१० चैत्र २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

सेनाको आक्रमणबाट हजबुल्लाहका कमाण्डर शुक्रको मृत्यु भएको इजरायलको दाबी 

१६ साउन, काठमाडौं । लेबनानको राजधानी बेरुतमा इजरायलले जवाफी हमला गर्दा ३ जनाको मृत्यु भएको छ । उक्त घटनामा ७४ जना घाइते भएका छन् । इजरायली सेनाले इरान समर्थक आतंकवादी संगठन हिजबुल्लाहका कमाण्डर हज मोहसिन उर्फ फुआद शुक्रको मृत्यु भएको दाबी गरेको छ । इजरायली सेनाले गोलान हाइट्समा भएको आक्रमणका लागि फुआद शुक्रर जिम्मेवार रहेको […]

मुख्‍य समाचार राजनीति समाचार

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै, केन्द्रिय कार्यसमितिलाई पुर्णता दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने भएको छ । एकीकृत समाजवादीको हालै सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय छनौट गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएपनि अहिलेसम्म छनौट गर्न सकेको छैन । महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य […]

मुख्‍य समाचार समाचार समाज

भारतको वायनाड पहिरोमा परि मृत्यु हुनेको संख्या १४३ पुग्यो

१६ साउन, काठमाडौं ।  भारतको केरला राज्यको वायनाड मंगलबारको पहिरोमा परि मृत्यु हुनेको संख्या एक सय ४३ पुगेको छ । पहिरोमा परि घाइते भएका १२८ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । लगाातारको मनसुनी वर्षापछि मंगलबार राति पटक पटक गएको पहिरोका कारण वायनाड जिल्लाका विभिन्न क्षेत्रमा ठुलो धनजनको क्षति भएको छ […]

मुख्‍य समाचार समाचार

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गएरातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार केही वर्ष अघि पनि पटक पटक पहिरो खसेको स्थानमा आज पनि पहिरो खसेको हो ।

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर ?

१६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर, यूरो र कतारी रियालको विनिमय दर स्थिर हुँदा बेलायती पाउण्डको विनिमय दर सामान्य अंकमा बढेको छ । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ […]

समाचार समाज

आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता

चितवन । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्व गृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३/७४ मा पाँच वटा, २०७४/७५ मा चार वटा, २०७५/७६ मा चार वटा सवारीसाधन बेपत्ता […]

मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस र एमालेको सम्बन्ध, दुई आयामिक सम्बन्ध हो : उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेस र एमालेको सम्बन्ध आयामिक सम्बन्ध रहेको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा उनले, राष्ट्रिय मुद्दामा, राष्ट्रलाई संकट परेको बेला ऐतिहासिक पविर्तनका क्षणमा कांग्रेस र कम्युनिष्टको सहकार्य हुने गरेको भन्दै कांग्रेस र एमालेको सम्बन्ध आयामिक रहेको बताएका हुन् । उनले भने, ‘नेपाली […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बाढीले बगाउँदा हाइड्रोमा कार्यरत बर्दियाका २ जना मजदुर बेपत्ता

विराटनगर । भोजपुरको सिल्पा सिलिचो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको छ । बाढीले इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदारलाई बगाएको भोजपुर प्रहरीले जनाएको छ । राती १ बजे तिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएको भोजपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिम्सिनाले बताए । बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका […]

मुख्‍य समाचार समाचार समाज

६ प्रदेशमा भारी वर्षा : मौसम विभागले भन्यो–सतर्कता अपनाउनू

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । गण्डकी […]

मुख्‍य समाचार समाचार समाज

उपत्यकाका नदीमा जलसतह बढेपछि नदी करिडोरका बस्तीमा डुबानको जोखिम

काठमाडौं । काठमाडौं उपत्यकामा गएरातिदेखि भइरहेको भारी वर्षाका कारण उपत्यकाका नदीहरुमा जलतिहले सतर्कता तह पुगेको छ । गएरातिराति ११ बजेदेखि भइरहेको वर्षाका कारण वाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । खोलाको बाढी किनारको सडकसम्म आउने […]

प्रदेस समाचार समाचार समाज सुदूरपश्चिम

धनगढी उपमहानगरभित्रका नागरिकलाई अबदेखि निःशुल्क रगत उपलब्ध हुने

१६ साउन, काठमाडाैँ ।  कैलालीको धनगढी उपमहानगरभित्र स्थायी रुपमा बसोबास गर्ने व्यक्तिले नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाबाट निःशुल्क रगत पाउने भएका छन्। उपमहानगरवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ सहज र निःशुल्क उपलब्धत गराइने भएको छ। धनगढी उपमहानगरपालिकाले मङ्गलवार रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई निःशुल्क रगत पाउने व्यवस्था गरेको हो। सम्झौताअनुसार धनगढी […]

मुख्‍य समाचार लुम्बिनी समाचार सुदूरपश्चिम

आज देशभर वर्षाकाे सम्भावना

काठमाडौं । पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि भारी वर्षा मापन गरिएको विभागले बताएको छ ।हाल देशभर साधारणतया […]