६ कार्तिक २०८३, बिहीबार
समाचार समाज

उदाउँदो चन्द्रमालाई अर्घ्य दिँदै चौठचन्द्र पर्व सम्पन्न

२२ भाद्र, जलेश्वर । महोत्तरी जिल्लासहित सम्पूर्ण तराई मधेसमा आज राति उदाउँदो चन्द्रमालाई अर्घ्य दिँदै चौठचन्द्र पर्व (चन्द्रमाको पूजा) सम्पन्न भएको छ । श्रद्धा र आस्थाका महान् पर्वका रूपमा मानिएको यो पर्व आज राति आकाशमा चन्द्रमा उदाएपछि चन्द्रमालाई विभिन्न वस्तुको अर्घ्य अर्पण गर्दै सम्पन्न भएको हो । यस पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचन पर्वको नाउँले पनि […]

राजनीति समाचार

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न भौतिक पूर्वाधार तथा यातायात पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएका छन् । सो मन्त्रालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले विधि र कानुनभन्दा दायाँबायाँ नगर्न निर्देशन दिएका हुन् । ‘अहिले तोड्नुपर्ने ठेक्का तोड्न सकिएको छैन […]

समाचार समाज

आज गणेश चतुर्थी पर्व मनाइँदै

२२ भाद्र , काठमाडौँ । भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । सनातन समाजमा कुनै काम सुरु गर्दा ‘श्रीगणेश गरेको’ भन्ने चलन छ। ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीको आकृतियुक्त मुहार भएकाले गजानन, विघ्न हटाउने भएकाले विघ्ननाशक, गणका पति […]

समाचार समाज

आज भारी वर्षाको सम्भावना

२२ भाद्र , काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल देशभर आंशिकदेखि साधरणतया बदली छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओलीलाई डा.भट्टराईको १९ बुँदे मागपत्र

काठमाडौँ । नेपाल समाजवादी पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याइ द्वन्द्वपीडितहरूका माग पूरा गराउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ बुँदे मागपत्र पेस गरेका छन् । शुक्रबार प्रधानमन्त्री कार्यलयमा उनले विस्तृत शान्तिसम्झौता र नेपालको संविधानको मर्म र भावनाअनुसार बृहत्तर राष्ट्रिय सहमतिका आधारमा शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याइ द्वन्द्वपीडितहरूका माग पूरा गराउन […]

अर्थ मुख्‍य समाचार समाचार

गृहमन्त्री लेखक र विश्व बैंक पदाधिकारीबिच भेटवार्ता

काठमाडौं ।  गृहमन्त्री रमेश लेखक र नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ । गृहमन्त्रीको कार्यकक्षमा शुक्रबार भएको भेटमा गृहमन्त्री लेखक र नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक सिस्लेनसहितका पदाधिकारीबिच भेटवार्ता भएको हो । उनीहरुबीच विश्व बैंकले नेपालको विभिन्न परियोजनामा गरेको लगानीबारे छलफल भएको थियो । २०७२ को भूकम्पपछिको पुननिर्माणमा विश्व […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

यौनिक तथा लैङ्गिक अल्पसंख्यकले मनाए ‘इन्द्रेणी तीज’

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुले ‘इन्द्रेणी तीज’ मनाएका छन् । ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा काठमाडौंको वालुवाटारमा आयोजित कार्यक्रममा उनीहरुले आफ्नो लैङ्गिक पहिचान खुलाएरै तीज पर्वमा रमाएका हुन् । ‘हाम्रा परम्पराहरूलाई सम्मान गर्दै हाम्रा समुदायभित्रको विविधता र एकतालाई एकसाथ मनाऔँ ।रमाइलो, खानपान र उत्सवको मज्जा नछुट्टाऔँ’ भन्ने नारासहित जम्मा भएका समुदायका व्यक्तिहरुले पहिचान […]

समाचार समाज

फेसबुकले बालेनसँग माफी माग्दै, डिलिट गरेको स्ट्याटस फिर्ता गर्‍यो

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेनले एमालेकी प्रदेश सांसदलाई लक्षित गरेर लेखेको फेसबुक पोस्ट हाल फिर्ता गरिएको छ। घरेलु बालश्रम सम्बन्धी सो पोस्ट फेसबुकले तीन दिनअघि कम्युनिटी स्ट्यान्डर्ड उल्लंघनको आधारमा हटाएको थियो। फेसबुकका अनुसार उक्त पोस्ट हटाउनुका कारण ह्यारेसमेन्ट र बुलिइङका आरोपहरू थिए। तर हाल उक्त पोस्ट माफी माग्दै फेसबुकले फिर्ता गरेको छ। […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

काठमाडौं महानगरले सुरु गर्यो एकल सेवा केन्द्र

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि केन्द्रीय कार्यालयको ब्लक ‘क’ (उत्तरतर्फको भवन) कोभुइँतलाबाट एकल सेवाकेन्द्रबाट एकद्वार सेवाप्रवाह सुरु गरेको छ। महानगरपालिकाभित्र जुनसुकै सेवालिनपनि केन्द्रमा आएर टोकन लिनुपर्ने, प्रक्रिया, कागजपत्र, सेवा लिने ठाउँ, समयजस्ता विषयमा जानकारी लिएपछि सेवाप्राप्त हुने व्यवस्था भएकोले एकद्वार भनिएको हो। निजामतीसेवा दिवसको अवसर पारेर शुभारम्भ गरिएको केन्द्रमा वडा नं. ५ बाट विपन्न नागरिक शिफारिस […]

मुख्‍य समाचार विचार समाचार

सरकारी निकायहरुबीच तालमेल नहुँदा विकासमा बाधा पुग्यो : मन्त्री तामाङ

२१ भदौ ,काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङले सरकार एक आपसमा बाझेर(क्षेत्राधिकार र कानुन विवाद) देश विकास हुन नदिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सरकारमा आएपछि सरकारका निकायहरु एक आपसमा बाझेर देश विकास हुन नसकेको कुरा अनुभव गर्न पाएको बताए । उनले भने, ‘म जति दिन मन्त्रालयमा […]

मुख्‍य समाचार समाचार समाज

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

२१ भदौ ,बरहथवा (सर्लाही)। यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक भारतीय नागरिकको शव फेला परेको छ । आज ब्रह्मपुरी गाउँपालिका–४ शेषटोल नजिकै झिमखोलामा डुबेको अवस्थामा भारतको सीतामढी जिल्ला ग्राम पञ्चायत सोनवर्षा–९ बस्ने ४८ वर्षीय इन्दल महतोको शव फेला परेको हो । महतोलाई खोलामा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेको सर्लाही […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

टिकटक चल्ने बनाउन निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकहरूलाई टिकटक चल्ने बनाउन निर्देशन दिएको छ। सरकारले भदौ ६ गतेको बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएकाले खोल्नका लागि प्राधिकरणले निर्देशन जारी गरेको हो । ‘नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्को […]