

६ भाद्र ,काठमाडौं । देशका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको हो । काठमाडौंमा पनि वर्षा भइरहेको छ । मंगलबार साँझदेखि नै काठमाडौंमा वर्षा भइरहेको छ । […]

मुख्‍य समाचार समाचार समाज

प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट

५ भाद्र २, काठमाडौं । नेपाल प्रहरीको सेवामा ३० वर्षे हदबन्दी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । ट्राफिक महाशाखामा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठको नेतृत्वमा अवकाश पत्र पाएका इन्सपेक्टरदेखि एसएसपीसम्मका २१ जनाको वारेस भई भक्तपुर ठिमीका कुमार बस्नेतले बुधबार रिट दायर गरेका हुन् । सर्वोच्चमा दायर […]

अस्पतालको शौचालयमा भेटियो नवजात शिशु

५ भाद्र २, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु फेला परेको छ । बुधबार अस्पतालभित्रको प्रसूति वार्डमा रहेको शौचालयमा मृत शिशु (छोरा) फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले शिशु कसको हो भन्नेबारे अनुसन्धान थालिएको जानकारी दिए । उनका अनुसार अस्पतालमा प्रसूतिका लागि भर्ना भएकाहरूको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

पाकिस्तानको संसद्‌मा मुसाको आतंक, तर्सिन्छन् नयाँ सांसद

५ भाद्र, काठमाडौं । पाकिस्तानको संसद्ले यतिबेला ठूलो समस्याको सामना गरिरहेको छ । यो समस्या कुनै राजनीतिज्ञ र सांसदले सिर्जना गरेको होइन । समस्या सिर्जना गरेका हुन् संसद् भवनमा रहेका मुसाले । नेताहरूको कार्यालयमा मुसाको चहलपहल बढेको छ । जसले गर्दा नयाँ सांसदहरूमा डरको वातावरण सिर्जना गरेको छ । यो समस्या तब देखियो जब एक […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

चीनको कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुग्यो

चेङ्दु (चीन) । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा बुधबार एउटा कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको संखया आठ पुगेको स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ । बुधबार बिहान करिब १० बजे सिचुआनको लेसान सहरको वुटोङकियाओ जिल्लामा रहेको कोइला खानीमा एयर शाफ्ट सिल गर्ने क्रममा आठ कामदार फसेका थिए । बुधबार दिउँसो २ बजेसम्म सातजनाको मृत्यु भएको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

दशौँ राष्ट्रिय खेलकुदको मिति तोक्नुअघि पूर्वाधार सुनिश्चित गर्न माग

५ भाद्र, काठमाडौँ।  कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार सुनिश्चित गरेर मात्र दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्न संघीय सरकारलाई आग्रह गरेका छन् । संघीय सरकार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग बुधवार प्रतियोगिताबारे वीरेन्द्रनगरमा छलफल गर्दै मुख्यमन्त्री कँडेलले हतारमा मिति घोषणा नगर्न आग्रह गरेका हुन् । उनले पूर्वाधारका काम समयमै सम्पन्न हुने सुनिश्चित भएपछि मात्रै […]

राजनीति समाचार

सरकारमा जान हतार गर्दैनौँ, सरकार नै हामीसँग आउनुपर्छ : ‘प्रचण्ड’

५ भाद्र, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जान हतार नगर्ने बताएका छन् । तर अबदेखि सरकारमा जाँदै जाँदैनौ भन्ने पनि सही नभएको उनले बताएका छन् । बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष ‘प्रचण्ड’ले तत्काल सरकारमा जानतिर लाग्न नहुने बताए । उनको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘हामी सरकारमा […]

मुख्‍य समाचार समाचार

भोलि सार्वजनिक बिदा

५ भाद्र, काठमाडौँ । सूर्यविनायक नगरपालिकाले भोलि (बिहीवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सूर्यविनायक-८ स्थित डोलेश्वर महादेव मन्दिरलाई विसं २०६६ भदौ ६ मा केदारनाथको शिर भनी घोषणा भएको दिनको अवसरमा नगरपालिकाले बिदा दिने निर्णय गरेको हो। स्थानीयले उक्त दिनलाई पर्वका रूपमा मनाउँदै आएका छन्। अत्यावश्यक सेवाबाहेक नगर कार्यपालिकाको कार्यालय, मातहतका कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक […]

मुख्‍य समाचार समाचार समाज

सिधा कुराका समाचार स्रोत तिमल्सिना पक्राउ

५ भाद्र, काठमाडौँ । सीधा कुरा अनलाइनले प्रसारण र प्रकाशन गरेको डार्क फाइल रिपोर्टका सूचनादाता मानिएका राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ काठमाडौँको पेप्सीकोलाबाट नियन्त्रणमा लिएको हो । तिमल्सिनाले उपलब्ध गराएको अडियोका आधारमा सिधाकुरामा डार्क फाइल रिपोर्ट बनाइएको थियो । उक्त रिपोर्टलाई लिएर अदालतमा सिधाकुराका प्रकाशक युवराज कँडेल, […]

मुख्‍य समाचार समाचार समाज

स्कारपिओले अटोलाई ठक्कर दिँदा दुई जना घाइते

५ भाद्र, धनगढी ।कैलालीको धनगढीमा स्कारपिओले अटोलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–३ होण्डा  सोरुम नजिक धनगढी– ६का केशवराज जोशीले चलाएको ना १३ च ४०२८ नम्बरको स्कारपिओले सुदूरपश्चिम प्रदेश ०१००१ स ६९०३ नम्बरको अटोलाई  ठक्कर दिँदा दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर अटो चालक धनगढी–७ का दयाशंकर चौधरी र खगेन्द्र चौधरी घाइते भएका […]

समाचार समाज

बझाङमा पहिरोले एक घर भत्कियो

५ भाद्र, बझाङ । बझाङमा पहिरोले एक घर भत्किएको छ। जिल्लाको बुङगल नगरपालिका– ९ सैनेडीका बिर्ख ओखेडाको घर माथिबाट पहिरो आउँदा पुर्णरुपमा नष्ट भएकोे छ। उक्त घर माथि रहेको जमिन पहिले देखि चर्केको हुँदा मानिस पहिले नै सरी सकेकाले मानवीय तथा चौपाय क्षति केही नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।