६ कार्तिक २०८३, बिहीबार
समाचार समाज

नवलपुरमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

२१ भाद्र,  काठमाडौं । नवलपुरमा भारी वर्षा मापन गरिएको छ । आज बिहान ६ः२५ बजे नवलपुरको देउराली नवल वर्षामापन केन्द्र र दुमकौली वर्षामापन केन्द्र आसपास भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । थप वर्षा हुन सक्ने विभागको अनुमान छ । सो क्षेत्र भइ बहने बिनइ नदी, मुकुन्डे खोलालगायत अन्य स–साना खोलाहरूमा […]

मनोरन्जन समाचार

फ्राइडे रिलिज : ‘देवी’ र ‘रावायण’ प्रदर्शनमा

२१ भाद्र,  काठमाडौं । नेपाली कथानक चलचित्र ‘देवी’ र ‘रावायण’ प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजअन्तर्गत आजबाट यी दुई नेपाली चलचित्र प्रदर्शनमा आएका हुन् । ‘देवी’मा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपानेलगायत कलाकारको अभिनय छ । क्राइम थ्रिलर जानरामा निर्माण भएको यो चलचित्रलाई सञ्जोग राईले निर्देशन गरेका छन् । ‘देवी’को कथा […]

समाचार समाज

नागढुङ्गा-नौबिसे सडक स्तरोन्नतिको काम सुस्तः आगामी माघसम्म म्याद थप

२१ भाद्र, धादिङ । तीन खण्डमा विभाजन गरी स्तरोन्नति सहित निर्माण सुरु गरेको नागढुङ्गा-मुग्लिन सडक खण्डको निर्माणले खासै गति लिन सकेको छैन । सडक निर्माणले गति लिन नसक्दा सो सडक भएर आवतजावत गर्ने यात्रुहरूले दैनिकजसो सास्ती खेप्न बाध्य छन् । एकातिर सवारी चलाउन निकै कठिन छ भने अर्कोतर्फ जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा सवारीचालक र यात्रुहरू छन् […]

समाचार समाज

सहाराविहीन विद्यार्थी पढाइरहेका प्रअ भन्छन्, ‘बोर्ड पनि फेर्न सकिएन’

२१ भाद्र,  तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्यान प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन् । “यहाँ कोही आमा नभएका, कोही बुबा नभएका, कोही रोजगारीका लागि भारतलगायत देशमा गएका बालबालिका पढ्छन्”, विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले भने, “न्यून आय […]

समाचार समाज

ब्राउन सुगर सहित ४ जना पक्राउ

२१ भाद्र, काठमाडौँ । कैलालीको धनगढीबाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन । बिहिबार धनगढी उप–महानगरपालिका – ८ क्याम्पस चोकबाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका – ३ का २२ वर्षीय बिशेष शर्मा , सोही ठाउँका २३ वर्षीय तिलक शर्मा, धनगढी उपमहानगरपालिका – ४ का २१ […]

समाचार समाज

छतबाट लडेर एक जना घाइते

२१ भाद्र, काठमाडौँ । कैलालीको धनगढीमा छतबाट लडेर एक जना घाइते भएका छन । शुक्रबार जोशीपुर गाउँपालिका – १ घर भई धनगढी उप – महानगरपालिका – ८ क्याम्पस चोकमा डेरा गरी बस्ने ४२ वर्षीय रोहन राज चौधरी छतबाट लडेर घाइते भएका हुन । प्रहरीका अनुसार उनी मादक पदार्थ सेवन गरेको अवस्थामा आफु बस्ने १ तले […]

समाचार समाज

भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती

२१ भाद्र, कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन । व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन नसक्दा स्थानीय सास्ती भोग्न बाध्य छन् । बाढीले भत्किएको कल्भर्ट भासिएर राजमार्गमै अलपत्र छ । कल्भर्ट भत्किएको ठाउँबाट ‘डाइभर्सन’ निर्माण गरेर यातायात सञ्चालन गरिएको […]

मुख्‍य समाचार समाचार समाज

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

२१ भाद्र, धनुषा । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको महत्त्वपूर्ण पर्वका रूपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको अहिले बिहानदेखि नै अत्यधिक भीड छ । व्रती तथा तिनका परिवार पर्वको तयारीमा जुटेका छन् । जनकपुरधामको पेठिया बजार, जानकी चोक, राममन्दिर तथा बाह्रबिघा रङ्गभूमि मैदान क्षेत्रमा किनमेल गर्नेको […]

राजनीति समाचार सुदूरपश्चिम

चालू आवको बजेट ल्याउँदै सुदूरपश्चिम सरकार

२१ भाद्र,  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ २५ गतेसम्ममा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ । यसअघिको सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर अर्को बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिए । उनले भने, “बजेट तयारीका क्रममा मन्त्रालयस्तरमा भइरहेको छलफल शुक्रबार सकिन लागेको […]

राजनीति समाचार

यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

२१ भाद्र, काठमाडौँ ।  सरकारले दुग्ध विकास संस्थान (डिडिसी)लाई रु ६० करोड ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहिबार साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित रु ६० करोड ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दूध किसानको बाँकी रकम दसैँअघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै […]

राजनीति समाचार समाज

पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन् : सभापति देउवा

२१ भाद्र, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरू हाम्रा पहिचान र गौरव भएको बताएका छन् । हरितालिका तीजका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हाम्रो देश विभिन्न धर्म, संस्कृति र पर्वले समृद्ध रहेको र विभिन्न पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको विशेष महत्त्वपूर्ण पर्व भएको उल्लेख गरेका छन् । तीजमा चेलीहरू माइत आउने र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

तीज पर्वले आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निभाएको छ : राष्ट्रपति पौडेल

२१ भाद्र,  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्वले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निभाएको बताएका छन् । तीजको अवसरमा आज शुभकामना सन्देश दिर्दै राष्ट्रपति पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, कहिंसा एवम् सामाजिक कुरीतिको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले सबैमा नयाँ उत्साह र जाँगर […]