२० श्रावण २०८३, बुधबार
समाचार

आज नरेश भट्ट अदालतमा हाजिर हुँदै

२० भाद्र, काठमाडौं । अमेरिकामा श्रीमतीको हत्या गरेर लास बेपत्ता गरेको आरोप लागेका श्रीमान् नरेश भट्ट आज अदालत हाजिर हुने भएका छन्। पूर्व अमेरिकी सैनिक भट्टले नर्स पत्नी ममता काफ्लेलाई हत्या गरेर लास बेपत्ता गरेको आरोप छ । अमेरिकी अधिकारीहरूले मुद्दा भने लास बेपत्ता पारेको मात्र लगाइएको छ । अमेरिकी समय अनुसार बिहीबार बिहान १० बजे […]

समाचार समाज सुदूरपश्चिम

कैलालीमा टिप्परको ठक्करबाट एक जना घाइते

२० भाद्र, काठमाडौँ । कैलालीमा टिप्परको ठक्करबाट एक जना घाइते भएका छन् । बुधबार गौरीगंगा नगरपालिका–१ चौमाला स्थित भित्री सडक खण्डमा रा १ख १७२६ नम्बरको टिप्परले ठक्कर दिँदा एक जना पैदल यात्री घाइते भएका हुन । घाइते हुनेमा गौरीगंगा नगरपालिका–२ कटानपुरका ५९ वर्षीय सुपराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते चौधरीको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

अमेरिकाको एक विद्यालयमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु

२० भाद्र, काठमाडौँ । जर्जियाको एक हाईस्कूलमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । सो घटनामा अन्य नौ जना घाइते भएका छन् । ब्यारो काउन्टीको विन्डरको अपलाची हाई स्कूलमा बुधबार भएको आक्रमणमा दुई विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । अधिकारीहरूका अनुसार करिब १९ सय विद्यार्थी अध्ययनरत विद्यालयमा स्थानीय समय […]

अन्तर्राष्ट्रिय अर्थ समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२० भाद्र, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा, युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ […]

मुख्‍य समाचार राजनीति समाचार

सरकारले गरेका निर्णयको कार्यान्वयन गर्न कर्मचारीहरूलाई देउवाको निर्देशन

२० भाद्र, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु कर्मचारीको कर्तव्य भएको बताएका छन् । पार्टी निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) को स्थापना दिवसका अवसरमा हिजाे आयोजित कार्यक्रममा उनले कर्मचारी स्थायी सरकार भएकाले सरकारले गरेका निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको बताए । सभापति देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली […]

समाचार समाज

त्रिविको ५० औँ दीक्षान्त समारोहका लागि आवेदन आह्वान

२० भाद्र, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन आह्वान गरेको छ । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन फाराम भर्न आह्वान गरिएको हो । २०५० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएका […]

राजनीति समाचार

एकताबद्ध रूपमा पार्टीकाे काममा जुट्न प्रधानमन्त्री ओलीको आग्रह

२० भाद्र, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अगाडि सारेको मिसन-२०८४ सफल बनाउनुपर्ने अभिभारा रहेको भन्दै सोहीबमोजिम एकताबद्ध रूपमा पार्टीकाे काममा जुट्न आग्रह गर्नुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज सम्पन्न भएको पोलिटब्युरो बैठकको समापन गर्दै उहाँले पार्टीलाई स्वतन्त्रतापूर्वक निर्णय गर्नसक्नेगरी सुदृढ, बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण […]

समाचार समाज

तीजको अघिल्लो दिन आज दर खाइँदै

२० भाद्र, काठमाडौँ । हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज हिन्दु महिलाहरु दर खाने तयारीमा जुटेका छन् । दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ […]

समाचार समाज

तीन प्रदेशका केही स्थानमा आज भारी वर्षा

२० भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी […]

समाचार समाज

आज र भोलि धुलिखेल-खावा सडकमा मालवाहक सवारी साधन बन्द

२० भाद्र, काभ्रे । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकमा टिपर लगायत मालवाहक सवारी साधन आज र भोलि बन्द गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुर सूचना जारी गदैँ टिपर लगायत मालवहाक सवारी साधन बन्द गर्ने सूचना जारी गरेको हो । धुलिखेल-खावा सडक अत्यन्तै जीर्ण भइ यातायात सञ्चालनमा कठिनाई उत्पन्न हुन गएकोले सडक मर्मत सम्भार गरी […]

समाचार समाज

मावलमा भोज खान गएका तीन बालकको डुबेर मृत्यु

२० भाद्र, धनुषा । मावलीघरमा भोज खान आएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिनुभयो । मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

१९ भाद्र, काठमाडौं । नेपालमा हुने साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दशरथ रंगशालामा अक्टोबर १७ देखि ३० सम्म हुने तालिका रहेको साफको तालिका बुधबार सार्वजनिक भएको हो । सार्वजनिक तालिकाअनुसार १७ अक्टोबरमा उद्घाटन खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ । घरेलु टिम नेपालले भने १८ अक्टोबरमा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । […]