८ चैत्र २०८२, आईतवार
अर्थ मुख्‍य समाचार समाज

साताको पहिलो कारोबार दिन नेप्से २१ अंकले बढ्यो

२३ असार , काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २१.२७ अंकले बढेर बन्द भएको हो । दुई हजार एक सय दशमलब ४० दशमलब ९७ विन्दुमा पुगेर बन्द भएको हो । नेप्सेमा आज पाँच कम्पनीको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ । आज मैलुङखोला जलविद्युत कम्पनी […]

अर्थ मुख्‍य समाचार

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

२३ असार, काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिँदा कारोबार रकम छ अर्ब नाँघेको छ । नेप्सेका अनुसार आज परिसूचक २१ दशमलव २७ प्रतिशतले बढेर दुई हजार एक सय ४० दशमलव ९७ विन्दुमा कायम भएको हो । आज तीन सय २५ कम्पनीको एक करोड ४० लाख […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीको राजीनामालाई लिएर सदनमा सत्ता र प्रतिपक्षबीच तर्कवितर्क

२३ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच सरकारमा सहभागी ठुलो दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिनुपर्ने वा संविधानको व्यवस्थाअअनुसार तीस दिनभित्र विश्वासको मत लिनुपर्ने भन्नेमा तर्कवितर्क भएको छ । बैठकमा विपक्षी बेञ्चमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरुले वर्तमान सरकार […]

मुख्‍य समाचार समाचार समाज

पाँचखालका चार हजारबढी कृषक आईपीएम प्रविधिबाट खेती गर्दै

२३ असार, काभ्रेपलाञ्चोक । तरकारी उत्पादनका लागि उर्वर भूमि मानिएको जिल्लाको पाँचखाल नगरका चार हजार पाँच सय कृषक एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) प्रविधिबाट खेती गर्दै आएका छन् । यहाँका कृषकले जैविक पद्दतिसम्बन्धी आईपीएमका चरणबद्ध तालिम लिएपछि सोहीअनुसार खेती गर्दै आएका हुन् । कृषकको क्षमता वृद्धि गराउनुका साथै रासायनिक विषादी कम गराई स्वच्छ फसल उत्पादन गराउने […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान

२३ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९ एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अविलम्ब राजीनामा दिन माग गर्ने निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परेको काम चलाउ सरकारले अविलम्ब राजीनामा दिनुपर्ने निर्णय संसदीय दलले गरेको जानकारी दिए । “सरकार अल्पमतमा परेको छ, काम […]

मुख्‍य समाचार समाचार समाज

एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण

२३ असार, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधरणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आज १२ बजेसम्म मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो । विभागका प्रवक्ता सुनिल पोखरेलले बाढीबाट […]

मुख्‍य समाचार समाचार समाज

सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार

२३ असार, काठमाडौँ । यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द […]

मुख्‍य समाचार समाज

अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेस

२३ असार , काठमाडौं । प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उक्त प्रतिवेदन पेस गरेका हुन् । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको बेहोराबारे जानकारी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ

३ असार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन् । राष्ट्रपति पौडेलले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा आज आयोजित एक समारोहमा महोत्सवको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान् जगन्नाथको पूजाअर्चना गरेका थिए । इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन काठमाडौँमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पहिरोमा पुरिएर बेपत्ता वृद्धाको शव भेटियो

२३ असार,स्याङ्जा । स्याङ्जाको भीरकोट–५ ज्यामिरेमा पहिरामा पुरिएर बेपत्ता भएकी वृद्धाको शव भेटिएको छ । शनिबार दिउँसो घरमाथिबाट आएको पहिरोले बगाएर बेपत्ता हुनुभएकी स्थानीय ७३ वर्षीया ख्यामकुमारी मल्लको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसोदेखि उद्धार तथा खोजी जारी […]

मुख्‍य समाचार राजनीति समाज

एक करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

२३ असार , म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–५ झिँमा वडा कार्यालय भवन निर्माण भएको छ । गाउँपालिकाले रु एक करोड २१ लाखको लागतमा दुई तले सभाहलसहितको भवन निर्माण गरेको हो । गत वर्ष रु ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँच कोठे भवनको पहिलो तला ढलान भएको थियो । यस वर्ष तला थपेर निर्माणलाई पूर्णता दिइएको […]

मुख्‍य समाचार राजनीति समाज

प्रतिनिधिसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस

२३ असार , काठमाडौँ । प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन (आव २०७९-८०) पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उक्त प्रतिवेदन पेस गरे । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी […]