२२ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार

५५ वर्षिय महिला बेपत्ता

१ भाद्र, काठमाडौं । कैलालीको अत्तरियाबाट एक महिला हराएकी छन । शनिबार गोदावरी नगरपालिका – २ राधाकृष्ण टोलबाट ५५ वर्षिया खिमडी साउँद हराएकी हुन । शनिबार बिहान करिब ८ बजेदेखी हराएकी उनको परिवार तथा छिमेकीहरुले खोजी गरिरहेको भएपनि हालसम्म भेटाउन नसकेको छिमेकी शंकर साउँदले जानकारी दिए । मानसिक अवस्था खासै राम्रो नभएकि उनले हरियो कुर्ता […]

मुख्‍य समाचार समाचार

बानेश्वरमा झडपको स्थिति

१ भाद्र, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा शनिबार झडपको स्थिति उत्पन्न भएको छ । आफूलाई अभियन्ता बनाउने व्यक्तिहरू र प्रहरीबीच धकेलाधकेल भएको हो । डा. निकोलस भुसाल, हेमराज थापासहितले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरिरहेको छ । भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

मुख्‍य समाचार राजनीति समाचार समाज

‘जनजातिलाई संविधानले दिएको अधिकार कार्यान्वयनमा कसैको ध्यान गएन्’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिलाई संविधानले दिएको अधिकार कार्यान्वयनमा ध्यान नगएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित दोस्रो गुरुङ प्रशारण दिवस तथा सम्मान कार्यक्रममा उनले संविधानमा माग अनुसार सबै व्यवस्था नभएपनि भएको व्यवस्था कार्यान्वयनमा कसैको ध्यान नगएको बताएका हुन् । उनले भने, ‘अहिलेको संविधानमा हामीले मागेको कुरा सबै छैन […]

मुख्‍य समाचार राजनीति समाचार

जसपा नेपालले सार्वजनिक गर्यो ६७ बुँदे निर्णय

जसपा नेपालले सार्वजनिक गर्यो ६७ बुँदे निर्णय काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका ६७ बुँदे समसामयिक राजनीतिक निर्णयहरु सार्वजनिक गरेको छ । शनिबार पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधनलगायतका विषयमा भएका निर्णयलाई पार्टीका तल्लो तहमा सर्कुलर समेत गरेका छन् । जसपा […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओलीले गरे ‘ग्लोबल साउथ समिट’ लाई सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गरेका छन् । यस क्षेत्रका करिब १५ राष्ट्र प्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्वीट गर्दै यस महत्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । “हामीले […]

मुख्‍य समाचार समाचार समाज

दलित अभियन्ताले सडकमै सुतेर गरे प्रदर्शन

काठमाडौं । दलितका लागि दलित अभियानले काठमाडौंको माइतीघर मण्डलामा गरिरहेको प्रदर्शन शनिबार पनि जारी छ । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै प्रदर्शनकारीले सडकमा सुतेर प्रदर्शन गरेका छन् । भइरहेको प्रदर्शन दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरुले विगत दुई हप्तादेखि माइतीघरमा विरोध प्रर्दशन गरिरहेका छन् । […]

मुख्‍य समाचार समाचार

गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा

१ भाद्र, रसुवा । यही भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्‍याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ । धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा रहेको गोसाइँकुण्डमा मेलाको तयारीसँगै बिजुली बलेपछि तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् । […]

मुख्‍य समाचार समाचार

शिक्षकहरुले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटेपछि…

१ भाद्र, धनगढी । कैलालीमा शिक्षकले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको विषय बाहिर आएको छ। जिल्लाको गौरीगंगा नगरपालिकास्थित जनप्रिय माध्यामिक विद्यालयमा पढ्ने एक विद्यार्थीलाई तीन जना शिक्षकले मरणासन्न हुने गरी कुटपिट गरेको विषय बाहिर आएको हो। साथै ती विद्यार्थीलाई अपहेलित गरेको समेत खुलेको छ। घटना बिहिबार (साउन ३१ गते) भएको हो। पीडित विद्यार्थीका अभिभावकले […]

मुख्‍य समाचार समाचार समाज

लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट मुक्त छौं : कुलमान घिसिङ

१ भाद्र, काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको बताएका हुन् । उनले  भने, ‘विभिन्न  आरोह अवरोहकाबिच पनि नेपाल विद्युत् प्राधिकरणले ३९ औँ वर्ष पार  गरेको छ  । आठ वर्ष अघि […]

मुख्‍य समाचार राजनीति समाचार

भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो : अध्यक्ष दाहाल

१ भाद्र,  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको समापनपछि पार्टी झन् एकताबद्ध भएको स्पष्ट पारेका छन्। पोष्टबहादुर बोगटीको नवौँ स्मृति दिवसका अवसरमा आज केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित कार्यक्रममा उनले पार्टीभित्रका शकां, उपशकां, विवाद र मतभेदलाई कसरी समाधान गरेर पार्टीलाई एकताबद्ध गर्ने र जनतामा जाने भन्ने विषयमा […]

मनोरन्जन मुख्‍य समाचार समाचार

‘भ्वाइस किड्स’ सिजन-३ को ग्राण्ड फिनाले आज

१ भाद्र,  काठमाडौँ । ‘भ्वाइस किड्स’ सिजन-३ को ग्राण्ड फिनाले आज हुँदै छ । ‘भ्वाइस किड्स’को आफ्नै स्टुडियोमा बेलुका हुने फिनालेसँगै तेस्रो सिजनले नयाँ विजेता प्राप्त गर्नेछ। आज राती हुने फिनालेमा आठ जना फाइनलिस्टबीच प्रतिस्पर्धा हुँदैछ । चार जना कोचका दुई/दुईजना उपाधिका लागि भिड्दैछन् । कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा, कोच मिलन नेवारको […]