१० चैत्र २०८२, मंगलवार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बाढीले बगाएका मजदुरको शव फेला

१६ साउन, टक्सार । बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ । भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ को मृत्यु

१६ साउन, अत्तरिया । गत आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ । सो अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले […]

समाचार समाज

पर्सामा एकै वर्षमा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज

१६ साउन , वीरगञ्ज (पर्सा) । गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरु घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग खारेजी गराउन थालेका हुन् । घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार […]

अर्थ मुख्‍य समाचार समाचार

कागतीको उत्पादन छ बजार छैन

१६ साउन, झापा । कागतीको व्यावसायिक खेती र पर्याप्त उत्पादन भइरहे तापनि बजार अभाव र रोगको प्रकोपका कारण किसान निराश हुन थालेका छन् । भारतबाट आयात हुने कागतीलेसमेत स्थानीय उत्पादनको बजारमा समस्या सिर्जना गरेको किसानहरुको भनाइ छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले झापामा आर्थिक वर्ष २०७६/७७ मा एक सय ७८ हेक्टर, […]

पर्यटन समाज

आलेखः बडिमालिका क्षेत्रको पर्यटकीय गुरुयोजना बनाउन माग

१६ साउन , मान्म (कालीकोट) कालीकोटको र बाजुरा जिल्लाको बडिमालिका क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र हो । बडिमालिका क्षेत्रसँग जोडिएको त्रिवेणी पाटन पनि पर्यटन क्षेत्रको दृष्टिले राम्रो सम्भावना रहेर पनि अहिलेसम्म यसको गुरुयोजना बन्न नसक्दा यी क्षेत्रहरुको विकाससँगै प्रतिफल लिन नसकिएको स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । बर्खायाममा हरियाली फाँटका दृश्यले भू–स्वर्ग झैँ […]

अर्थ मुख्‍य समाचार समाचार

रेशम विकास केन्द्र : उत्पादन घट्दै, जेनतेन सञ्चालन

१६ साउन, काभ्रेपलाञ्चोक । करिब ५० वर्षअघि काभ्रेपलाञ्चोकको खोपासीमा स्थापित रेशम विकास केन्द्र जेनतेन सञ्चालनमा छ । पनौती नगरपालिका–१२ मा जीर्ण बन्दै गएका प्रशासनिक भवन छन् । केन्द्रको जमिनमा रेशम कीराको उत्पादन घट्दो छ । सरकारले विसं २०३२ सालमा स्थापना गरेको कार्यालयअन्तर्गत हाल एक सय २६ रोपनी जग्गामा यसको विस्तार गरिएको छ । सुरुमा रेशमखेती […]

मुख्‍य समाचार समाचार समाज

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

१६ साउन, झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–७ पालिया का २८ वर्षीय झकबहादुर खड्का रहेका छन् । खड्का चार दिन अघि लागू औषधसहित मेचीनगर–६ बाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इप्रका काँकडभिट्टाको हिरासतमा राखेर प्रहरीले […]

मुख्‍य समाचार राजनीति समाचार

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट

१६ साउन, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा आज भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक तथा राजनीतिक एवं संस्कृतिक रुपमा पनि निकै घनिभूत रहेको बताए । उनले भने, “दुई देशबीचको जनस्तरको सम्बन्ध तथा आपसी […]

मुख्‍य समाचार समाज

प्राविधिक विषय पढ्ने विद्यार्थी पाउनै मुस्किल

१६ साउन , टीकापुर केही वर्ष अघिसम्म प्राविधिक विषय अध्ययन विद्यार्थीको पहिलो रोजाइ बन्ने गरेको थियो । प्राविधिक विषय अध्ययन गरेमा चाँडो रोजगारी पाइन्छ भन्ने चलन थियो । तर, आजभोलि प्राविधिक विषय पढ्ने विद्यार्थी पाउनै मुस्किल हुन थालेको छ । कैलालीमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्न थालेको देखिन्छ । केही वर्षपहिलेसम्म एसइईपछि पढाइ […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

मिथिलामा मधुश्रावणी पर्वको रौनक

१६ साउन, धनुषा । जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वको रौनक देखिएको छ । यस पर्वबाट नवविवाहिता महिलाले वैवाहिक जीवन जिउने पाठ सिक्ने गर्दछन् । मिथिलाञ्चलका नवविवाहिता महिलाहरुले गत बिहीबारबाट मधुश्रावणी व्रत सुरु गरेका छन् । साउन महिनाको मौना पञ्चमी तिथिदेखि सुरु हुने मधुश्रावणी व्रत १५ दिनसम्म मनाइने गरिन्छ । देव, ब्राह्मण, कर्ण तथा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

सिङ्गापुर र अमेरिकाबीच गैर–सैनिक परमाणु उर्जा सहयोग सम्झौतामा हस्ताक्षर

१६ साउन, संयुक्त राज्य अमेरिका र सिङ्गापुरले बुधबार परमाणु ऊर्जाको शान्तिपूर्ण प्रयोगको सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले एउटा सम्झौतामा हस्ताक्षर गरेको छ । एसियाको भ्रमणको क्रममा वासिङ्टनका शीर्ष कूटनीतिज्ञ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उहाँको सिङ्गापुरका समकक्षी भिभियन बालाकृष्णनले गैर–सैनिक परमाणु उर्जासँग सम्बन्धित ‘१२३ सम्झौता’मा हस्ताक्षर गरेका छन् । “यो सम्झौता संयुक्त राज्य अमेरिका र सिङ्गापुरबीच […]

समाचार समाज

बाङ खोलाको बाढीले तीन पुल बगायो

१६ साउन ,म्याग्दी (बेनी) म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना स्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिएका छन्। अत्यधिक वर्षापछि खोला थुनिएको थियो । झोलुङ्गे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्णरुपमा अवरुद्ध भएको छ । बाढीले […]