६ कार्तिक २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

मन्त्री भण्डारी र जाम्बियाका राजदूतबीच भेट, खानी उद्योगका विषयमा चर्चा

२८ भदौ, काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि गणतन्त्र जाम्बियाका गैर आवासीय राजदुत पर्सि प्याट्सन चन्दाले शिस्टाचार भेट गरेका छन् । भेटका क्रममा मन्त्री भण्डारीले जाम्बिया र नेपालको सम्बन्ध सेप्टेम्बर १०, १९८६ मा स्थापित भएदेखि नै दुई देशबीच शान्तीपूर्ण रहँदै आएको बताएका हुन् । दुवै देशहरु अतिकम विकसित र भूपरिवेष्ठित् भएको […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कोशी प्रदेश सरकारमा कांग्रेसबाट चार मन्त्री थपिए

२८ भदौ, विराटनगर । लामो समयको रस्साकस्सीपछि कोशी प्रदेशमा कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले थप गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गर्दै चार मन्त्री थप गरेका हुन् । नव नियुक्त मन्त्रीहरुले शपथ ग्रहण पनि गरेका छन । नव नियुक्त मन्त्रीहरुको सूचीमा डा.शेखर कोइराला समूहलाई भने समावेश गराइएको छैन् ।  गत साउन १२ […]

अन्तर्राष्ट्रिय अर्थ मुख्‍य समाचार समाचार समाज

एडीबीले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने

२८ भदौ, काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी) ले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ग्रामीण क्षेत्रमा सुरक्षित मौसम कनेक्टिभिटी बढाउन तथा सडक निर्माणमा सहयोग गर्न ३२ करोड मिलियन अमेरिकी डलर ऋण शुक्रबार स्वीकृत गरेको छ । प्राप्त सहयोगले खैबर पख्तुनख्वा प्रान्तको करिब ९०० किलोमिटर ग्रामीण सडक विकास परियोजनाले बाढीको जोखिम तथा खराब अवस्थामा रहेका ग्रामीण सडकलाई […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

चीनमा अवकाशको उमेर बढाइने

२८ भदौ, चीन । चीनले बिस्तारै सेवानिवृत्तिको उमेर बढाउने निर्णय गरेको छ । चिनियाँ सांसदहरूले सन् १९५० को दशकपछि पहिलो पटक कानुनी रूपमा अवकाशको उमेर क्रमशः बढाउने निर्णय लाई स्वीकार गर्ने यसको पक्षमा मतदान गरेका छन् । चौधौँ राष्ट्रिय जनकाङ्ग्रेसको स्थायी समितिको ११औँ अधिवेशनले पारित गरेको निर्णयअनुसार सन् २०२५ देखि शुरु हुने १५ वर्षको अवधिमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

यागी चक्रवातको प्रभाव म्यान्मामा बढ्यो, भियतनाममा घट्यो

२८ भदौ, भियतनाम । यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने म्यान्माका कैयौँ क्षेत्रमा वृद्धि भएको छ । उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मा क्षेत्रहरूमा यागीको कारण बाढी र पहिरोले विपत्ती निम्त्याएको छ । यागीका कारण प्रभावित देशहरूमा मृत्यु हुनेको सङ्ख्या २८० पुगेको छ । जसमध्ये भियतनाममा मात्र २३३ र म्यान्मामा […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने

२८ भदौ, रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाभित्र औँसी र एकादशीका दिन पशुपक्षी बध गर्न नपाइने भएको छ । धार्मिक आस्था, परम्परा तथा स्वास्थ्यका लागि उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्‍याउने उद्देश्यसहित औँसी र एकादशीका दिन पशुपक्षी बध नगर्न […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘एक वर्ष भित्र सबैका घरघरमा विद्युत् पुर्‍याइने’

२८ भदौ, चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले विद्युत्को आन्तरिक खपत बढाउन सबै जनताको घरमा विद्युत् सेवा पुर्‍याउन लागिएको उल्लेख गरे । नेपालमा सञ्चालित व्यवसायमध्ये सबैभन्दा बढी आयआर्जन गर्ने विद्युत्सम्बन्धी व्यवसाय भएका […]

मुख्‍य समाचार समाचार समाज

कम्युटर हस्तान्तरण

२८ भदौ, पाटन (ललितपुर) । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रालयले उपत्यकाका तीन जिल्ला प्रहरी कार्यालय र बागमती प्रदेशभित्रका विभिन्न ८ कारागार कार्यालयलाई खाना पकाउने विद्युतीययन्त्र, सिलाइ मेसिन र कम्युटर हस्तान्तरण गरेको छ । मन्त्रालयले अघिल्लो आर्थिक वर्षको बजेटबाट २५ किलो भन्दा बढी चामल एकै पटक विद्युतीययन्त्र पकाउन मिल्ने (राइस स्टिमर), सिलाइ मेसिन र कम्युटर […]

मुख्‍य समाचार समाचार समाज

‘मौरी मर्नुको कारण परिजीवी, विषादी र कुपोषण’

२८ भदौ, जुम्ला । व्यावसायिक रुपमा पालिएका मौरी मर्न थालेपछि ललितपुरस्थित मौरी विकास केन्द्रको टोली यहाँ आएर अनुसन्धान गरेको छ । किसानका घार, मौरी पालन गरिएको स्थानको वस्तुस्थिति र मर्नुको कारणबारे अनुसन्धान गरी मौरीपालन किसान, केन्द्रका विज्ञको समूह र जिल्लाका सरोकार भएका निकायबीच आज भएको अन्तरक्रिया कार्यक्रममा परिजीवी, विषादी, कुपोषणलगायत समस्या देखिएकाले मौरी मरेका केन्द्रका […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतद्वारा जमानत दिने आदेश

२८ भदौ, नँया दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको छ । अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर मुद्दामा आम आदमी पार्टीका नेतासमेत रहेका केजरीवाललाई जमानत दिएको हो। अदालतले आफ्नो आदेशमा केजरीवाललाई जमानतस्वरूप १० लाख भारतीय रूपैयाँ तिर्नुपर्ने बताएको छ । न्यायाधीशसूर्यकान्त र उज्जल भुइयाँको इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै सेप्टेम्बर […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

गलेश्वर क्षेत्रमा नयाँ विद्युत् लाइन जडान

२८ भदौ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिक्षेत्र र मुस्ताङको प्रवेशद्वारका रुपमा रहेको गलेश्वरमा नयाँ वितरण लाइनमार्फत विद्युत् आपूर्ति गरिएको हो । यसअघि मिलनचोक–दाना फिडरबाट विद्युत् आपूर्ति हुने गलेश्वरमा यसै हप्तादेखि बेनी फिडरबाट आपूर्ति गराउन थालिएको […]

अर्थ मुख्‍य समाचार समाचार

अर्थतन्त्र लयमा फर्काउन राजश्व परिचालन प्रभावकारी बनाउन आवश्यक : अर्थमन्त्री

२८ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत निरीक्षण गरेका छन् । शुक्रबार मन्त्री पौडेलले लाजिम्पाटस्थित आन्तरिक राजस्व विभाग पुगेर स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षण गर्दै मन्त्री पौडेलले कर प्रशासनमा उल्लेखनिय सुधार हुनुपर्ने बताए । उनले कर प्रशासनले राखेको लक्ष्य पुरा गर्नुपर्ने बताए । सरकारले लिएको राजश्व उठाउनका […]