८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

कालिकास्थान–पुडिटार–लामेआहाल सडक शिलान्यास

२५ असार, गण्डकी । कोत्रे–बिरौटा सडक खण्डअन्तर्गत कालिकास्थान–पुडिटार–लामेआहाल सडक स्तरोन्नति थालिएको छ । पोखरा महानगरपालिका र सहरी विकास मन्त्रालयको संयुक्त आयोजनामा आज कालिकास्थानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकको शिलान्यास गरे । विश्व बैङ्कको सहयोगमा निर्माण हुन लागेको १२.४४ किमी लममे सडकको लागत अनुमान रु एक अर्ब आठ करोड ४८ लाख ९१ हजार तीन सय […]

मुख्‍य समाचार समाचार समाज

रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते

२५ असार, रुकुम पूर्व । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

विपद्पीडितलाई सहयोग

२५ असार, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेका पहिरापीडितलाई सूर्य नेपाल प्रालिले सहयोग गरेको छ । गत शनिबार पहिरा गएर पीडित भएका छ परिवारलाई सूर्य नेपालले सोमबार खाद्यान्न, लत्ताकपडा, टेन्टलगायत सामग्री सहयोग गरेको हो । पहिराबाट पीडित भएकालाई कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको सूर्य नेपाल प्रालिका जनसम्पर्क प्रमुख अन्जन दुवाडीले जानकारी दिए । प्रमुख जिल्ला […]

मुख्‍य समाचार समाचार समाज

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

२५ असार, मोरङ । मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको र अझ धेरै पानीपर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान […]

मुख्‍य समाचार समाचार समाज

रामग्रामका महिलालाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान

२५ असार, नवलपरासी । पश्चिम नवलपरासीमाको रामग्राम नगरपालिकाले नगरभित्रका महिलाको स्वास्थ्य उपचार सहुलियत दरमा गर्दै आएको छ । चालु आर्थिक वर्ष ०८०/८१ मा महिला लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरी महिलाको स्वास्थ्य चेकजाँच र उपचारमा सहुलियत दिने गरेको नगरप्रमुख धनपत यादवले जानकारी दिए । नगरपालिकाले गर्भवतीका लागि निःशुल्क रूपमा भिडियो एक्स–रे, एम्बुलेन्स सेवा, पोषण झोला वितरण, […]

मुख्‍य समाचार समाचार समाज

४१ पुल बाढीमा बगे, १० करोड बढीको क्षति

२५ असार, काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन्भने रु १० करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज विहानसम्म बाढीपहिरा […]

मुख्‍य समाचार समाचार समाज

धरान-धनकुटा सडक अवरुद्ध

२५ असार, सुनसरी । निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध भएको छ । धनकुटाको सागुरीगढी–६ स्थित फेदीमा पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए । सो सडकखण्डमा पर्ने फेदी, घण्टे र नमस्ते झर्ना क्षेत्रमा पहिरो झरेकोले सवारी आवतजावतमा समस्या भएको […]

मुख्‍य समाचार राजनीति

‘सरकार सदनप्रति उत्तरदायी नहुनु दुःखद’

‘२५ असार, काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा उहाँले देशभर बाढीपहिरो र डुबानबाट आजसम्म ७४ जनाको निधन, ६ जना बेपत्ता र ८६ घाइते भएका तथा अर्बौको क्षति भएको बताए । सांसद लेखकले […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बाँकेबाट नाबालक छोरासहित हराएकी महिला भुटानमा बन्दी

२५ असार, बाँके । बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडे । श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका लागि भारतमा रहेका ठकुरी चार दिनमै नेपाल फर्केर सोधिखोजीमा लागे । यतिञ्जेलसम्म उनकी श्रीमती […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पूर्वका साना खोलामा बाढीको जोखिम

२५ असार, काठमाडौँ । हाल मुलुकका पूर्वी भागका साना खोलाहरुमा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीका सर्दुखोला र बूढीखोलामा पानीको सतह बढेर जोखिमको स्तर पार गरेको छ । सर्दुखोलामा पानीको सतह १०४.५ मिटर पुगेको छ । यसलाई जोखिमको तह मानिन्छ । बूढीखोलामा पानीको सतह ८५ मिटर पुगेको छ । […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

फाल्गुनन्द सडक अवरुद्ध

२५ असार,झापा । बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ । इलामको माङसेबुङ गाउँपालिका–३ स्थित बाघमारा पुल छेउमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिए । पहिराले बाटो अवरुद्ध गरेपछि दमकबाट छुटेका यात्रुवाहक सवारीसाधन बाटोमा रोकिएका छन् । माङसेबुङ पालिकाले पहिरोका […]

अर्थ मुख्‍य समाचार समाचार समाज

विद्युत् खरिद-बिक्री सम्झौता गर्न बङ्गलादेशको आमन्त्रण

२५ असार, काठमाडौँ । बङ्गलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ । बिपिडिबीले वर्षायामको छ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत् बिक्री सम्झौताका लागि पत्राचार गरेको प्राधिकरणले जनाएको छ । कानुनमा […]