९ चैत्र २०८२, सोमबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

गोरखा–आरुघाट सडक अवरुद्ध

३ साउन, गोरखा । गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । गत वर्ष निर्माण भएको […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

टीकापुर अस्पतालले थाल्यो ‘डाइलिसिस’ सेवा

३ साउन, कैलाली । लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु भएको छ । अस्पतालमा गएको असार ३१ गतेदेखि सेवा सुरु भएको हो । सेवा सञ्चालनका लागि अस्पतालले रु ४० लाख खर्च भएको अस्पतालका चिकित्सक डा सन्देश पण्डितले बताए । एक विशेषज्ञ चिकित्सक, चार नर्सिङ स्टाफ र दुईजना सहयोगीलाई सेवा सञ्चालनका लागि तालिम दिइएको छ […]

मुख्‍य समाचार समाचार समाज

विद्यार्थीको वर्षे बिदाको सदुपयोग : विद्यालयमा नै कम्प्युटर कक्षा सञ्चालन

३ साउन , रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले विद्यार्थीको वर्षे बिदालाई कम्प्युटरको सिप प्रदान गरेर सदुपयोग गरेको छ । वर्षे विदाको सदुपयोग गर्दै गाउँपालिकाका सबै माध्यमिक विद्यालयमा वर्षे बिदाको समयमा कम्प्युटर कक्षा सञ्चालन भइरहेका छन् । गाउँपालिकामा रहेका सात वटा माध्यमिक विद्यालयमा गत असार ३० गतेदेखि दैनिक  कम्प्युटर कक्षा सञ्चालन भएका गाउँपालिकाको शिक्षा शाखाका अधिकृत […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बैतडीका छ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा

३ साउन, बैतडी । बैतडीका छ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिका पहिराको उच्च जोखिम रहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा बाढीको उच्च जोखिममा छ । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य […]

कोशी खेलकुद प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

३ साउन, ताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । प्रतियोगितामा प्रथम हुने टोलीले रु तीन लाख ११ हजार एक […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

३ साउन , काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ह्वाइट हाउसले राष्ट्र«पतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ । बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना संक्रमण भइसकेको छ । ८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा चएको चुनावी सभामा भाग लिन पुगेका थिए । एउटा कार्यक्रममा […]

मुख्‍य समाचार समाचार समाज

किरीबाससँग कूटनीतिक सम्बन्ध स्थापना

३ साउन, काठमाडौँ । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या एक सय ८३ पुगेको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा आज उक्त नियोगमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा संयुक्त […]

अर्थ मुख्‍य समाचार समाचार समाज

आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार

३ साउन, बागलुङ । आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’अन्तर्गत दुई हजार सात सय ६३ रोपनी जग्गामा आलुखेती विस्तार गरेको छ । केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार तथा प्रवर्द्धन गरेको छ । ज्ञान केन्द्रको सबैभन्दा ठूलो कार्यक्रमअन्तर्गत रु तीन करोड ६० […]

मुख्‍य समाचार राजनीति समाचार

पाँचवटा संसदीय समितिका बैठक बस्दै

३ साउन , काठमाडौं । संघीय संसद अन्तर्गत बिहीबार पाँचवटा समितिका बैठक बस्दैछन् । संघीय संसद सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । शिक्षा, स्वस्थ्य तथा […]

अर्थ मुख्‍य समाचार समाज

बढ्यो पाउण्डको मूल्य

३ साउन , काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको मूल्य स्थिर छ । यूरो सामान्य बढ्दा बेलायती पाउण्डको विनिमयदर करिब तीन अंकले बढेको छ । बुधबार १७२ मा कारोबार भएको बेलायती पाउण्डको बिक्री दर आज १७४ रुपैयाँ ७९ […]

मुख्‍य समाचार समाज

यी पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

३ साउन , काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको जनाएको छ । अहिले देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका […]

मुख्‍य समाचार राजनीति समाचार

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता बडाल नियुक्त

साउन २, काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको छ । बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दैउनलाई नियुक्त गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । यस अघि केपीओलीको पालामै चैत्र ६ गते महान्यायाधिवक्तामा बडाल नियुक्त भएका थिए ।