२२ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनबारे छलफल

३१ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको एक सय दिनभित्र गरिने मुख्य मुख्य कामबारे आज छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

थाइल्यान्ड : फेउ थाई पार्टी प्रधानमन्त्रीको नयाँ उम्मेदवार चयन गर्ने छलफलमा

३१ साउन, थाइल्यान्ड । थाइल्यान्डका अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीले बिहीबार प्रधानमन्त्रीका लागि उम्मेदवार चयन गर्न बैठक बोलाएको छ । थाइल्याण्डको संवेधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेता थाभिसिनलाई पदीय दायित्वको उल्लङ्घन गरेको आरोपमा बर्खास्त गरेको एक दिनपछि नयाँ उम्मेदवारी चयनको पहल थालिएको हो । थाइल्याण्डको संवैधानिक अदालतले ६२ वर्षीया स्रेथाले फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त […]

मुख्‍य समाचार समाचार समाज

भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस

३१ साउन, काठमाडौँ । काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७८औं स्वतन्त्रता दिवस मनाइएको छ । सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समारोहको शुभारम्भ गरेका थिए । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो । राष्ट्रपतिको उक्त सन्देशमा विगत ७७ वर्षमा विभिन्न […]

अर्थ मुख्‍य समाचार समाचार

करिब ३० अर्बको सेयर कारोबार, नेप्से तीन वर्षकै उच्च

३१ साउन, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो ।नेप्से परिसूचक पनि ४३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से ३०००.८१ अंकमा कायम भएको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धा

३१ साउन, वालिङ । साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णाेद्धार गरिएको हो । धार्मिक एवं ऐतिहासिक दृष्टिले महत्वको स्थलका रुपमा रहेको मड्किनास्थित आश्रम तथा मन्दिर २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको थियो । […]

खेलकुद मुख्‍य समाचार समाचार

साफ यु-२० च्याम्पियनसिप : अनुभवी खेलाडीबाट उपाधिको आशा

३० साउन, काठमाडौं । आउने आइतबारदेखि घरेलु मैदानमा हुने दक्षिण एसियाली क्षेत्रका २० वर्षमुनिका युवाहरुको फुटबल प्रतियोगिता (साफ यू-२० च्याम्पियनसिप) मा नेपाली टोलीको चाहना उपाधि जित्ने हो । उमेर समूहको प्रतिस्पर्धा भए पनि नेपाली टोलीमा राष्ट्रिय टिमबाट र घरेलु लिगहरुमा खेलेको अनुभवी खेलाडी रहनु बलियो पक्ष रहेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ बताउँछन् । ‘यु-२० भनेको क्लबमा […]

मुख्‍य समाचार राजनीति समाचार

अख्तियार र कर्मचारीको अन्तरविरोधले शासन जाम हुने भयो : प्रचण्ड

३१ साउन, काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कर्मचारीको अन्तरविरोधका कारण शासन नै जाम हुने हो कि भने जस्तो अवस्था बेलामौकामा देखिने गरेको बताएका छन् । भ्रष्टाचार निवारण ऐन संशोधनका क्रममा यो जटिलता फुकाउने पर्ने उनले बताए । विधेयकमाथि छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार अख्तियारका पदाधिकारीहरुलाई […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता

३१ साउन, मनाङ । “पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो । सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो । अहिले देख्न पनि मुस्किल हुन थाल्यो”, मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरुङले विगत सम्झिँदै भने । जङ्गलमा गएर सल्लाका रुख काटी फल्याक बनाएर घर बनाइने प्रचलन हराउन थालेको उनी बताउछन् । “जस्ताको घर […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

गण्डकीमा १७ सय हेक्टरले खुम्चियो रोपाइँको क्षेत्रफल

३१ साउन, गण्डकी । गत वर्ष गण्डकी प्रदेशमा कुल ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । यस वर्ष भने बर्खे धान खेतीको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म हालसम्म ९७ दसमलब ५० शुन्य प्रतिशत रोपाइँ सकिएको छ । ९३ हजार छ […]

मुख्‍य समाचार समाचार समाज

भीरबाट लडेर मृत्यु

३१ साउन, काँक्रेविहार । जाजरकोटको छेडागाड नगरपालिका–१ जाल्माकी १४ वर्षीया मनिषा विकको भीरबाट लडेर मृत्यु भएको छ । बुधबार घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा भीरबाट लडेर घाइते भएकी विकको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जुनीचाँदै गाउँपालिका–११ स्थित खानाखोला तर्दै गर्दा तीन दिन अघि चिप्लिएर खोलामा बेपत्ता भएका […]

मुख्‍य समाचार राजनीति

जसपा नेपालले केन्द्रीय सदस्यलाई अभियानमा खटायो

३१ साउन, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरुलाई अभियानमा खटाएको छ । ललितपुरको सानागाउँस्थित थसी व्याङ्क्वेटमा चार दिनसम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेतालाई आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले राससलाई जानकारी दिए । “पार्टीका दुई सय १५ केन्द्रीय सदस्यलाई देशभरीका विभिन्न पालिका समितिको अभियन्ताको रुपमा खटाएको […]

मुख्‍य समाचार राजनीति

राष्ट्रियसभा बैठक सुरु

३१ साउन, काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गर्नुहुने कार्यसूची छ । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद […]