९ चैत्र २०८२, सोमबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या

७ साउन, सर्लाही। सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ […]

मुख्‍य समाचार समाज

आज साउनको पहिलो सोमबार विहानैदेखि पशुपतिनाथमा दर्शनार्थीको भिड

साउन ७, काठमाडौं । साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहानैदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकासले जनाएको । अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाइन लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाम […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला एसिया कपमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

साउन ७, काठमाडौं । आइतबार पाकिस्तानसँग भएको दोस्रो खेलमा नेपाल ९ विकेटले पराजित भएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ बलमा मात्र १ विकेटको क्षतिमा ११० रन बनाउँदै पूरा गरेको हो । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं लगायत देशका विभिन्न स्थानमा भारी बर्षा, सतर्कता अपनाउन आह्वान

७ साउन, काठमाडौं । पाल्पा, स्याङ्जा, पश्चिम नवलपरासी र काठमाडौंमा भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पाको अर्चलेमा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पाल्पाको अर्चले वर्षा मापन केन्द्रमा ६ घण्टाको अवधिमा १०५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यसैगरी स्याङ्जाको पञ्चमुलमा ८०।२ र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीओलीले पाए संसद्को दुई तिहाइ मत

साउन ६, काठमाडौं। प्रधानमन्त्रीकेपीशर्मा ओलीले विश्वासको मत पाएकाछन्। आइतबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभामाविश्वासको मतकालागि पेश गरेको प्रस्तावको पक्षमा १८८ मत र विपक्षमा७४ मत खसेको हो। प्रतिनिधिसभामा २६३जनाउपस्थितथिए। एक जना सांसदले मत दिन्नभन्ने पक्षमाआफ्नो मत जाहेर गरे। प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (९२०) बमोजिमप्रतिनिधिसभामाविश्वासको मत लिएकाहुन्। एमाले अध्यक्ष समेत रहेका ओली नेपालीकांग्रेसको सहयोगमाअसार ३० गते […]

मुख्‍य समाचार समाचार समाज

बंगलादेशबाट आइपुगेका विद्यार्थी भन्छन्ः ‘स्थिति असहज छ, प्रधानमन्त्री नै भागिसक्नुभयो’

६ साउन, काठमाडौं । बंगलादेशबाट १७ जना नेपाली विद्यार्थी नेपाल फिर्ता भएका छन् । आइतबार नेपाली विद्यार्थी हवाई र स्थलमार्ग हुँदै नेपाल आएका हुन् । बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन चर्किएपछि सरकारले पहिलो चरणमा आउन चाहने १७ जना नेपाली विद्यार्थीको उद्धार गरेको हो । नेपाल फर्कन चाहने अन्य विद्यार्थीलाई […]

अर्थ मुख्‍य समाचार समाचार

‘प्रधानमन्त्रीज्यू, तथ्याङकलाई बङग्याएर भावनामा कहिलेसम्म चल्ने ?’

६ साउन, काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुनले,प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बीचमा बिभिन्न संक्रमणका कारण आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको भन्दै प्रधानमन्त्री ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका हुन् । उनले भने,‘प्रधानमन्त्रीजीले ऋणको अवस्था, […]

मुख्‍य समाचार राजनीति

स्थिर सरकारका लागि पहिलो र दोस्रो ठूला दल मिलेका हौं : देउवा

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्थिरताका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिलेर सरकार गठन गरेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी रहेको भन्दै स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली […]

मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान

काठमाडौँ । दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको छ । दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेका हुन् । भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादका रुपमा राष्ट्रप्रमुखलाई बुझाउने प्रचलन छ । राष्ट्र प्रमुखलाई महाप्रसाद […]

अर्थ मुख्‍य समाचार

नेप्से ६१.६१ अंकले बढ्योः कारोबारमा सोल्टी होटल अगाडि

६ साउन, काठमाडौं । साताको पहिलो बारोबार दिन आज (आइतबार) नेप्से ६१.६१ अंकले बढेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अंकले बढेर २४८५ दशमलव ९४ को विन्दुमा पुगेको छ । आइतबार ३१५ कम्पनीका १ लाख ७७ हजार ४ सय ६७ पटकको कारोबारमा ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर […]

मुख्‍य समाचार राजनीति

मुलुक चरम निराशामा छः प्रधानमन्त्री

६ साउन, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो मुलुक चरम निराशामा पुगेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै उनले अहिले मुलुक २०४६ साल यताकै निराशामा पुगेको बताएका हुन् । उनले  भने,‘सिंगोदेश चरम निराशामा छ । ऋण लिएर तिर्न नसकेका कारण कालोसूचीमा पुग्ने अवस्था छ । अघिल्लो सरकार […]

मुख्‍य समाचार राजनीति

‘प्रचण्ड सरकारबाट दुषित परिणाम निस्किने खतरा बढेपछि मिल्नुपर्यो’

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसले पटक पटक काँध हाल्दा समेत पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गति लिन नसक्दा संसदका दुई ठुला दल मिल्नुपरेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेतृत्वको सरकारले थिति बसाल्ने रुचि समेत नदेखाएका कारण समाजमा दुषित परिणाम निस्किने खतरा […]