२० श्रावण २०८३, बुधबार
मुख्‍य समाचार समाचार समाज

‘शिक्षा क्षेत्रका समस्या समाधान सरकारको पहिलो प्राथमिकतामा’

२० भदौ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४३औँ वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोहमा मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा समस्या देखाउनुभन्दा समाधान खोज्नतर्फ सरकार लागेको उल्लेख गरे । हरेक नागरिकलाई शिक्षा दिनु राज्यको पहिलो दायित्व भएकाले […]

मुख्‍य समाचार समाचार समाज

बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ

२० भदौ, लमजुङ । यहाँको बेँसीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । गण्डकी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट सुरु गरिएको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्मको १७ किलोमिटर सडक स्तरोन्नतिमा ढिलाइ भएको हो । पूर्वाधार विकास कार्यालयका अनुसार पटक–पटक म्याद थप गरिएपनि स्तरोन्नति समयमा सम्पन्न हुन सकेको छैन । यस सडकको स्तरोन्नति गर्ने म्याद आगामी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

आगामी साता प्रतिद्वन्द्वी ट्रम्पसँग हुने बहसको तयारीमा ह्यारिस

२० भदौ, अमेरिका । उपराष्ट्रपति कमला ह्यारिस बिहीबार पाँच दिनका लागि अगामी हप्ता हुने राष्ट्रपति बहसको तयारीका लागि महत्त्वपूर्ण रणभूमि राज्य पेन्सिलभेनिया जाने भएका छन् । फिलाडेल्फियामा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध मङ्गलबार हुने बहसका लागि ह्यारिस पिट्सबर्ग जाने भएका हुन् । त्यहाँ उनले सल्लाहकारसँगको सहकार्यमा चुनावी रणनीति तयार पार्नुहुने द वासिङ्टन पोस्ट र सिएनएनले जनाएको […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै

२० भदौ, गोदावरी(कैलाली) । सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो । पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको सङ्ख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख जनकबहादुर साउदले बताए । उनले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरूवा हुन नमानेपछि भ्रमण रोकेका हौं : मन्त्री गुप्ता

२० भदौ, काठमाडौं। सरकारले जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रोकेको विषयमा संसदीय समितिमा प्रश्न उठेको छ । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले पूर्वाग्रही ढंगले उपसचिव उर्मिला काफ्लेको भ्रमण रद्द गरिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग जवाफ मागेकी छिन् । बिहीबार बसेको राज्य व्यवस्था समिति बैठकमा राईले राजनीतिक प्रतिशोध राखेर कर्मचारीमाथि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जीबी राई खोज्दै मलेसिया पुगेको प्रहरी टोली फर्कियो

२० भदौ, काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको खोजी गर्दै मलेसिया पुगेको नेपाल प्रहरीको टोली फर्किएको छ । एक साताअघि मलेसिया गएका एक जना प्रहरी उपरीक्षक (एसपी) र एक जना प्रहरी नायब निरीक्षक (सई) बुधबार काठमाडौं फर्किएका प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारीमा सर्वसाधारणले गरेको […]

मुख्‍य समाचार समाचार समाज

पशुपतिमा तीजको तयारी पूरा

२० भदौ, काठमाडौं । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थिहरुको लागि सबै तयारी पुरा भएको जानकारी गराएको हो । पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी

२० भदौ, रामपुर (पाल्पा) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताएका हुन् । युवाहरु विदेशिने क्रम बढ्दो रहेको हुँदा अब नेताले पद […]

मुख्‍य समाचार समाचार समाज

सुन्दरीजलमा एक युवतीको शव भेटियो

२० भदौ, काठमाडौं। सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ। सुन्दरीजलको खोला किनारको चेपमा शव भेटिएको हो । शव रहेको भन्ने जानकारी पाएपछि अहिले प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।‘शव रहेको भन्ने जानकारी आएपछि हाम्रो टोली घटनास्थल गगएको छ । अहिलेसम्म शवको पहिचान पनि भएको छैन। घटनास्थल […]

मुख्‍य समाचार समाचार समाज

सरकारको सबै शर्त मान्न टिकटक तयार, प्रतिबन्ध हट्दै

२० भदौ, काठमाडौं । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका छन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका छन् । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार टिकटकले […]

मुख्‍य समाचार समाचार समाज

चेपाङ बालबालिकालाई लट्टे

२० भदौ, चितवन । चोध वर्षीया नमिता चेपाङले पहिलो पटक लट्टेको स्वाद लिँदै गर्दा उहाँलाई यो परिकार नौलो लाग्यो । जिल्लाको पहाडी क्षेत्र सिद्धिबाट रत्ननगर नगरपालिका–११ मा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा बसेर कक्षा ४ मा पढ्दै गर्नुभएकी नमिताले यस अघिका पर्वमा मासु र भातमात्रै खाएको सुनाए । अनदिको चामलबाट बनेको चाम्रो, गुलियो भात खाँदै […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

२० भदौ, चैनपुर (बझाङ) । बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । आज बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । बिहानै पाँच वटा बस मात्र […]