२१ श्रावण २०८३, बिहीबार
खेलकुद मुख्‍य समाचार विचार समाचार

खेलाडी टिकाइराख्‍न नीतिगत र व्यवहारिक व्‍यवस्था जरूरी छः मन्त्री चौधरी

१३ भदौ ,काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिन नीतिगत र व्यवहारिक रुपमा व्यवस्था हुनुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीद्वारा जननेता मदन भण्डारीको अर्धकदको प्रतिमा अनावरण

१३ भदौ ,काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा निर्माण गरिएको प्रतिमाको आज उहाँले अनावरण गरेका  थिए। अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेता सहभागी रहनुभएको थियो । कलाकार लालकाजी लामाले उक्त प्रतिमा तीन महिना लगाएर बनाएका थिए।

समाचार समाज

हावाहुरीले मकैबालीमा क्षति

१३ भदौ ,काँक्रेविहार (सुर्खेत) । घोगा लाग्न थालेका मकैबालीमा हावाहुरीले क्षति पुर्‍याउँदा जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका किसान चिन्तित भएका छन् । घोगा लाग्न थालेका मकै नष्ट भएपछि यहाँका किसान चिन्तित बनेका हुन् । मुख्यबालीका रुपमा रहेको मकैबालीमा हावाहुरीले बोट भाँचिदिएपछि समस्या उत्पन्न भएको किसान हरिबहादुर खत्रीले बताउनुभयो । यहाँका चार सय भन्दाबढी परिवारले लगाएका सयौँ […]

मुख्‍य समाचार राजनीति विचार

प्रतिनिधिसभा : प्राकृतिक विपदबाट  हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव

१३ भदौ ,काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुले प्राकृतिक विपदबाट  हुने क्षति न्यूनीकरणमा पहल थाल्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरुले क्षति न्यूनीकरणमा राज्यले लगानी बढाउनुपर्ने सुझाव दिए। सांसद सीताकुमारी रानाले चट्याङ्का कारण नागरिकले अकालमा ज्यान गमाउनुपरेको उल्लेख गर्दै मृतकलाई क्षतिपूर्ति तथा घाइतेको समयमा नै उपचार गर्न सरकारसँग माग गरे । “मनसुनजन्य […]

मुख्‍य समाचार समाज

बस दुर्घटनामा दुईजनाको मृत्यु, २७ घाइते

 १३ भदौ ,नेपालगञ्ज। बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा आज बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सिटिइभिटीको पाठ्यक्रम समय अनुसार निर्माण गरिनुपर्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने बताएकी छन् । विहीबार काठमाडौंमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा उनले सिटिइभिटी सम्बन्धी नीतिलाई नै पुननिर्माण गर्न नसकेपनि अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनाउनुपर्ने बताइन् । उनले भनिन्, ‘ सिटिइभिटीलाई पुनःसंरचना कसरी गर्ने […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

मुटु जोगाउन मुटुलाई आत्माबाट माया गर्नुपर्छ : डा.संजीतकुमार शाह

मुटु रोग वा सम्बन्धित आर्टरीका कारण विश्वमा करिब दुई करोड मानिसको वार्षिक मृत्यु हुन्छ । नेपालमा करिब ३० हजारले बार्षिक रुपमा ज्यान गुमाउने गरेको तथ्यांकहरु आउने गरेका छन् । तर खानापान र दैनिक जीवनशैलीमा परिवर्तन गर्न सके मुटु रोगबाट बच्न सकिन्छ । सुरुमा त मान्छेले मुटुलाई माया गर्नुपर्छ । यदी मुटुलाई माया गर्न सिक्यौं भने […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

छानबिन समितिको प्रतिवेदनप्रति मन्त्री सशंकित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीबद्री पाण्डेले हवाई दुर्घटना पछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्यपरक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन् । बिहीबार वायु सेवा सञ्चालक सेवा संघ नेपालद्वारा आयोजित हवाई सुरक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपालको हवाई दुर्घटना पछि छानबिन गर्न बनेका […]

मुख्‍य समाचार समाचार समाज

यातायात क्षेत्रको समस्या सम्बोधन भएन : महासङ्घ

१३ भदौ ,काठमाडौँ । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेतृत्वमा तीनै यातायात मजदुर सङ्गठनका अध्यक्षको टोलीले बुधबार गृहमन्त्री रमेश लेखकलाई भेटेर नजिकिँदो चाडपर्वलाई ध्यान राखेर यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह […]

राजनीति समाचार

‘मिसन ८४’ लक्षित कार्यक्रम ल्याउने एमालेको तयारी

काठमाडौं- सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आमनिर्वाचन २०८४ लक्षित तेस्रो चरणको कार्यक्रम ल्याउने तयारी गरेको छ । यसबारे निर्णय लिन एमालेले आज १ बजे सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालयको हिजो बसेको बैठकले पार्टीको आगामी कार्यक्रमबारे सचिवालयले निर्णय गर्ने गरी कार्यसूची तय गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकका लागि […]

समाचार समाज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा  रोकिएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । उनले पहिरो पन्छाउने काम भइरहेको बताए। वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

समाचार समाज

मुना पाण्डेको हत्यामा संलग्न व्यक्तिको तस्बिर सार्वजनिक

काठमाडौँ । प्रहरीले अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक गरेको छ। नेप्योर्कका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन । सीसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन्। होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया पाण्डेको आफ्नै घरमा हत्या गरिएको थियो […]