७ कार्तिक २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए । पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको […]

मुख्‍य समाचार समाचार समाज

भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार जारी

७ भदौ,  तनहुँ। पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघि मर्स्याङ्दी नदीमा खसेको हो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार […]

मुख्‍य समाचार राजनीति विचार समाचार

राजनीतिका स्थायित्व प्रदान गर्न अहिलेको सत्ता गठबन्धन बनेको हो : गृहमन्त्री लेखक

७ भदौ ,महेन्द्रनगर (धनुषा)। गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न बर्तमान सत्ता गठबन्धन बनेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवनको आज यहाँ शिलान्यास गर्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज भएको बताए। दुई ठूला दल एकठाउँमा आएर सरकार […]

मुख्‍य समाचार समाज

 तनहुँमा डेङ्गी सङ्क्रमित बढ्दै

७ भदौ , तनहुँ। जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यही भदौ १ गते एक हजार ८२ जनामा सङ्क्रमण देखिएकामा अहिले एक हजार तीन सय २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । छ दिनमा दुई सय ४१ जना नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए । उनका अनुसार जिल्लाको […]

अर्थ मुख्‍य समाचार

तोलामा पाँच सयले घट्यो सुनको मूल्य

७ भदौ,काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला रु एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५१ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ […]

मनोरन्जन मुख्‍य समाचार समाचार

प्रधानमन्त्री ओली अभिनीत ‘नमेटिने घाउ’ र मलिकाको ‘सतीदेवी’ हलमा

७ भाद्र, काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज दुई नेपाली चलचित्र रिलिज भएका छन् । ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका हुन् । ‘सतीदेवी’लाई लक्ष्मण सुवेदीले निर्देशन गरेका छन् । ‘नमेटिने घाउ’लाई रमित ढुंगानाले निर्देशन गरेका छन् । ‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले पनि अभिनय गरेका छन् […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज

७ भाद्र,  ढाका । बङ्गलादेशको अन्तरिम सरकारले बिहीबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ । हसिनाको राहदानीका साथै पूर्वसरकारका मन्त्री र पूर्वसांसदहरूको राहदानी ‘रद्द गरिनुपर्ने’ गृह मन्त्रालयले विज्ञप्तिमा बताएको छ । ढाकामा हसिनाको सरकारी निवासमा भीडले आक्रमण गर्दा उनलाई सत्ताबाट अपदस्थ गर्नुअघिका हप्ताहरूमा धेरैजसो प्रहरीको गोलीबाट गरी चार सय ५० भन्दा बढीको […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बाढीले कञ्चनपुरमा करोडौँको क्षति

७ भाद्र, दोधारा चाँदनी(कञ्चनपुर) । असार तेस्रो साताको बाढीबाट जिल्लामा रु एक अर्ब ५० करोडको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो । “बाढी र डुबानबाट भएको क्षतिको मूल्याङ्कन गरेर यहाँका कार्यालयहरूलाई विवरण पठाउन भने बमोजिम हामीलाई क्षतिको विवरण प्राप्त भएको छ […]

मुख्‍य समाचार समाचार समाज

मुस्ताङमा स्याउ टिप्ने समय तालिका

७ भाद्र, म्याग्दी । मुस्ताङको प्रमुख कृषि उपज स्याउ टिप्ने समय तालिका बनाइएको छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ यही भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ आगामी असोज १ गतेदेखि टिप्ने समय तालिका बनाइएको हो । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपा सभापति लामिछानेसँग आज बयान लिँदै समिति

७ भाद्र,  काठमाडौँ । सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज बयान लिने भएको छ। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले दिउँसो २ बजे बयानका लागि बोलाएको हो। लामिछानेलाई गोरखा मिडिया नेटवर्क कम्पनीका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको […]

मुख्‍य समाचार समाचार

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना कायमै

७ भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशा तर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बागमती  प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा […]

मुख्‍य समाचार राजनीति समाचार

काँग्रेस र कम्युनिस्ट मिलेर सरकार बनाउनु गलत : बामदेव गौतम

७ भाद्र,  काठमाडौँ । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले कम्युनिस्ट पार्टीले काँग्रेससँग मिलेर सत्ता सहकार्य गर्नु गलत भएको बताएका छन् । बिहीबार राष्ट्रिय सभामा बोल्दै उनले शासन सत्ता हातमा लिन जे पनि गर्न नहुने धारणा राखेका हुन् । काँग्रेस र कम्युनिस्ट पार्टीको छुट्टाछुट्टै सिद्धान्त र मूल्य मान्यता रहेको भन्दै पदका लागि जे पनि गर्न नहुने […]