६ कार्तिक २०८३, बिहीबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कोशी सरकारमा सहभागी भयो कांग्रेस, भुपेन्द्रलाई भौतिक पूर्वाधार

२८ भदौ, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु

२८ भदौ, काठमाडौं । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए […]

मुख्‍य समाचार राजनीति समाचार

प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने : जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना

२८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्दै  जनयुद्धलाई विद्रुपीकरण गर्ने प्रयास भइरहेको बताएका छन् । भोलिबाट प्रसारण हुन थालेको जनयुद्धका घटनाक्रममा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि उनीहरुले यस्ता धारणा राखेका हुन् । कतिपय शक्तिहरुले लाखौं जनताको सहभागीता भएको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

ट्रम्पविरुद्धको गोप्य कागजात मुद्दा खारेज

२८ भदौ, काठमाडौं । जर्जियाका फुल्टन काउन्टीका न्यायाधीश स्कट म्याकफीले बिहीबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगीहरू विरुद्धका दुई आपराधिक मुद्दा खारेज गरेका छन् । यी मुद्दाहरू २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप र नक्कली कागजात दायर गर्ने आरोपसँग सम्बन्धित थिए । न्यायाधीश म्याकफीले स्पष्ट गरे कि राज्य अभियोजकहरूको नक्कली कागजात दायर गर्ने आरोप लगाउने […]

मुख्‍य समाचार राजनीति समाचार

एमालेको सचिवालय बैठक बस्दै

२८ भदौ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक मध्याह्न १२ः३० बजेका लागि बोलाइएको छ । बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए । भदौ १८ र १९ गते बसेको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो । आएका सुझावहरू समेटेर कार्ययोजनाको अन्तिम […]

मुख्‍य समाचार समाचार समाज

धरहरा असोज ३ गतेदेखि सञ्चालन हुने

२८ भदौ, काठमाडौं । काठमाडौंको सुन्धारास्थित धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त […]

मुख्‍य समाचार राजनीति समाचार

संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुने

२८ भदौ, काठमाडौं । संवैधानिक परिषदको बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री एवं नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेगरि बैठक बोलाएका हुन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाशमा जाँदैछन् । त्यसकारण सर्वोच्चको नयाँ प्रधानन्यायाधीश सिफारिसको तयारी गर्न लागिएको हो । संवैधानिक प्रावधान अनुसार […]

मुख्‍य समाचार राजनीति समाचार

तीनवटा संसदीय समितिको बैठक बस्दै

२८ भदौ, काठमाडौं । संघीय संसदअन्तर्गत शुक्रबार तीनवटा समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को विषयमा छलफल हुनेछ । त्यस्तै, बिहान साढे […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको कुकर बम फेला

२८ भदौ, झापा ।  बिर्तामोडको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ । बिर्तामोड ६ स्यालडागी  स्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेबी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ । छत्रबाबु गिरीले संचालन गर्दै आएको सो टि–स्टेटको  कम्पाउन्ड वाल बाहिर नेकपा (माओवादी) पूर्वी […]

समाचार समाज

खुटिया नदीले पार गर्यो सतर्कता तह

२८ भाद्र,  काठमाडौं ।  कैलालीको खुटिया नदीले जल सतर्कता तह पार गरेको छ।मुडीभर जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहेका नागरिकलाई भोलि बिहान सम्म सचेत रहन विभागले आग्रह गरेको छ। सुदूरपश्चिममा बिहीबारदेखि भारी वर्षा […]

मुख्‍य समाचार समाचार समाज

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

२८ भाद्र,  गलकोट । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाएका थापाले १५ महिनामा फल टिप्न थालेको बताए । कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उनी […]

मुख्‍य समाचार राजनीति समाचार

एमाले सचिवालय बैठक बस्दै

२८ भाद्र,  काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न साढे १२ बजे बस्नेछ । बैठकले एक वर्षे कार्ययोजना पारित गर्नेछ । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।