१० चैत्र २०८२, मंगलवार
अर्थ मुख्‍य समाचार समाचार

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषमा परेको चाप व्यवस्थापन गर्न सहज नीति

११ साउन, काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही खुकुलो व्यवस्थाहरु ल्याएको छ । यसका लागि पुँजीकोषका उपकरण तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले लिएको छ । मौद्रिक नीतिमार्फत असल कर्जामा गर्नुपर्ने विद्यमान एक दशमलव २० प्रतिशत […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार

बागमती प्रदेशका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गरिँदै

११ साउन, भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उच्च प्राथमिकता दिने जानकारी दिएका छन् । आफ्नो सम्मान आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उहाँले प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने जानकारी दिए । उनले भने, “ सिटामोलसमेत नपाएर ज्यानै जाने अवस्था गाउँगाउँमा अब आउँदैन । […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाज

जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन

११ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जाजरकोट भूकम्पबाट प्रभावित अधिकांशले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको विषयमा ध्यानाकर्षण गराएका छन् । रुकुम–पश्चिम र रुकुम–पूर्वका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीयस्तरका नेता, सांसदसहित जिल्ला नेतृत्वले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर गत कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित भएकाका […]

मुख्‍य समाचार राजनीति

राजनीतिक परिवर्तनलाई समृद्धिसँग जोडौं : नारायणकाजी श्रेष्ठ

११ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिको फड्कोमा पु¥याउन सक्दा मात्र जनताले वास्तविक परिवर्तनको अनुभूत गर्ने बताएका छन् । आफुले सरकारमा हुँदा त्यही प्राथमिकतामा काम गरेको र सुशासनका पक्षमा तथा भ्रष्टाचारका विरुद्धमा ठूला अभियान सुरु गरेको बताए । शुक्रबार हात्तीवनस्थित ज्ञाननगर मार्गमा […]

मनोरन्जन मुख्‍य समाचार

गणेश मन्दिरमा ‘लाइफ ड्यामेज’को शुभमुहूर्त

११ साउन, काठमाडौं । ‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्ने नेपाली चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहुर्त गरिएको छ । केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले चलचित्रलाई निर्देशन गर्दैछन् । निमेष आफैंले अभिनेत्री सुरक्षा पन्तसँग चलचित्रमा स्क्रिन शेयर गर्दैछन् । शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्त गरिएको हो । मुहूर्तमा सुरक्षा र निमेशसहित चलचित्रका […]

अर्थ मुख्‍य समाचार समाचार

मौद्रिक नीति २०८१/८२ : बैंकदर र निक्षेप सङ्कलनदर घटाइयो

११ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप सङ्कलनदर घटाएको छ । “ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट छ दशमलव पाँच प्रतिशत र नीतिगत दर पाँच दशमलव पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गरिएको छ”,मौद्रिक नीति सार्वजनिक […]

मुख्‍य समाचार राजनीति

सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक सम्पन्न

११ साउन, काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको हो । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा संयन्त्रका सदस्यसमेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको बताए । “सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि हामीले […]

मुख्‍य समाचार समाचार समाज

सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने

११ साउन, महोत्तरी । यहाँको बर्दिबास नगरपालिकामा सर्पदंशको उपचार गरिने भएको छ । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा हुने उपचार पूर्ण निःशुल्क गरिने बिहीबार बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले घोषणा गरे । “नगरक्षेत्रमा हुने सर्पदंशका बिरामीको उपचार अब निःशुल्क हुन्छ”,नगरप्रमुख क्षत्रीले भने, “केन्द्रमा सर्पदंश उपचारका लागि विशेषज्ञसहितका सुविधा सम्पन्न पूर्वाधार बनाइनेछ ।”सोही अवसरमा क्षत्रीले केन्द्रलाई भवन […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

श्रीलङ्कामा सेप्टेम्बर २१ मा राष्ट्रपतिको निर्वाचन हुने

११ साउन, श्रीलङ्का । श्रीलङ्कामा अनपेक्षितरूपमा आएको आर्थिक सङ्कटका कारण भएको देशव्यापी आन्दोलनले निर्वाचित राष्ट्रपतिलाई विस्थापित गरेपछि सेप्टेम्बरमा पहिलो पटक उक्त पदका लागि मतदान हुने निर्वाचन आयोगले शुक्रबार जनाएको छ । सन् २०२२ को आर्थिक मन्दीका कारण महिनौंसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव भएपछि हुन लागेको यो निर्वाचन जनताको मनोदशाको पहिलो परीक्षण हुनेछ । सडक […]

मुख्‍य समाचार विचार समाज

सामाजिक जागरणको आन्दोलनः हलो क्रान्ति

११ साउन, काठमाडौँ । तत्कालीन अशिक्षा, अन्धविश्वास, कुसंस्कार, कुमान्यताले जकडिएको यथास्थितिको समाजमा नवीन चेतना, सामाजिक परिवर्तनको तरङ्ग मच्चाउने एक अभियान थियो हलो आन्दोलन । भित्री मूल ध्येय निरंकुश, एकतन्त्रीय राणाशासनको विरोध गर्नु थियो । वास्तवमा हलोक्रान्ति केबल कोरा क्रान्ति नभई एउटा आध्यात्मिक मलजलका माध्यमद्वारा निस्केको, जागरण र विकासको उद्देश्यमा कदम चालिएको सामाजिक क्रान्ति थियो । […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

दिक्तेल रुपाकोट मझुवागढीले थाल्यो बाँसजन्य वस्तु प्रवर्द्धन

१० साउन, खोटाङ । जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य वस्तुको उत्पादन तथा प्रवर्द्धन गर्न सुरु गरेको छ । बाँसबाट बन्ने फर्निचर, भवनलगायत विभिन्न सामान उत्पादन गर्दै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न नगरपालिकाले बाँसजन्य वस्तुको प्रवर्द्धन गर्न सुरु गरेको हो । नगरपालिकामा बाँस प्रशस्त पाइने भएकाले विभिन्न किसिमका सामग्री उत्पादन गरेर रोजगारीका अवसर सिर्जना गर्नुका साथै […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति

काँग्रेस अब छिट्टै सरकारमा सहभागी हुन्छ : प्रमुख सचेतक विष्ट

११ साउन, कर्णाली । नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले काँग्रेस अब छिट्टै सरकारमा सहभागी हुने जानकारी दिनुभएको छ । सङ्घमा राष्ट्रिय समीकरण परिवर्तन भएसँगै नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्मिलित सरकार बनेपछि कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । माओवादी बाहिरिएसँगै रिक्त रहेका आर्थिक मामिला तथा योजना, […]