८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

ललितपुरमा पुरातात्विक महत्वको ऐतिहासिक धारा पुनःनिर्माण

२४ असार , ललितपुर । ललितपुर महानगरपालिका वडा नं ४ जावालाखेलमा ऐतिहासिक (जरुँहिटी) उत्खनन गरेर ललितपुर महानगरपालिकाले पुनःनिर्माण गरेको छ । ऐतिहासिक धारा (जरुँहिटी)ललितपुर महानगरले पार्क निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएकाले ललितपुर महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा पुनः निर्माण गरेको हो । ताम्राकार समाजले बाटो हिँड्नेलाई पानी पिउन सहजताको लागि परम्परागत रुपमा निर्माण गरिएको उक्त […]

मुख्‍य समाचार समाचार समाज

अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध

२४ असार , खोटाङ । अविरल वर्षाले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । वर्षासँगै आएको भलबाढी तथा पहिरोका कच्ची अवस्थामा रहेका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् । ग्रामीण सडक अवरुद्ध भएपछि जिल्लाका स्थानीय तहहरु राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएका छन् । स्थानीय तहसँग जोडिएको सबै ग्रामीण सडक अहिलेसम्म कच्ची अवस्थामा रहेकाले समस्या […]

मुख्‍य समाचार समाचार समाज

बाढीका कारण कञ्चनपुरमा एक हजार छ सय २२ जना प्रभावित

२४ असार , दोधारा चाँदनी कञ्चनपुर । लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू–भागलाई प्रभावित बनाएको छ । महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बाँकेका स्वास्थ्य सँस्थामा मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम

२४ असार, बाँके । स्वास्थ्य सस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’सम्बन्धी तालिम प्रदान गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन गरी स्वास्थ्य सस्थामा मृत्युदर घटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत १२ जिल्लाका २४ जना अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई पाँचदिने तालिम प्रदान गरेको हो । नेपालगञ्जमा हालै […]

मुख्‍य समाचार समाचार समाज

कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु

२४ असार, धनगढी । कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खसेको बताए । भुइँमा जमेको पानीमा डुबेर […]

मुख्‍य समाचार समाचार समाज

रारातालमा सवा अर्ब लगानीको लक्जरी रिसोर्ट बन्ने

२४ असार, काठमाडौं । अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङको १ अर्ब १० करोड लगानीमा मुगुको रारातालमा लक्जरी रिसोर्ट निर्माण हुने भएको छ । राराताल घुम्न जाने होटल तथा रिसोर्ट नहुँदा पर्यटकले सास्ती भोग्दै आएका छन् । रारा भ्रमण गर्ने नेपाली, भारतीय तथा अन्य विदेशी पर्यटक लक्षित गरी लक्जरी रिसोर्ट निर्माण गर्न लागिएको रारा […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

चितवनको राप्ती नगरपालिकाका मेयरले चलाएको गाडीमा आक्रमण

२४ असार, चितवन । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडीमाथि आक्रमण भएको छ । आइतवार राति अन्दाजी सवा ९ बजे वडा नं २ स्थित बुद्धशान्ति माविको पछाडि लामा सवार बा २ झ ३६६६ नम्बरको स्कार्पियो गाडीमाथि आक्रमण भएको हो । आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ । उनी भने सकुशल छन् । […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

भरतपुरको क्रिकेट रंगशाला निर्माणको काम ३० महिनाभित्र सक्ने सम्झौता

२४ असार, चितवन । ३० महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण सक्ने गरी भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ । भरतपुर महानगरपलिका कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र निर्माण कम्पनीको तर्फबाट विकास गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा रंगशालाको काम २०८३ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दै

२४ असार , काठमाडौं । संघीय संसद अन्तर्गतका आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र अर्थ समिति गरेर दुईवटा समितिको बैठक बस्दै छ । सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठक बिहान ११ ः ३० बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय महत्वका अभिलेखहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । त्यसैगरि, अर्थ समितिको […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

२४ असार, तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिए । आज विहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा […]

मुख्‍य समाचार समाचार

नारायणगढ –बुटवल सडक : वर्षाका कारण विस्तारको काम रोकियो

२४ असार, नवलपरासी । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिए । “वर्षातमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बेनीका सात विद्यालयको कक्षा घटुवा

२४ असार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा गरेको छ । सात जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयको कक्षा घटुवा गरेर त्यहाँ कार्यरत १७ जना शिक्षकलाई विद्यार्थीको चाप भएका विद्यालयमा व्यवस्थापन गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले […]