२० श्रावण २०८३, बुधबार
समाचार समाज

दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

१९ भदौ, काठमाडौं ।दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका-१ साङपाङमा बरभगे भिरबाट लडेर स्थानीय करिब ४५ वर्षीय उदयसिंह ठगुन्नाको मृत्यु भएको हो । स्थानीय प्रेम बडालका अनुसार बुधबार बिहान ९ बजेतिर ठगुन्नाको बाँदर धपाउने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

समाचार

१५ वर्षीया बालिका बलात्कृत, ४७ वर्षीय पुरुष पक्राउ

१९ भदौ, काठमाडौं ।  सङ्खुवासभाबाट १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४७ वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको धर्मदेवी नगरपालिका-८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरि बहादुर श्रेष्ठ पक्राउ परेका हुन् । उनले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो […]

अर्थ मुख्‍य समाचार समाचार समाज

कुल गार्हस्थ उत्पादन बढाउन उर्जा र पूँजीको स्रोत आवश्यक

काठमाडौं । विधायन व्यवस्थापन समिति सदस्य श्रीराम तामाङले उर्जाको स्रोत प्रशस्त मात्रामा चाहिँने बताएका छन् । बुधबार बसेको  विधायन समितिको  बैठकमा बोल्दै उनले कुल गार्हस्थ उत्पादन बढाउन उर्जाको स्रोत प्रशस्त मात्रामा हुनुपर्ने     बताएका हुन् । उनले  भने,  ‘हामिले कुल गार्हस्थ उत्पादन बढाउनुपर्छ, यसको लागि हामीलाई चाहिन्छ पूँजीको स्रोत, उर्जाको स्रोत, देश विकासको लागि हामिलाई […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

विशेषज्ञ डाक्टरलाई दरबन्दी नै नभएको स्थानमा सरुवा गरिएपछि…

१९ भदौ, सुर्खेत । कर्णालीमा एक वरिष्ठ कन्सलटेन्ट जनरल सर्जनलाई विशेषज्ञ डाक्टरको दरबन्दी नै नभएको स्थानमा सरुवा गरिएको छ ।कर्णाली प्रदेश अस्पतालमा दरबन्दी भएका र हाल मेहलकुना अस्पतालको प्रमुख रहेका वरिष्ठ कन्सलटेन्ट जनरल सर्जन डाक्टर सोजन सापकोटालाई मानव संशाधन विकास केन्द्रमा सरुवा गरिएको हो । मानव संशाधन केन्द्रले डाक्टरलाई तालिम दिने काम गर्दछ । उनलाई […]

मुख्‍य समाचार समाचार समाज

अरनिको राजमार्ग मर्मत गर्न २ दिन टिपर र मालबाहक गाडी निषेध

१९ भदौ, काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा दुई दिन टिपर र मालबाहक सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले २० र २१ भदौमा टिपर र मालबाहक गाडी सञ्चालनमा रोक लगाएर सडक मर्मत गर्न लागेको हो । निमार्ण व्यवसायीको लापरबाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाडौंबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

कोशी प्रदेशको निजामती सेवा ऐनको संशोधन विधेयक पारित

१९ भदौ, विराटनगर। कोशी प्रदेशसभा बैठकबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकमा संशोधन प्रस्ताव दर्ता गरेका सांसदले संशोधन फिर्ता लिएपछि प्रदेशसभाबाट विधेयक पारित भएको हो । नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा र गणेश उप्रेतीले संयुक्त रुपमा संसोधन प्रस्ताव दर्ता गरेका थिए । कांग्रेस […]

मुख्‍य समाचार समाचार स्वास्थ्य

आफूखुसी खानु हुँदैन भिटामिन सप्लिमेन्ट पनि

१९ भदौ, काठमाडौँ । अनगिन्ती ब्रान्डका नाममा सप्लिमेन्टहरू सिरप, ट्याब्लेट, एनर्जी बार, पेय पदार्थ वा पाउडरका बजारमा उपलब्ध छन् । यी सप्लिमेन्टहरुले शरीरमा भिटामिन, मिनरल्स, क्याल्सियम, आइरन र प्रोटिन जस्ता पोषक तत्वहरूको कमीलाई पूरा गर्ने दाबी गरिन्छ । यद्यपि, विज्ञहरुका अनुसार यी सप्लिमेन्टहरूले पौष्टिक आहारको कमीको क्षतिपूर्ति गर्न सक्दैनन् । तर पनि स्वस्थ रहनकै लागि […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात

१९ भदौ, ढोरपाटन । बागलुङको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आवद्ध छन् । उच्च पहाडी क्षेत्र भएकाले भेडापालनमा यहाँका किसान सक्रिय छन् । भेडाबाट मासुसँगै ऊनको कपडासमेत बिक्री हुँदा किसान उत्साहित हुँदै आएका हुन् । दशक अगाडिसम्म भेडाको ऊनबाट बनेका कपडा गोठालाले बढी प्रयोग गर्ने गरेकामा अहिले विदेशमा पुग्ने गरेको छ […]

मुख्‍य समाचार समाचार समाज

पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर

१९ भदौ, काठमाडौं । पर्वतको अर्मादी भन्ने ठाउँमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स कुश्मा नगरपालिका-२, कुश्मा-बागलुङ सडकखण्ड अन्तर्गत पर्ने अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग ठोकिएको […]

अर्थ मुख्‍य समाचार समाचार

आन्दोलनरत सहकारी ‘पीडित’माथि मन्त्रीको आरोप : बैंकबाट ऋण लिएर सहकारीबाट बढी ब्याज खानेहरु

१९ भदौ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आन्दोलनरत सहकारी पीडितहरुमाथि गम्भीर आरोप लगाएका छन् । बैंकबाट सस्तो ब्याजमा पैसा लिने र त्यसलाई सहकारीमा राखेर बढी ब्याज खानेहरुले आन्दोलन गरेको उनको दाबी छ । बुधवार काठमाडौंमा सहकारी पत्रकार समाजको कार्यक्रममा मन्त्री आफू मन्त्री भएलगतै सहकारी पीडितहरुसँग वार्ता गरेर ८बुँदे सहमति […]

मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशालाई सम्मान

१९ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । यस्तै, उनले प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिएका छन् । […]

मुख्‍य समाचार समाचार समाज

जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो

१९ भदौ, दमौली (तनहुँ) । जिल्लाको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ । आयोजनाको चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणस्थलमा अजिङ्गर भेटिएको हो । उक्त अजिङ्गरलाई आयोजनाको वन्यजस्तु संरक्षण व्यवस्थापन योजनाबमोजिम जिल्लास्थित डिभिजन वन कार्यालयसँगको समन्वयमा उद्धार गरिएको जलविद्युत् […]