६ कार्तिक २०८३, बिहीबार
समाचार समाज

सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला

२५ भाद्र, म्याग्दी । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन् । धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा र भेडाका बथान लिएर हिमालतिर उक्लेको गत जेठ अन्तिमतिर […]

मुख्‍य समाचार समाचार समाज

मधेस प्रदेश : धेरै विद्युत् चुहावट मौलापुर, कम सिमरा

२५ भाद्र, काठमाडौँ । मधेस प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशमा सबैभन्दा धेरै विद्युत् चुहावट हुनेमा मौलापुर वितरण केन्द्र रहेको छ । सो केन्द्रबाट ४३ दशमलव ४० प्रतिशतले विद्युत् […]

अन्तर्राष्ट्रिय अर्थ समाचार

जापानिज येनको भाउ घट्यो

२५ भाद्र, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेकामा आजका लागि खरिददर ९ रुपैयाँ ३२ र बिक्रीदर ९ […]

समाचार समाज

डेंगु सक्रमण तीव्र, जोगिने कसरी ?

२५ भाद्र, गण्डकी । गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरूको भनाइ छ । धौलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमण हुँदैमा आत्तिइहाल्नु […]

समाचार समाज

आज भारी वर्षाको सम्भावना कायमै

२५ भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको […]

मुख्‍य समाचार समाचार

साल्ट ट्रेडिङलाई ५० प्रतिशत भन्सार छुटमा १५ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने

२४ भाद्र,  काठमाडौँ । सरकारले चिनी आयातमा साल्ट ट्रेडिङलाई ५० प्रतिशत छुट दिने भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले १५ हजार मेट्रिक टन चिनी आयातका लागि ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।

मुख्‍य समाचार समाचार समाज

बझाङ विमानस्थलमा पाँच महिनापछि उडान

२४ भाद्र, बझाङ । बझाङ विमानस्थलमा पाँच महिनापछि फेरि उडान सुरु भएको छ । सोमबार निजी क्षेत्रको विमान सेवा प्रदायक समिट एयरको जहाजले पाँच महिनापछि उडान गरेको हो । समिट एयरको नाइन एनएमजी कल साइन भएको लेट विमान सोमबार दिउँसो १२ः३४ मा देवल विमानस्थलमा अवतरण भएको हो । क्याप्टेनद्वय रविन्द्रबहादुर रोकाया र मनिस पन्तले यो […]

समाचार समाज

अटो दुर्घटना हुँँदा २ जना घाइते

२४ भाद्र,  धनगढी ।कैलालीको गोदावरीमा अटो दुर्घटना हुँँदा २ जना घाइते भएका छन । गोदावरी नगरपालिका–३ चुट्के बजारमा से १ ह १५३३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा २ जना घाइते भएका हुन । घाइते हुनेमा अटो चालक ४० वर्षीय अर्जुन सुनार र अटोमा सवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी ३५ वर्षीया मानमती कार्की रहेको प्रहरीले जनाएको […]

समाचार समाज

कैलालीमा एक जना मृत फेला

२४ भाद्र,  धनगढीः कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको जानकी गाउँपालिका–४ बेलपुर बस्ने ७० वर्षीय हरद्वारी थारू मृत अवस्थामा फेला परेका हुन्। थारू सोही ठाउँस्थित रोरा नदीमा आइतवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

समाचार समाज

तेल बोकेको ट्याङ्कर पल्टिँदा ४८ जनाको मृत्यु

२४ भाद्र,  नैरोबी । नाइजेरियामा तेल बोकेको ट्याङ्कर पल्टिँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । यो घटना मध्य नाइजेरियाको नाइजर राज्यमा भएको हो । इन्धन बोकेको ट्याङ्कर ,यात्रु र वस्तु भाउ बोकेको लरीसँग ठोक्किँदा यो घटना भएको नाइजेरियाको विपद् एजेन्सीले बताएको छ । यो घटना आइतबार मध्यराति भएको जनाइएको छ । नाइजर स्टेट इमर्जेन्सी […]

अन्तर्राष्ट्रिय राजनीति समाचार

हसिनाको सुपुर्दगीको माग गर्दै बङ्गलादेश

२४ भाद्र, काठमाडौँ ।  बङ्गलादेशका अपदस्थ नेता शेख हसिनालाई छिमेकी भारतबाट स्वदेश फिर्ता गराउन सकिने बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले जनाएको छ । बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आरक्षण विरोधी प्रदर्शनले राजनैतिक रूप धारण गरेपछि तत्कालिन प्रधानमन्त्री सेख हसिना अगस्ट ५ मा हेलिकप्टरमार्फत भारतको नयाँदिल्ली पुग्नुभएको थियो । उहाँको विदेश पलायनपछि सेना प्रमुखले हसिनाले प्रधानमन्त्री पदबाट राजिनामा दिएको […]

समाचार समाज

मेलम्ची खानेपानी आयोजनामा सचिवसहित ४ जना दोषी ठहर, १० जनाले पाए सफाइ

२४ भाद्र, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा सचिवसहित ४ जना दोषी ठहर भएका छन् । १० जनाले सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र  मुरारी बाबु श्रेष्ठको इजलासले सोमबार तत्कालीन सचिव गजेन्द्र ठाकुरसहित ४ जनालाई दोषी ठहर र १० जनालाई सफाइ दिएको हो । यसमा तत्कालीन सचिव ठाकुर, तत्कालीन कार्यकारी […]