८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

वर्षाका कारण बन्द भएको कर्णाली राजमार्ग आजबाट सुचारु

२५ असार , काठमाडौं । शुक्रबार रातिदेखि परेको अबिरल वर्षाका कारण बन्द भएको कर्णाली राजमार्ग आजबाट सुचारु भएको छ । चार दिनदेखि पहिरो खसेर बन्द रहेको कर्णाली राजमार्ग आज खुलेको हो । सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका थिए । यस्तै सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ति भोग्नु परेको थियो । कर्णाली राजमार्ग […]

मुख्‍य समाचार राजनीति समाचार समाज

खोला वरिपरि घर बनाउन सरकारले मापदण्ड बनाउनुपर्छः सांसद राणा

२५ असार , काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा.आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी छन् । मङ्गलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी हुन् । उनले बोल्दै भनिन्, ‘नेपाल सरकारले कुन ठाउँमा बस्ती बसाउनलाई सुरक्षित हो। कुन ठाउँमा […]

मुख्‍य समाचार राजनीति

बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

२५ असार, काठमाडौँ । सांसदहरुले बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षतिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा सभाको आजको बैठकको विशेष समयमा सांसदहरुले बाढीपहरोका कारण जनताले ठूलो क्षति भोग्नुपरेको उल्लेख गर्दै सबैभन्दा बढी बाढीपहिरो हुने स्थानमा दीर्घकालीन समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराए । सांसद रञ्जुकुमारी झाले वर्षाका कारण सप्तकोशी नगरपालिकाका धेरै स्थान जलमग्न […]

अर्थ मुख्‍य समाचार समाचार समाज

शेयर बजारः दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

२४ असार, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले जनाएको छ । विभिन्न तीन सय १६ कम्पनीका ११ लाख ६६ हजार एक हजार दुई सय आठ कित्ता शेयर रु पाँच […]

मुख्‍य समाचार राजनीति

जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा

२५ असार, काठमाडौ । प्रतिनिधिसभाको बैठकले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ । आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का तर्फबाट सिँचाई मन्त्री बस्नेतले ‘थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन’ […]

मुख्‍य समाचार राजनीति

रास्वपाले महामन्त्रीबाट ढकाललाई हटायो

२५ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ । पार्टी केन्द्रीय समितिको आजको बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र महामन्त्री पदबाट उनलाई हटाएको हो । उनलाई सर्वसम्मतिबाट पदमुक्त गरिएका कार्यवाहक प्रवक्ता मनिष झाले राससलाई बताए । उनको साधारण सदस्यता मात्र कायम गरिएको छ । […]

मुख्‍य समाचार राजनीति

एमाले सचिवालय बैठक सर्यो

२५ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको छ सो पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टका अनुसार बैठक यही असार २६ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो ।

मुख्‍य समाचार राजनीति

सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२५ असार, काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले बाढीपहिरोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद अनिता देवीले बाढीपहिराले देशका विभिन्न स्थानमा यातायात अवरुद्ध, पठनपाठन ठप्प, खेतीयोग्य जमिन पानीमा डुबानमा परेका बताउँदै यस्तो अवस्थामा सरकारले के गरिरहेको छ भनी प्रश्न गरे । सांसद अम्बरबहादुर रायमाझीले अविरल वर्षाका कारण उदयपुरका विभिन्न गाउँपालिकामा सडक र […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

गाउँ जोगाउन लगाएको तालगाउँको पर्खाल भत्कियो

२५ असार, मनाङ । अविरल वर्षापछि आएको बाढीले हिमाली जिल्ला मनाङमा क्षति पुर्‍याएको छ । नासों गाउँपालिका–१ तालगाउँलाई जोगाउन लगाइएको मेसिनरी पर्खाल आज बिहान भत्किएको छ । विसं २०७८ जेठ १४, २९ र असार १ मा मस्र्याङ्दी नदीमा आएको बाढीले तालगाउँ डुबानमा परेपछि बस्तीको सुरक्षाका लागि मेसिनरी पर्खाल लगाइएको थियो । पर्खाल लगाएको तीन वर्षपछि […]

मुख्‍य समाचार समाचार समाज

केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन

२५ असार, काठमाडौँ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले आज निर्माणाधीन पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिट्टो निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो । समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

भरतपुर महानगरद्वारा ५४ सङ्घ संस्थालाई कृषि सामग्री प्रदान

२५ असार, चितवन । भरतपुर महानगरपालिकाले यहाँका ५४ समूह, सहकारी र कृषि फर्मलाई कृषियन्त्र तथा उपकरण प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले आज एक कार्यक्रमकाबीच ती सामग्री हस्तान्तरण गरेका हुन् । महानगरको कृषि तथा व्यवसाय प्रबद्र्धन शाखामार्फत आर्थिक वर्ष २०८०-८१ को कार्यक्रमअनुसार कृषि यान्त्रिकीकरण तथा ढुवानी साधन खरिदमा ५० […]

मुख्‍य समाचार राजनीति

संविधानको धाराबाटै सरकार बन्छ’

२५ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले नेपाली कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार संविधानको धाराभित्रैबाटै नयाँ सरकार बन्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा उहाँले कतिपय पार्टी र नेताले नयाँ बन्ने सरकारका विषयमा प्रश्न उठाएको भन्दै संविधानको सीमाभन्दा बाहिर गएर कुनै कार्य नगरिने स्पष्ट पारे । “संविधानको धाराबाटै […]