२० श्रावण २०८३, बुधबार
राजनीति समाचार

सोविता गौतमले भनिन् : जता सरकार कर्मचारी उतै ढल्किए

२० भदौ,  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले जता सरकार उतै कर्मचारीतन्त्र ढल्किएको दाबी गरेकी छन् ।बिहीबार संविधान निगरानी समूहद्वारा आयोजित सरकारको अभ्यास र शासकीय प्रभाव विषयमा बोल्दै उनले संविधान जारी भएको १० वर्षमा पनि कार्य नयनको अवस्था कमजोर भएको पनि बताइन ।उनले भनिन, ‘नेपालमा जसको सरकार बन्यो उसै तीर कर्मचारीतन्त्र ढल्किने गरेको […]

समाचार समाज

७ असोजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

२० भदौ, काठमाडौँ । सरकारले चाडपर्व लक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । ७ असोजदेखि छुट सहित सहुलियत पसल सञ्चालन गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । सरकारले बजेटमा सहुलियत पसलका लागि ३ करोड बजेट विनियोजन गरेको छ । चाडपर्वमा बजार मूल्यलाई नियन्त्रण गर्न र सन्दर्भ मूल्य निर्धारण गर्न […]

समाचार समाज

डेंगुबाट ४ जनाको मृत्यु

२० भदौ, काठमाडौँ । यसवर्ष मुस्ताङ र हुम्ला जिल्लाबाहेक ७५ जिल्लामा डेंगु फैलिँदा ६ हजार ८३१ जना संक्रमित भएका छन् । सन् २०२४ को सुरु अर्थात् गत पुसको मध्यदेखि हालसम्म डेंगु सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले जनाएको छ । इडीसीडीका अनुसार सबैभन्दा धेरै डेंगुका बिरामी गण्डकी प्रदेशमा […]

समाचार समाज

पशुपति क्षेत्रमा तीजकाे तयारी पूरा, चारै ढोका खोलिने

२० भदौ, काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । तीजका अवसरमा चार वटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा […]

समाचार समाज

मन्त्रिपरिषद् बैठकः पर्यटन बोर्डमा दीपकराज जोशी, रेडियो नेपालमा अमरध्वज लामा नियुक्त

२० भदौ, काठमाडौं । मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले नेपाल पर्यटन बोर्ड र रेडियो नेपालमा नियुक्ति गरेको छ । पर्यटन बोर्डको सिइओमा दीपकराज जोशी र रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । जोशी पर्यटन बोर्डकै पूर्वसिइओ हुन् । लामा रेडियो नेपालबाटै अवकाश पाएका पूर्वकर्मचारी हुन् । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त भएकी छिन् […]

राजनीति समाचार

संविधानविपरित अभिव्यक्ति दिने छुट कसैलाई छैन : प्रचण्ड

२० भदौ,  काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानविपरीत अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताएका छन् । सहिदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानविपरित अभिव्यक्तिको प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गरे। जनयुद्धलाई संविधानले सशस्त्र सङ्घर्षका रुपमा सम्बोधन गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले […]

अन्तर्राष्ट्रिय समाचार

प्रेमीले आगो लगाएपछि युगान्डाकी चेप्टेगीको मृत्यु

२० भदौ,  रासस । प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन् । यो पूर्वी अफ्रिकी मुलुक युगान्डामा लिङ्ग आधारित हिंसाको पछिल्लो भयावह घटना थियो । कार्यकर्ताहरूले महिला–हत्या महामारीको चेतावनी दिएका छन् । “हामीले ओलम्पिक एथलिट रेबेका चेप्टेगीको उनको प्रेमीले गरेको भयानक हमलापछि दुःखद […]

राजनीति समाचार

सरकारमा काँग्रेस र एमाले सगैँ भएपनि प्रतिस्प्रधी हौँ : गृहमन्त्री लेखक

२० भदौ,  धनगढी । नेपाली काँग्रेस र एमालेले चुनावी गठबन्धन नगर्ने निर्णयको  गृहमन्त्री रमेश लेखकले स्मरण  गराएका छन् । बिहिबार नेपाली काग्रेंस कैलालीले आयोजना गरेको कार्यक्रता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लेखकले काग्रेंस एमाले मिलेर सरकार बनेपनि चुनावमा प्रतिस्प्रधि नै रहने बताए । लेखकले बिषेश परिस्थितिमा एमाले र काग्रेंस मिलेर सरकार बनेको बताए । […]

समाचार समाज सुदूरपश्चिम

डोटीमा एक जना मृत फेला

२० भदौ, कञ्चनपुर । डोटीमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार जिल्लाको दीपायल सिलगढी नगरपालिका-६ का ७५ वर्षीय कालुसिंह विष्ट मृत फेला परेका हुन् । उनी घरभित्रै मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

राजनीति समाचार

निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म अनुसन्धान गरिनेछ : गृहमन्त्री लेखक

२० भदौ, कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म अनुसन्धनान गरिने बताएका छन् । प्रेस युनियन कञ्चनपुरले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलमा बोल्दै उनले अनुसन्धान जारी रहेको सुक्ष्म ढंगले अघि बढ्ने बताए । उनले भने ‘अनुसन्धान जारी रहन्छ, सुक्ष्म ढङ्गले अनुसन्धान हुन्छ, राम्रोसंग अनुसन्धान हुन्छ ।’ गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरण देशको […]

समाचार

कर्णाली नदीमा बालिका मृत फेला

२० भदौ, काठमाडौं ।  बिहीबार कर्णाली नदीमा एक बालिका मृत फेला परेकी छन् । लम्कीचुहा नगरपालिका-३ गोराङ्गेस्थित कर्णाली नदीको पश्चिम तर्फको भंगालोमा मृत अवस्थामा बालिका फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार र्‍याफ्टिङको सहायताबाट शव निकालिएको थियो । अन्दाजी ११ वर्षीया ती बालिकाको पहिचान खुलेको छैन ।

मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

स्वास्थ्य उपचारमा छरिएको श्रोत एकीकृत गर्ने हो भने स्वास्थ्य बीमा प्रभावकारी बनाउन सकिन्छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सेवालाई प्रभावकारी बनाउन राज्यले स्वास्थ्यका लागि व्यवस्था गरेका सबै सेवा र सहयोग एकीकृत प्रणालीमा ल्याउनुपर्ने बताएका छन् । व्यवस्थापिका संसदको शिक्षा,स्वास्थ्य तथा सुचना प्रविधि समिति बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले छरिएका सुविधा प्रभावकारी नहुने बताए । हाल राज्यको मातहत रहेका सबै बीमा […]