९ चैत्र २०८२, सोमबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

गहुँतबाट मल र जैविक विषादी

३१ असार, म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग गरेका छन् । धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्ममा पालिएका गाईभैँसीको गहुँतबाट मल र जैविक विषादी बनाइ प्रयोग गरिएको हो । फार्म सञ्चालक शिव खड्काले गहुँतको सदुपयोग गरिएको बताए । “२४ वटा गाईभैँसीको गहुँत पोखरीमा सङ्कलन गरी पानी […]

मुख्‍य समाचार राजनीति समाज

पदभार ग्रहण गर्दै पौडेलले भने : अस्पतालहरूमा अब लाइन बस्नुपर्दैन्

३१ असार , काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनलेस्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचारका लागि एकरुपता कायम गर्ने गरी उपचार प्रणाली विकास गर्ने प्रतिवद्धता जनाए । उपचार सेवा प्रदान गर्नका लागि विशेष […]

मुख्‍य समाचार राजनीति समाचार समाज

१८ महिना साथ दिने सबैलाई प्रचण्डको ‘धन्यवाद’

३१ असार , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्नेक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । सोमबार केपी ओलीले प्रधानमन्त्रीको शपथ लिएपछि प्रचण्डले सामाजिक संजालमार्फत सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका हुन् । तर नवनियुक्त प्रधानमन्त्री ओलीलाई भने उनले बधाई दिएका छैनन् । […]

मुख्‍य समाचार समाज स्वास्थ्य

चन्दा सङ्कलन गरेर गाउँमा एम्बुलेन्स सञ्चालन

३१ असार , लमजुङ । यहाँ चन्दा सङ्कलन गरेर केही दिनदेखि एम्बुलेन्स सञ्चालन गरिएको छ । राइनास नगरपालिका–२ स्थित लालिगुराँस निर्माण क्लबको अगुवाइ तथा सगरमाथा आरोही नरेन्द्र शाहीको पहलमा चन्दा सङ्कलन गरेर भलायखर्क स्वास्थ्य चौकीमा ग १झ ६९४ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । क्बलका अध्यक्ष एवं राइनास–२ का वडाध्यक्ष लक्ष्मण शाहीले चन्दा सङ्कलन गरेर […]

मुख्‍य समाचार समाज

सुन्तला बगैँचा व्यवस्थापनबापत् किसानलाई अनुदान

३१ असार , गण्डकी । पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रमअन्तर्गत रु २५ लाख अनुुदान उपलब्ध गराएको छ । सुन्तला खेतीमा किसान आकर्षित गर्ने उद्देश्यले महानगरपालिकाले विगत पाँच वर्षयता अनुदान उपलब्ध गराउँदै आएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपासटन, फेदीपाटनलगायत स्थानका दुई सय […]

मुख्‍य समाचार समाज

दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि

३१ असार , उदयपुर गाईघाट । जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारीले बताए। ढूवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेपछि उपभोक्ताले अनुगमन नहुँदा व्यापारीको मनपरी दर कायम गरेर उपभोक्ता ठगेका गुनासो गरेका छन् […]

मुख्‍य समाचार समाचार समाज

डकैतीमा संलग्न फरार अभियुक्त गोली हानी पक्राउ

३१ असार , जलेश्वर । प्रहरीले एक डकैतीमा संलग्न एक फरार अभियुक्तलाई गएराति गोली हानी पक्राउ गरेको छ । विसं २०५९ देखि २०७८ सम्म महोत्तरी, सर्लाही, सिरहा, बारा र सिन्धुली गरी पाँच जिल्लामा ५० लाख भन्दा बढी लुटपाट गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले बताए […]

मुख्‍य समाचार राजनीति समाज

रविलाई मुकुलको चेतावनीः ‘म अर्को शालिकराम पुडासैनी बन्दैन्’

३१ असार , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुकुल ढकालले अर्को शालिकराम पुडासैनी नबन्ने चेतावनी दिएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै ढकालले यस्तो चेतावनी दिएका हुन् । उनले  सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘रवि लामिछानेज्यू आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थाल्नु भएछ । […]

गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार

हाइकिङसँग जोडिदै गर्लाङ सामुदायिक होमस्टे

३१ असार, गण्डकी । पोखरा महानगरपालिका–१६ स्थित गर्लाङ सामुदायिक होमस्टेलाई हाइकिङमार्फत प्रवर्द्धनको प्रयास थालिएको छ । पर्यटकीय सम्भावनायुक्त गर्लाङलाई एक दिवसीय हाइकिङका माध्यमबाट जोड्न हाइकर्स क्लब नेपालले आफ्नो ४९औँ शृङ्खला गर्लाङमा सम्पन्न गरेको छ । प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङमार्फत प्रवर्द्धन गरिरहेको क्लबले यस शृङ्खलालाई गर्लाङमा पुर्‍याएको क्लबका अध्यक्ष कृष्ण […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

आक्रमणमा मेरो हत्या गर्ने अभिप्रायले गरिएको थियो : अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प

३१ असार, अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क पोस्ट’सँगको कुराकानीमा शनिबारको आक्रमणमा ‘आफू मारिने सम्भावना’ बाट उम्केको बताएका छन् । रिपब्लिकन नेसनल कन्भेन्सनमा भाग लिन मिल्वौकी जाने क्रममा आफ्नो विमानमा सवार ट्रम्पले ‘न्यूयोर्क पोस्ट’लाई दिएको अन्तर्वार्तामा आफूलाई बचाउन सुरक्षा अधिकारी र अभियानमा सहभागी शुभेच्छुकले खेलेको भूमिकाको प्रसंशा गर्दै भने, सायद, म यहाँ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बागलुङ ट्राफिकद्वारा एक करोड बीस लाख राजस्व सङ्कलन

३१ असार, बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा सङ्कलित उक्त राजस्व हालसम्मकै धेरै हो । पछिल्लो तीन वर्षयता राजस्व सङ्कलन बढ्दो क्रममा छ । आव २०७८/७९ मा ६९ लाख ९८ हजार पाँच सय राजस्व सङ्कलन गरेकामा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

पर्वतमा एचआइभीका सङ्क्रमित बढ्दै, क्षयरोगका घट्दै

३१ असार, पर्वत । सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा प्रभावकारी हुन सकेको छैन । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा पर्वतमा क्षयरोगका ५५, एचआइभी एड्सका १३ र कुष्ठरोगका छ जना नयाँ बिरामी थपिएका छन् । चालु आवको सुरुदेखि हालसम्म उक्त सङ्ख्यामा नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण […]