८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

२३ असार , काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । उक्त विधेयकलाई पारित गरियोस् भनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्ताव प्रस्तुत गरेएको थियो । सांसद सोनाम ग्याल्जेन शेर्पाले […]

मुख्‍य समाचार समाचार समाज

दलित विद्यार्थीलाई पोशाक वितरण

२३ असार , टीकापुर कैलाली । जिल्लाको टीकापुर नगरपालिकाले दलित समुदायका विद्यार्थीलाई विद्यालय पोशाक निःशुल्क वितरण गरेको छ । नगरपालिकाले टीकापुरका आठ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ८५ जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको हो । टीकापुरको राजिपुरकी हिरा नगार्जीको कक्षा ७ मा पढ्ने नातिको यसअघि एक थान विद्यालय पोशाक थियो । पालिकाले एक थान पोशाक […]

मुख्‍य समाचार समाज

राष्ट्रियसभा : अपाङ्गता भएका व्यक्तिलाई होच्च्याउने शब्द अभिलेखबाट हटाउन माग

२३ असार , काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद पदमबहादुर परियारले अपाङ्गता भएका व्यक्तिलाई होच्च्याउने शब्द प्रयोग गरिएकामा आपत्ति जनाएको छ । राष्ट्रियसभाको असार २० गतेको बैठकमा अपाङ्गता भएका व्यक्तिलाई ‘लुला’, ‘लङ्गडा’ शब्द प्रयोग गरेर उनीहरुलाई अपमानित गरिएको बताउनुभयो । साथै उहाँले आगामी बैठकमा यस्ता शब्द प्रयोग हुन नदिनेतर्फ संवेदनशील हुन ‘रुलिङ’ को माग गरे […]

मुख्‍य समाचार राजनीति समाज

कांग्रेस–एमाले समीकरणमाथि आशंका छ : चित्रबहादुर केसी

२३ असार , काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले दुई ठूला पार्टीबीच भएको सहमति भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु काण्ड लुकाउनका लागि भएको आशंका व्यक्त गरेका छन् । उनले यस्तो सहमति जनतालाई मान्य नहुने बताए । आइतबार बसेको प्रतिनिसभा बैठकमा बोल्दै उनले एमाले र कांग्रेसबीच भएको नयाँ समीकरण बनाउने समझदारीलाई दुई भ्रष्टाचार […]

मुख्‍य समाचार राजनीति समाज

नेकपा एसले १० भित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने

२३ असार , काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश इन्चार्ज र सचिवहरूलाई केन्द्रीय कमिटी सदस्यहरुको खाका तयार गर्नका लागि जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारीअन्तर्गत केही दिनभित्र केन्द्रीयसदस्यहरुको ड्राफ्ट तयार भएपछि केन्द्रसँग परामर्श गर्ने र अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै रहनेगरी निर्णय गरेको नेता जगन्नाथ […]

मुख्‍य समाचार समाज

चार लाख बिरुवा वितरण गरिने

२३ असार , जलेश्वर । डिभिजन वन कार्यालय महोत्तरीले चार लाख ५० हजार बिरुवा वितरण गर्ने भएको छ । डिभिजन वन कार्यालयबाट प्रत्येक वर्ष असार महिनामा बिरुवा वितरण हुँदै आएको थियो । यस वर्ष अघिल्लो वर्षभन्दा धेरै बिरुवा वितरण गर्ने लक्ष्य राखिएको डिभिजन वन कार्यालयका प्रमुख सन्तोष कुमार झाले बताए । प्रमुख झाका अनुसार कार्यालयले […]

मुख्‍य समाचार समाचार समाज

राप्ती नदीको बाढीले तटीय क्षेत्र उच्च जोखिममा

२३ असार , खजुरा बाँके । लगातारको वर्षासँगै बाँकेको राप्ती नदीमा आएको बाढीले तटीय क्षेत्र जोखिममा परेका छन । नदीको सतह बढेपछि तटीय क्षेत्रका अधिकांश घरहरू डुबानमा परेका छन् । शनिबार जोखिममा रहेका एक सय ३५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । डुडुवा गाउँपालिका–१ पाझा र चौफेरीका बालबालिका, जेष्ठ नागरिक, महिलाहरुलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला […]

मुख्‍य समाचार समाचार समाज

७ सय ९४ सरकारी कर्मचारीले जागिर छाडे

२३ असार , काठमाडौं । सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७ सय ९४ निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन् । चालु आर्थिक वर्ष २०८०।८१ मा ७ सय ९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानामा रेकर्ड छ । किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, […]

मुख्‍य समाचार राजनीति

जीवी राई पक्राउ गरे गृहमन्त्रीलाई संसदमै फुलमाला लगाउँछौं : शाही

२३ असार , काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञान बहादुर शाहीले गृहमन्त्री रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्र बाबु राईलाई पक्राउ गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले राईलाई पक्राउ गरेर ल्याए संसदमै गृहमन्त्रीलाई आफूहरुले फुलमालाले स्वागत गर्ने बताए । पुराना राजनीतिक दल र तिनका नेताहरुले देश […]

मुख्‍य समाचार राजनीति समाचार

प्रचण्डले एमालेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न ढिला गर्नुभयो : सांसद भट्टराई

२३ असार , काठमाडौं । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले देश संकटमा पर्न थालेपछि कांग्रेस र एमाले मिलेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । सांसद भट्टराईले प्रधानमन्त्री प्रचण्डले एमालेलाई बाहिरै राखेर कांग्रेसलाई बोलाएर राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर प्रस्ताव गरेको समेत आरोप लगाएका छन् । उनले भने, […]

मुख्‍य समाचार समाज

सीप सिकेपछि आत्मनिर्भर बन्दै सदा समुदायका महिला

२३ असार , उदयपुर गाईघाट । जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेस्थित दलित समुदायका महिला सीप सिकेपछि स्वरोजगार बन्दै गएका छन् । यसअघि परम्परागत पेसा ढकीमा माटो तथा गिटी बालुवा बोक्ने, जङ्गलबाट दाउरा सङ्कलन र बिक्री गरेर जीविकोपार्जन गर्दै आएका यहाँका महिला सीप सिकेपछि सिलाइ कटाइबाट आत्मनिर्भर बन्दै गएका हुन् । त्रियुगा–६ जलजलेका पाँच जना मुसहर परिवारका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रतिनिधिसभा : राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह

२३ असार , काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसदहरुले वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । यही असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको सहमति भई एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता […]